विदेशबाट आएकाहरूमा लक्षण कुरेर मात्र नजिँतिने ‘कोरोना लडाइँ’

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस कोभिड १९को संक्रमणबाट ३८ हजार भन्दा बढी मानिसको मृत्यु ८ लाख हाराहारीमा संक्रमित भइसकेका छन्।

एकातिर रोगको संक्रमण दिन दुई गुणा र रात चौगुनाको दरमा फैलिरहेको छ भने, अर्कोतिर मृत्यसँग लडिरहेका लाखौं संक्रमित अहिले पनि उपचारको अभावमा छन् ।

यो भाइरसको फैलावटको गती हेर्दा संसारभर वायोलोजिकल हतियारको रुपमा विकास गरी मावन सभ्यता र समुदायविरुद्ध प्रयोग गरिएकोजस्तो पनि लाग्छ। चिकित्सा विज्ञानको क्षेत्रमा भएको आविष्कार र विकास यो भाइरसको तीव्र गतिका अघि अगाडि निष्प्रभावी सावित भइसकेको छ।

विकसित भनिएको देशका स्वास्थ्य प्रणालीले नै यसको सामना गर्न नसकेको अवस्थामा विकासशील देशहरुले यसको सामना कसरी गर्ने भन्नेमा फेरि गहिरोगरी सोच्नुपर्ने समय आएको छ।

विश्वव्यापी रुपमा देखा परेको आधारमा चार महिनाको समय बितिसकेको छ भने नेपालमै पनि पहिलो विरामी देखिएको (जनवरी २३)को आधारमा तीन महिना बितिसकेको छ । यो बीचमा प्रमाणिक रुपमा पाँच वटा मात्रै पोजेटेभि केस देखिएका छन् ।

अहिले नेपालमा रोग प्रवेश गरिसके पनि फैलिन नपाइरहेको यो अवस्थामा भनेकोे रोगसँग लड्न सामथ्र्य विकास गर्ने ठूलो अवसर थियो ।
यो अवसरको हामीले कति सदुपयोग गर्न सक्यौं भन्ने कुरा आगामी दिनले प्रमाणित गर्ला । तर, अब प्रभावित देशबाट भित्रिएका ठूलो जनसंख्या, यसरी भित्रिएका मानिसले सेल्फ क्वारेन्टाइनलाई संवेदनशील रुपमा नलिएको तथ्य, खुल्ला सीमानाजस्ता कारण अब रोगसँग लड्नका लागि तयारी गर्ने समय हाम्रो सन्दर्भमा पनि कम भइसकेको हुनसक्छ । अर्थात् जुनसुकै दिनबाट हाम्रो हेल्थ सिस्टम, हामीले गरेको तयारी र कोरोना भाइरसबीचको संघर्ष सुरुवात हुनसक्छ भन्ने कुरामा हामी मानसिक रुपमा तयार हुनैपर्छ ।

विदेशबाट फर्केर बाग्लुङ पुगेकी र मामाघर, आफन्तका घर र सामाजिक कार्यमा सरिक हुँदै गरेकी एउटा युवतीमा संक्रमण देखिएको घटनाले हामीले लिएको होम क्वारेन्टाइनको रणनीति हाम्रा लागि महंगो सावित हुनसक्ने त्रास बढाएको छ ।

हामी कति तयार ?

कोरोनाले चीनपछि इटलीलाई हराइरहँदा हामीले आवश्यक तयारीमा नलाग्नु भनेको गम्भीर त्रुटी हो । अहिलेको सन्दर्भमा पनि हाम्रो खुल्ला सीमना भएको छिमेकी मुलुकमा पनि कोरोना फैलिरहँदा अहिले भएका तयारीमा पनि प्रश्न उठिरहेका छन् । अहिले सरकारले इटलीले गरेको त्रुटीबाट पाठ सिकेर लकडाउनको गरिहरेको छ त्यसले राम्रो नतिजा दिने कुरामा शंका रहेन । तर, त्योसँगै रोग फैलिन नदिनका लागि समुदायमा एउटा पनि रोग नभित्रिएको होस् भन्ने तर्फ सचेत रहेर समुदाय स्तरमा परीक्षण र उपचारका लागि आवश्यक पर्ने सामग्री जोहो गर्ने सन्दर्भमा हाम्रो तयारी कमजोर देखिएको छ ।

स्वास्थ्य उपकरण र पूर्वाधारमा सुविधासम्पन्न देशहरुसमेत कोरोनासँग लड्न नसकिरहेको अवस्थामा हामी विनापूर्वाधार र तयारी ढुक्कसँग बस्नुले कुनै ठूलो दुर्घटनाको स्पष्ट संकेत हुँदा पनि मौनता अर्थात आँधिअघिको सन्नटाको संकेत गरिरहेको छ ।

हामीजस्ता कमजोर स्वास्थ्य प्रणाली भएका देशलाई विश्व स्वास्थ्य संगठनले बारम्बार सचेत गराउँदै आएको छ । यो सन्दर्भमा लकडाउनले मात्रै कोरोनासँगको हाम्रो लडाईलाई जितमा पुर्याउँदैन् ।

अर्कोतिर कोरोना अति संक्रामक भाइरसका एउटा मात्रै संक्रमित रहँदा पनि संक्रमण फैलिने सम्भावना अन्त्य हुनसक्दैन। त्यसका लागि हाम्रो बलियो उपचार क्षमता चाहिन्छ । उपचारको सुरुवात रोगको निदानबाट हुन्छ । संक्रमितमा लक्षणहरु पर्खेर बस्ने र जटिलता आएपछि परीक्षण गरेर रोगको फैलावटलाई कम गर्न सकिन्न । शंकास्पदहरुको सुरुवाती अवस्थामै परीक्षण गर्ने र तत्काल सेल्फक्वारेन्टाइन वा आइसोलेसनबाट रोगलाई नियन्त्रण गर्न सकिने तथ्य विश्व अनुभवबाट प्रमाणित भइसकेको छ ।

अहिले पनि हाम्रो सरकारले समुदायमा रोग फैलिसकेको वा नसकेको यकीन गर्न तदारुकता देखाएको छैन। समुदायमा फैलिएका भाईरस संक्रमित बिरामीहरुलाई रोग फैलिनदिनबाट बचाउन सकिएन भने हाम्रो प्रणाली र तयारीले यो रोग थेग्नसक्छ भन्नेमा धेरैलाई विश्वास छैन।
विशेषगरी संक्रमित देशबाट आएका, वा संक्रमित भेटिसकेका, उडानमा सँगै आएकाहरुमा हामी लक्षण कुरेर बसिरहेका छौं । खुल्ला सीमनाबाट आएका र उडानबाट आएकाहरुलाई क्वारेन्टाइनमा नराखेर ‘होम क्वारेन्टाइन’मा पठाएर हामीले ठूलो जोखिम उठाएका छौं वा लापरवाही गरेगरिरहेका छौं।

विदेशबाट फर्केर बाग्लुङ पुगेकी र मामाघर, आफन्तका घर र सामाजिक कार्यमा सरिक हुँदै गरेकी एउटा युवतीमा संक्रमण देखिएको घटनाले हामीले लिएको होम क्वारेन्टाइनको रणनीति हाम्रा लागि महंगो सावित हुनसक्ने त्रास बढाएको छ ।

अब हाम्रो लकडाउनले धानेको अवस्थामा र भाग्यवस हामीले गाउँगाउँमा जान दिएका मानिसहरु संक्रमित नदेखिएको अवस्थामा बाहेक रोग फैलिएको अवस्थामा त्यसलाई सामना गर्ने हाम्रो तयारीका विषयमा हामी समीक्षा गर्नुपर्छ ।

आज संक्रमण फैलिएका देश वा ठाउँबाट आएको भाइरसको सम्पर्कमा आएका हुनसक्ने व्यक्तिहरु जो आइसोलेसन वा उपचारमा हुनुपर्थ्र्यो उनीहरु गाउँगाउँ पुग्नु भनेको रोग फैलिनसक्ने सम्भावनालाई रोक्ने हाम्रो अवसर गुमेको अवस्था हो ।

अब हाम्रो लकडाउनले धानेको अवस्थामा र भाग्यवस हामीले गाउँगाउँमा जान दिएका मानिसहरु संक्रमित नदेखिएको अवस्थामा बाहेक रोग फैलिएको अवस्थामा त्यसलाई सामना गर्ने हाम्रो तयारीका विषयमा हामी समीक्षा गर्नुपर्छ ।

सुरक्षित चिकित्सक, अनि जितिन्छ लडाईँ

एउटा संक्रमण नभएको मानिसले मात्रै निर्धक्क भएर संक्रमित वा संक्रमण नभएकाको उपचार गर्नसक्छ । उपचारमा संलग्न हुने चिकित्सक वा स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म यो लडाईँ जितिन्न । विश्व स्वास्थ्य संगठनको मापदण्ड र अन्य देशका अनुभवले पनि भन्छ, व्यक्तिगत सुरक्षा सामग्रीबिना अतिसंक्रामक यो रोगको उपचारमा खटिन सम्भव छैन् । हामी यस्ता सामग्रीबिनै चिकित्सक वा स्वास्थ्यकर्मीलाई उपचार मैदानमा उतारियो भने पनि त्यो रोग फैलाउँने सबैभन्दा ठूलो कारण बन्नेछ ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने गाउन, मास्क, ग्लोब्स, गगल्स, बुटजस्ता सामग्रीबिनै उपचारमा उत्रिनु स्वास्थ्यकर्मीको बहादुरी होइन् मुख्र्याई हो ।

संक्रमित बिरामिसँग प्रत्यक्ष सम्पर्कमा आउने चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि डब्लुएचओले भनेको न्युनतम मापदण्ड बिना नै काम गर्दा सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी र चिकित्सकलाई हुन्छ ।

अहिले संसारभर कुनै प्रोफेसनका आधारमा संक्रमितको आंकडा खोज्दा सबैभन्दा बढी संक्रमित चिकित्साकर्मी नै छ । अर्कोतिर, स्वास्थ्यकर्मीको सुरक्षा चिकित्सक र विरामीको सुरक्षासँग मात्रै जोडिएको सवाल होइन । एउटा उपचारमा संलग्न चिकित्सक संक्रमित भयो र उनका साथीहरु पनि क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था थपिँदै जाने हो भने, हाम्रोजस्तो सीमित जनशक्ति रहेको देशमा उपचारमा जनशक्तिकै अभाव हुने अवस्था पनि आउँनसक्छ ।

यसका लागि रोग भित्रिन वा फैलिन नदिने तयारीजत्तिकै महत्व बलियो उपचार तयारी हो । यो रोगसँग लड्नका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीमा उच्च मनोबलका कायम राख्न सरकारको तयारीसँगै आम मानिसको सद्भाव र सहयोग आवश्यक पर्छ ।

अहिले पनि स्वास्थ्यकर्मी र चिकित्सकहरुको मनोबल उच्च राख्न उपचारमा खटिएका हरुलाइ आबश्यक पर्ने न्युनतम सुरक्षाका साधनहरु उपलब्ध हुनुपर्छ । सुरक्षा हतियार विना युद्ध मैदानमा ओर्लिने सिपाईले सुरक्षित महसुस गरेर सत्रुलाई मार्न सक्दैन् ।

पिपिईसँगै आवश्यक मात्रामा भेन्टिलेटर, आइसियु, जनरल बेडहरुको प्रयाप्त व्यवस्था र तयारी हुनुपर्छ । त्यतिमात्रै होइन् उपचारमा खटिने स्वास्थ्यकर्मीलाई परिवारभन्दा छुट्दै बस्ने र खाने तयारी पनि हुनुपर्छ ।

अन्तमा रोगको महामारीको सामना गर्न सरकार र हामी नागरिका दुई फरक दायित्व छन् ।

सरकारको आवश्यक तयारीले नै यो रोगसँग लड्ने सैनिकको रुपमा रहेका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउँछ । त्यसका लागि सरकारले आम रुपमा सोचिरहेको भन्दा फरक ढंगले उपचारमा खटिन आकािर्षत गर्ने र सुरक्षित महसुस गराउँने वातावरण बनाउँने लाग्नुको विकल्प छैन्। सरकारको तयारी र मोटिभेसनल प्याकेजले नै यो लडाईमा खटिने सैनिकको मनोवल बचाउँन सक्छ र रोग नियन्त्रणमा महत्वपूर्ण अस्त्र बन्न सक्छ ।

सरकारले आम रुपमा सोचिरहेको भन्दा फरक ढंगले उपचारमा खटिन आकािर्षत गर्ने र सुरक्षित महसुस गराउँने वातावरण बनाउँने लाग्नुको विकल्प छैन्। सरकारको तयारी र मोटिभेसनल प्याकेजले नै यो लडाईमा खटिने सैनिकको मनोवल बचाउँन सक्छ र रोग नियन्त्रणमा महत्वपूर्ण अत्र बन्न सक्छ ।

सरकारले अझै पनि ध्यान दिनुपर्ने विषय रोगको लक्षण भएका सबै बिरामीको प्रयोगशाला परीक्षण गरेर रोग समुदायमा फैलिसके नसकेको यकीन गर्नुपर्छ । परीक्षणको क्षमता र दायरा बढाउँदै लानुपर्छ ।

अर्को प्रमुख र दोहोर्याएर भन्नुपर्ने विष भएको उपचारमा संलग्न जनशक्तिका लागि चाहिने आधारभुत सुरक्षा सामग्री जोहोसँगै उपचारका लागि चाहिने जनशक्ती तयार पानु नै हो । अहिलेको यो अवस्थामा सबैखालका चिकित्सक स्वास्थ्यकर्मीलाई प्रयाप्त मात्रामा यो रोगको उपचारसम्बन्धी तालिम दिन ढिला गर्नुहुन्न ।

त्योसँगै बिरामी राख्ने विशेष अस्पताल एवं शैयाको व्यवस्थापनमा पनि सरकारको ध्यान जनुपर्छ ।

अर्कोपक्ष भनेको रोग रोकथामकै लागि बिदेशबाट फर्किएकाको क्वारेन्टाईन र ट्रेस अनि फलोअप गरेर उनीहरुको लक्षणका आधारमा ल्याब टेष्ट गरी कोरोना भाईरस भए नभएको पत्ता लगाएर आवश्यक उपचार गरी समुदायमा भाइरस फैलिन नदिने विशेष सावधानी र तयारी नै हो ।
नागरिकको रुपमा कतव्र्य भनेको रोगबाट आफू र अरुलाई कसरी जोगाउन सकिन्छ भन्ने नै हो । सरकारले सुरु गरेको लकडाउनलाई उलंघन गर्नु भनेको आफूलाई नै जोखिममा पार्नु हो । तीबाहेक विदेशबाट हालसालै फर्किएकाहरुका सन्दर्भमा पनि परिवार र समुदाय दुबै सचेत भएर उनीहरुलाई जिम्मेवार बनाउन पनि लाग्नुपर्छ ।

(लेखक नेपाल चिकित्सक संघका महासचिव हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय