ब्रेकिङ : कोरोना सामग्री खरिदसम्बन्धी ओम्नी समूहसँगको विवादित सम्झौता रद्द

कोरोना उपचार र रोकथामा प्रयोग हुने सामाग्री खरिदका लागि ओम्नी समूह र सरकारबीच भएको सम्झौता सरकारले रद्द गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी विजिनेस कर्पोरेट इन्टरनेशनलसँग भएको सम्झौता रद्द भएको जानकारी दिए ।

कोरोना स्क्याम : विवादित कम्पनीलाई ‘पुरस्कृत’ गर्दा सामानमै धोका, ठेक्का रद्द गर्ने तयारी

उनले यसबारे थप विवरण मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिने बताए । उनका अनुसार  सरकारले ओम्नी समूहले अत्यवश्यकीय सामान समयमा दिन नसकेको कारण रद्द गरेको जनाएको छ ।
यसअघि हेल्थपोस्ट नेपालले सम्झौता रद्द गर्ने सरकारको तयारी सम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय