बिरामी नजाँच्ने निजी अस्पताल नियन्त्रणमा लिन प्रदेश सरकारको निर्देशन

कोरोना महामारीका बेलामा बिरामी जाँच्न नमान्ने निजी अस्पताल तथा नर्सिङहोमहरुलाई नियन्त्रणमा लिन प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

निजी अस्पतालहरुले बिरामी जाँच्न नमानेको गुनासो आएपछि प्रदेश सरकारले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई यस्तो निर्देशन दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी बिरामी भर्ना गर्न नमान्ने निजी अस्पताल तथा नर्सिङहोमहरुलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

‘निजी अस्पताल तथा नर्सिङहोमहरुले बिरामीलाई आधारभूत सेवासमेत नदिइ सामान्य चेकजाँच नगरी फर्काउने गरेको र कतिपय अवस्थामा बिरामीसँग मानवोचित व्यवहार नगरी व्यवसायिक धर्मसमेत निर्वाह नगरेको गुनासाहरु आएका छन् । त्यस्ता अस्पताल र नर्सिङहोमहरुमाथि तत्काल कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइन्छ,’ मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ।

न्यूनतम व्यावसायिक धर्म, काम, कर्तव्य र दायित्वसमेत निर्वाह नगर्ने अस्पताल तथा नर्सिङहोमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कारबाही थाल्न निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए । कोरोना महामारीले सबै आक्रान्त भइरहेकोबेला अस्पतालहरुले यस्तो रवैया देखाए राज्य मुकदर्शक बनेर नबस्ने उनले बताए ।

बिरामी नजाँच्ने डाक्टरलाई कारबाही गर्न मुख्यमन्त्री राउतको निर्देशन

बिरामी जाँच नगरेको पाइए त्यस्ता अस्पताल तथा नर्सिङहोमहरुको दर्ता खारेज गरी सरकारले आफ्नो नियन्त्रणमा लिने मन्त्री यादवले बताएका छन् । ‘बिरामी जाँच नगर्ने अस्पताल तथा नर्सिङहोमहरुलाई तत्काल अनुसन्धानको दायरामा ल्याइ कानुनअनुसार त्यस्ता संस्थाहरुको दर्ता खारेजीदेखि महामारी र लकडाउन अवधिभर नियन्त्रणमा लिइ सरकारले सेवासञ्चालन गर्नेछ,’ मन्त्री यादवले भने ।

प्रदेश २ को आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुसँगको छलफलमा बुधबार मुख्यमन्त्री लालबाबु राउत बिरामी नचाँच्ने डाक्टरहरुप्रति आक्रमक रुपमा प्रस्तुत भएको थिए । कोरोना महामारी फैलिएको अवस्थामा समेत आफ्नो पेशागत धर्म निर्वाह गर्न नसक्ने चिकित्सक तथा अस्पतालहरुलाई कारबाही गर्न सरकार पछि नपर्ने राउतले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय