रक्सौल नाकाका अलपत्र भारतीय नागरिक ठाकुर क्याम्पसको एउटा कोठामा

आरोहण शाह/पर्सा
प्रकाशित
२०७६ चैत १९ गते १५:१३

लकडाउनमा नेपालका विभिन्न क्षेत्रबाट घर फर्किन लागेका ३ सय भन्दा बढी भारतीय नागरिकलाई वीरगन्जको ठाकुरमा क्याम्पसमा राखिएको छ। वीरगञ्न-रक्सौल नाकामा सिल गरिएसँगै त्यो नाको आवागमन थप्प भएको छ।

नेपालका विभिन्न क्षेत्रमा काम गर्दै आएका र अहिले लकडाउनमा घर फर्किन भन्दै रक्सैल पुगेका भारतीय नागरिकलाई सुरक्षाकर्मीले क्याम्पसको एउटा कोठामा राखेका हुन्। बालाबलिका, महिला र पुरुष गरी ३ सय ५२ भारतीय नागरिकलाई एउटै कोठामा राखिएको छ। उनीहरूले आफूहरू एउटै कोठामा भोकभोकै बस्न बाध्य भएको गुनासो गरेका छन्।

लकडाउनलाई चुनौती दिँदै एउटै कोठामा ठूलो संख्यामा भारतीय नागरिक जम्मा हुँदा पनि प्रशास भने मौन छ। नेपालका विभिन्न ठाउँबाट मंगलबार राती उनीहरू वीरगन्ज आइपुगेका थिए। भारत जान खोजेका उनीहरूलाई रक्सौल नाकाको मितेरी पुलमा भारतीय सुरक्षाकर्मीले रोकेपछि पुलमै रात बिताएका थिए।

भारत छिर्न नपाएपछि मितेरी पुलमा अलपत्र परेका उनीहरूलाई प्रशासनले ठाकुराम क्यामपसमा बस्न लगाएको हो। नेपाल सरकारले आफूहरूको समस्या बुझेर नाकासम्म आउन दिए पनि आफ्नै सरकारले स्वदेश प्रवेश गर्न नदिएको उनीहरूको गुनासो छ। भारतीय नागरिक बिहार अलि पटेलले कति दिनसम्म यस्तो सास्ति खेप्नपर्ने हो भन्दै चिन्ता व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय