काेराेना कहर : पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको भाउ घट्याे, ग्यास जस्ताको तस्तै

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत १९ गते १९:५०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि आयल निगमले इन्धनको भाउ घटाउने निर्णय गरेको हो।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको भाउ लिटरमा १० रुपैयाँका दरले घटाइएको छ। अब पेट्रोलको भाउ १ सय ६ बाट घटेर लिटरको ९६ तथा मट्टितेल र डिजेल ९५ बाट घटेर लिटरको ८५ रुपैयाँ भएको छ। नयाँ मूल्य आज बुधबार मध्यरातबाट लागू हुनेछ।

त्यसैगरी आन्तरिक उडानतर्फ हवाई इन्धनको भाउ १५ रुपैयाँले घटाएर लिटको ७५ कायम गरिएको छ भने खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत राखिएको निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय