मोबाइल ‘एप्स’ मार्फत् २३ सयले कोरोनाको लक्षण रिर्पोट गरे, १२ जनाको नमुना परीक्षण हुँदै

सरकारले विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड-१९ (कोरोना भाइरस) को जानकारी लिनका लागि मोबाइल एप्स र वेबसाइटबाट लक्षण रिपोर्ट संकलनको काम सरु गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी’ र ‘हाम्रो स्वास्थ्य’मोबाइल एपमार्फत २ हजार ३ सय जनाको लक्षण परिक्षण गरिएको हो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता डा. विकास देवकोटाले जनसमुदायको स्वास्थयलाई ध्यानमा राख्दै यो विधि प्रयोगमा ल्याइएको बताए ।
उनका अनुसार १२ जनाको चाडैँ नै नमुना परीक्षण समेत गरिनेछ । ‘यो पनि नमुना परीक्षण गर्ने दायरा फराकिलो गर्ने विधि हो,’ डा। देवकोटाले भने, ‘लकडाउन भएको अवस्थामा केश पत्ता लगाउन सहयोग गरेको छ ।’

देशभर ९९ जना आइसोलेसनमा
कोरोनाको आशंकामा हालसम्म एक हजार एक सय ३३ वटा नमूना परीक्षण गरिएको छ । हालसम्म भएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको र १ जना निको भइसकेको प्रवक्ता देवकोटाले बताए ।

उनका अनुसार कोरोना संक्रमणको आशंकामा आज मात्र ९९ जना केन्द्र र प्रदेश अस्पतालहरुमा आइसोलेसनमा रहेका छन् । प्रवक्ता देवकोटाले कोरोना संक्रमित भएर आइसोलेनमा भएका बिरामीको सम्पर्कमा रहेका ८४ प्रतिशत व्यक्तिलाई सम्पर्कमा ल्याइसकेको पनि जानकारी दिए ।

धरान र पोखरामा नुमना परिक्षण सुरु, अन्य ठाउँमा गर्ने तयारीमा
मन्त्रालयका अनुसार धरानमा १२ र पोखरामा ४ वटा नमुना परिक्षण भएको छ । डा. देवकोटाका अनुसार हेँटौडामा अन्तिम चरणमा रहेको छ भने सुर्खेत, बुटबल, धनगढी र जनकपुरमा मेसिन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय