चीनबाट ल्याएका परीक्षण किटको गुणस्तर जाँच भइरहेको छ : मन्त्रालय

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत १९ गते १६:१३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेको र्‍यापिड टेस्ट किटको गुणस्तर जाँच भइरहेको बताएको छ।

‘सरकारले खरिद गरेो किटको गुणस्तर जाँन नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकिएको र परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो’ मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीले भनेका छन्।

सरकारले खरिद गरेको परिक्षण किटहरु गुणस्तरीय नभएको समाचारहरु बाहिरिएपछि मन्त्रालयले चीनबाट ल्याइएका किटको गुणस्तर परिक्षण भइरहेको र बजारमा अनाधिकत स्रोतबाट वितरण भएका किट गुणस्तरको बारेमा गुनासोहरु आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय