सुनौली नाकामा अलपत्र सुत्केरीको चार दिनपछि उद्दार

सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको चार दिनपछि उद्दार गरिएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार उनलाई उद्दार गरिएको हो। दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुरकी लक्ष्मी परियार भारतबाट स्वदेश फर्कने क्रममा सीमा नाकामा अलपत्र परेकी थिइन्।

दुई र तीन वर्षे अन्य दुई छोरीसहित श्रीमान मनोजको पनि उद्दार भएको छ। तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एम्बुलेन्समा राखेर शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएको छ । अव परिवारका पाँचैजनालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइने नगरपालिकाको भनाई छ।

सीमामा अलपत्र परेको समाचार थाहा पाएपछि तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले उनलाई उद्दारको पहल गरेका थिए । तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले सुत्केरीको अवस्था सुनेपछि आफू निकै चिन्तित भएको बताए।

‘सुत्केरी अलपत्र परेको खवर सुन्नासाथ म धेरै चिन्तित भएँ, समयमै उद्दार गर्नुपर्छ भन्ने लाग्यो र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरें र उद्दारको काम सफल भयो’ उनले भने ।

दस दिनकी सुत्केरी तीन दिनदेखि सीमामा, कसले गर्ला उद्धार?

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थसँगको समन्वयमा सुत्केरी महिलाको उद्दार गरिएको नगरप्रमुख घिमिरेले बताए । उद्दारका लागि नगरप्रमुख घिमिरेसहित तिलोत्तमा नगरपालिकाको टोली अपरान्ह ४ बजे बेलहिया पुगेको थियो ।

यसका लागि प्रमुख जिल्ला अधिकारी पन्थले भारतीय सुरक्षा अधिकारीहरुसँग नेपाल ल्याउने बारेमा समन्वय गरेका थिए । सुत्केरीको समयमा उद्दार हुन नसकेपछि विभिन्न क्षेत्रबाट आलोचना समेत भएको थियो । लक्ष्मी भारतको गाजीयावादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुगेकी हुन् ।

उनी दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुतेकी थिइन् । सोमबारदेखि बेलहिया समाज र स्थानीयले उनको अवस्था देखेर उनी सहित तीन सय भन्दा बढी नेपालीको खानाको प्रवन्ध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय