ओम्नी ग्रुपको धरौटी जफत गरी कालोसूचीमा राखिने, भोलिबाट नयाँ खरिद प्रक्रिया

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले ओम्नी समूहले समयमा सामान दिन नसकेको कारणले सम्झौता रद्द गरेर कम्पनीको धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्पनीले मार्च ३० भित्र ल्याउने भनेको सामग्रीको १० प्रतिशत पनि दिन नसकेपछि सम्झौता रद्द गर्नुपर्ने अवस्था आएको बताए ।

उनले सम्झौता रकमको १८ प्रतिशत रकमको मात्रै सामग्री ल्याएको बताए । ‘अर्को दोस्रो लट ल्याउनुपर्ने अन्तिम मिति मार्च २ मा पनि ल्याउनसक्ने कुनै प्रतिवद्धता उहाँहरुबाट पाइएन्’ श्रेष्ठले भने । यस्तो अवस्थामा सम्झौता रद्द गर्नुको विकल्प नभएको महानिर्देशक श्रेष्ठले बताए।

‘पहिलो लटमा पनि प्रतिवद्धताको दश प्रतिशत पनि सामान दिन सक्नुभएन्’ उनले भने, ‘दोस्रो लट अप्रिल २ मा पनि सामान दिनसक्ने संभावना पनि देखिएन र प्रतिवद्धता पनि आएन’

महानिर्देशक श्रेष्ठले सुरुमा फागुन ३० मा सार्वजनिक सूचना जारी गर्दा १९ संस्थाले बिड गरेकोपनि तत्काल कम्पनीहरुले तत्काल बिड गरेका संस्थाहरुले तत्काल ल्याउन नसक्ने भनेपछि नै उच्चस्तरीय समितिले २४ घण्टाभित्र नयाँ प्रक्रिया थाल्ने निर्णय गरेको बताए । सो सूचनाका आधारमा आएका तीनभन्दा बढी सप्लायर्समध्ये तोकिएको मिति १३ चैत साँझ ७ बजेभित्र २ वटाले मात्रै दररेट पेश गरेकोमा ओम्नी समूहको दररेटमा ०.५ प्रतिशत कम गरेर सम्झौता गरिएको उनले जनकारी दिए ।

तर, सरकारले सबै सहजीकरण गर्दा पनि सो समूहले सामान नै दिन नसकेको कारणले सम्झौता रद्द गरेको उनले बताए । ‘पहिलो लँटमा पनि प्रतिवद्धताको दश प्रतिशत पनि सामान दिन सक्नुभएन्’ उनले भने, ‘दोस्रो लट अप्रिल २ मा पनि सामान दिनसक्ने संभावना पनि देखिएन र प्रतिवद्धता पनि आएन’ । श्रेष्ठले अब पहिला टेन्डर हालेका र थप सस्तोमा सामान दिनसक्छु भन्ने फर्महरुसँग छलफल गरेर केही दिनभित्रै सामान ल्याउँनेसमेत बताए ।

कोरोना स्क्याम : विवादित कम्पनीलाई ‘पुरस्कृत’ गर्दा सामानमै धोका, ठेक्का रद्द गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय