सनराइज बै‌ंकले दियाे सेनालाई पिपिई

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत १९ गते १४:५३

सनराइज बैंकले नेपाली सेनालाई पेर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) उप्लब्ध गराएको छ। कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ प्रदान गरेको हो।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले ७० थान व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ सैनिक स्वास्थ्य महानिर्देशनालयका महानिर्देशक, सहायक रथी डा. नगेन्द्र के.सीलाई हस्तान्तरण गरेका हुन्।

स्वास्थ्य सामग्री पिपिइ हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत नेपाल सैनिकले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताएका छ्न्।

स्वास्थ्य सामग्री पिपिई कार्यक्रममा सहायक रथी डा. नगेन्द्र के.सीले सन्राइज बैंकले निभाएको सामाजिक उत्तरदायित्व सराहनीय रहेको बताउदै यस्तो महत्त्वपूर्ण भूमिकाले सन्राइज बैंक अझै माथि पुग्ने जानकारी दिए। अधिकृत पौड्यालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरि लकडाउन गरेको अवस्थामा घरमै बसि भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न अपिल गरे।

महामारी फैलिरहेको अवस्थामा विद्युतीयमाध्यम बाट बैंकिङ्ग कारोबार गरि घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन उनले आग्रह गरे। विद्युतीय कारोबारका लागी सनराइज बैंकले घरबाटै काम गर्ने सकिने थुप्रै योजना ल्याएको जानकारी समेत दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय