घरमै बनाउन सकिन्छ, काेरोना भाइरसबाट बच्ने सुरक्षा सामग्री

   

अहिले चीनको वुहान सहरबाट डिसेम्बर २०१९मा पहिचान गरिएको कोभिड-१९ को महामारी विश्वभर फैलिएको छ र हजारौंको ज्यान लिइसकेको छ। हालसम्म यसको प्रभावको आँकडा हेर्दा विकसित भनिएका राष्ट्रहरूलाई पनि नियन्त्रणमा ल्याउन निकै चुनौतीपूर्ण देखिएको छ। भाग्यवश नेपालमा यसले अहिलेसम्म ठूलो प्रभाव पारेको छैन र नपारोस् पनि। त्यसैले न्यून प्रभाव कायम राख्न निकै होसियारी अपनाउन जरुरी छ।

यसको मुख्य लक्षणहरू उच्च ज्वरो, सुख्खा खोकी र स्वास्प्रश्वासमा कठिनाई नै हुन् भने कहिलेकाहीँ मांसपेशीहरु दुख्ने, पखाला लाग्ने आदि पनि हुने गर्दछ। यो रोगको मृत्युदर तीन प्रतिशतबाट क्रमशः माथितिर बढ्दै गइरहेको छ। यसबाट हुनसक्ने ‘देहान्त’बाट उम्कने सबैभन्दा उत्तम उपाय भनेको ‘एकान्त’नै हो अथवा समाजबाट अलग्गै रहनु नै हो।

यो रोग स्वासप्रश्वासबाट सर्ने एक सरुवा रोग भएकोले एक व्यक्तिबाट अर्को व्यक्तिमा खोकीका बेला निस्कने तरल थोपाका साथ सोझै वा परेको कुनै सतहमा अर्को व्यक्तिले छोयो भने सर्ने गर्दछ। यस सम्बन्धी अन्य धेरै जानाकारीहरू सञ्चारमाध्यमहरूमा प्रशस्तै पाइन्छ। यहाँ हामीले तिनै वैज्ञानिक दृष्टिकोणले प्रमाणित स्रोतहरूको आधारमा यसबाट बच्नका लागि आवश्यक सुरक्षा सामाग्रीहरूको अभाव भएमा घरमै कसरी उत्पादन गर्ने भन्नेमा प्रयोगमा आइरहेका तरिकाहरुलाई अत्यन्तै संक्षेपमा स्मरण गराउने प्रयास गरेका छौं।

१. मास्क (मुखौटा) :

मुखौटा नेपालको सहरी भागमा महामारीका बखत मात्र नभई प्रदुषणबाट बच्नका लागि पनि प्रयोग गरिन्छ। बजारमा पाइने मुखौटाहरूमध्ये सामान्य मुखौटा त्यति प्रभावकारी हुँदैन भने स्वास्थ्य केन्द्रहरूमा पाइने मुखौटाहरू दैनिक रुपमा फेरि राख्नुपर्ने हुन्छ। जुनमध्ये वा निम्न वर्गका लागि आर्थिक रुपबाट धान्न गाह्रो हुन्छ। त्यसैले, प्रभावकारी मास्क बनाउन हामीले यहाँ अत्यन्तै किफायती र सरल उपाय प्रस्तुत गरेका छौं।

आवश्यक सामग्रीहरू:

सुतीको कपडा, सिलाउन चाहिने सामग्री (हात वा मेशिन), फिल्टर वा हात पुछ्ने कागज (प्वालको आकार १० न्या. मिटरभन्दा कम पोर साइजको।)

तरिका: आफ्नो नाक र मुखलाई पूर्ण रूपमा ढाक्न सक्ने सुतीको कपडा अनुहारको आकारमा तन्कन सक्ने गरी गेटिससमेतको प्रयोग गरी दुई तहमा सिलाउने, जसो गर्दा त्यसभित्र दैनिक रुपमा नयाँ-नयाँ फिल्टर वा उपयुक्त कागज राख्न सकियोस्।

वैज्ञानिक आधार: कोभिड-१९ रोगको जीवाणुको व्यास ०.१ देखि ०.३ माइक्रोमिटर हुन्छl ( एक माइक्रोमिटर भनेको एक मिलिमिटरको हजार भागको एक भाग) होl त्यसैले, एन-९५ वा त्यो भन्दा पनि माथिको (युरोपियन स्ट्याण्डर्ड अनुसार एफएफ-२ वा तोभन्दा माथि) कोभिड-१९ को बिरामीको उपचारमा संलग्न स्वास्थकर्मीहरूलाई चाहिन्छl सर्वसाधारणलाई यस्तो मास्कको आवश्यकता पर्दैनl एन-९५ (N95) मास्क भनेको ०.३ माइक्रोनसम्मको वस्तुलाई ९५ प्रतिशत छेक्न सक्ने मास्क होl यो मास्क रोगीलाई उपचार गर्ने स्वास्थकर्मीहरूलाई बाहेक अरूलाई अवश्यकता पर्दैन र यो तयार गर्न पनि गाह्रो हुन्छl

हात सफा गर्ने उत्तम, सरल र किफायती उपाय साबुन पानीले धुनु नै हो। यसले उक्त भाइरसलगायत अन्य भाइरस र व्याक्टेरियालाई पखाल्न र नष्ट गर्न सक्छ। तर, बिडम्बना, हाम्रो हातले एक मिनटमै कैयौंपटक अन्जानमै अन्य सतहलाई छुँदै अनुहारमा छुने गरिरहन्छ। जसका कारण भाइरस नाक, मुख वा आँखामा पुग्न सक्छ।

२. हात सफा गर्ने स्यानिटाईजर

हात सफा गर्ने उत्तम, सरल र किफायती उपाय साबुन पानीले धुनु नै हो। यसले उक्त भाइरसलगायत अन्य भाइरस र व्याक्टेरियालाई पखाल्न र नष्ट गर्न सक्छ। तर, बिडम्बना, हाम्रो हातले एक मिनटमै कैयौंपटक अन्जानमै अन्य सतहलाई छुँदै अनुहारमा छुने गरिरहन्छ। जसका कारण भाइरस नाक, मुख वा आँखामा पुग्न सक्छ। अनि त्यसपछि फोक्सोमा। अर्कोतर्फ त्यति नै पटक हात धुन सम्भव पनि हुँदैन। त्यसका लागि अत्यन्तै सजिलो गरी बेला-बेलामा हातलाई कीटाणुमुक्त बनाउन तेलजस्तै सफा गर्ने झोल (स्यानिटाइजर) घरमै बनाउन सकिन्छ।

आवश्यक सामाग्रीहरू र तरिका: ७०% वा अझ राम्रो अल्कोहल (Iso propyl वा Ethyl Alcohol) र १००% राम्रो घ्युकुमारी ९०:१० को अनुपातमा राम्रोसँग सिसाको भाँडोमा फिटेर तयार पारि हावा नछिर्ने स्प्रे बोतलमा राख्न सकिन्छ। उपलब्ध भएमा ब्लिचिङ एजेन्ट जस्तै: 8% Hydrogen peroxide (कपाल रंग्याउन प्रयोग गरिने)लाई पनि मिसाउन सकिन्छ।

वैज्ञानिक आधार: कम्तीमा ६०% अल्कोहल वा ६-८% हाइड्रोजन पेरोक्साइडले राम्रोसँग कीटाणुमुक्त पार्न सक्छ। घ्युकुमारीले हातलाई नरम र सम्भावित जलनबाट मुक्त पार्छ।

सावधानी: यो अल्कोहल निकै प्रज्ज्वलनशील हुने हुनाले दलिएको हात ज्वालातर्फ पर्न दिन हुन्न।

३. रोगप्रतिरोधक क्षमता बढाउने आहार-बिहार

कोभिड-१९ जस्ता नयाँ शक्तिशाली भाइरसहरुको जन्म हुँदा तत्कालका लागिको उपचार विधि भनेकै आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाइराख्ने होl यसका लागि आहार-बिहारमा विशेष ध्यान पुर्यानउन पर्छ। यो नै यसको वैज्ञानिक आधार हो।

क. बिहार

कोभिड-१९ श्वासप्रश्वास सम्बन्धी रोग भएकोले लकडाउनका बेला घरभित्रै बसी गर्न मिल्ने कपालभाती, अनलोम बिलोम, उज्जाई लगायतका प्राणायाम् नछुटाई सूर्य नमस्कार वा अन्य योगाशन, मार्शल आर्ट आदि गर्नाले शारीरिक तथा मानसिक रुपले स्वास्थ्यलाई मजबुत बनाउँदै रोग प्रतिरोधात्मक क्षमताको बृद्धि हुन्छl

ख. खाना

उच्च पोषणयुक्त खाना जस्तै: गेडागुडीको झोल, हरियो तरकारी, कागती र अमिलोजन्य फलफूलहरू, घरेलु बेसार, लसुन, अदुवा, मह र अन्य मसला आदिको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ।

यो कवचका सामग्रीहरुमा चश्मा, पूरै अनुहार ढाक्ने तर बाहिर सझिलै देखिने पारदर्शी मास्क, नाक र मुखलाई ढाक्ने मास्क (N-97, ३ माइक्रोनको वस्तुलाई छान्न सक्ने ९९% क्षमताको), पूरै शरीर ढाक्ने गाउन (रगत र रगत जन्य पदार्थलाई तर्काउन सक्ने), टाउकोमा लगाउने खोल, जुत्तामा लगाउने खोल (गोली गाँठोभन्दा माथिसम्म पुग्ने), दुई वटा पन्जा (ल्याटेक्स पन्जामाथि आधा पाखुरा ढाक्ने नाइट्राइल पन्जा, पाउडर नटाँसिने) आदि पर्दछन्।

४. व्यक्तिगत सुरक्षा सामग्री

यो कवचका सामग्रीहरुमा चश्मा, पूरै अनुहार ढाक्ने तर बाहिर सझिलै देखिने पारदर्शी मास्क, नाक र मुखलाई ढाक्ने मास्क (N-97, ३ माइक्रोनको वस्तुलाई छान्न सक्ने ९९% क्षमताको), पूरै शरीर ढाक्ने गाउन (रगत र रगत जन्य पदार्थलाई तर्काउन सक्ने), टाउकोमा लगाउने खोल, जुत्तामा लगाउने खोल (गोली गाँठोभन्दा माथिसम्म पुग्ने), दुई वटा पन्जा (ल्याटेक्स पन्जामाथि आधा पाखुरा ढाक्ने नाइट्राइल पन्जा, पाउडर नटाँसिने) आदि पर्दछन्। यिनीहरू उज्यालो रङ्गका हुन्छन्। एक चोटीमात्र प्रयोग गर्नका लागि गाउनमा सिन्थेटिकको प्रयोग गरिन्छ भने पुन: प्रयोग गर्नका लागि सामान्यतया १००% सुती वा १००% पोलिस्टर वा दुबैको प्रयोग गरिन्छ। यिनीहरूको तयारी उचित कीटाणुनाशक रसायनहरू मिसाई रोलरहरूको प्रयोग गरी कडा र अत्यन्तै मसिनो गरी बुनिएको हुन्छ। स्तरीयता मापदण्ड: EU standard directive 93/42/EEC Class I, EN 445 आदि।

सावधानी: यिनीहरू प्रभावकारिताको लागि स्तरीयता र प्रयोगमा निश्चित मापदण्ड तोकिएको हुन्छ। बानी नपरेका सर्वसाधारणले सुरक्षित तवरले झट्ट प्रयोग गर्न कठिन हुन्छ। त्यसैले, संक्रमित बिरामीका नजिक यो सेट लगाएर अनुभवी स्वास्थ्यकर्मीहरू मात्र जानु पर्दछ।

पुनश्च: यस्ता महामारीहरूको फैलावट तीन चरणमा हुने रहेछन्।

पहिलो चरण: (व्यक्तिगत)मा व्यक्तिले संक्रमित देशको भ्रमण गरेर फर्केपछि सुरूदेखि नै अलग्गै बसेको भुलबस बढीमा आफ्नो घर संक्रमण सीमित हुने र सझिलै उपचार गर्न सकिने

दोस्रो चरण: (पारिवारिक) भ्रमणपश्चात् व्यक्ति अलग्गै नबसी आफ्ना नातागोतामा भेट्न गएको र कहाँ-कहाँ फैलियो भनी रोगी पत्ता लगाई उपचार गर्न सकिने

तेस्रो चरण: (सामुदायिक)मा उक्त व्यक्तिले पूरै बेवास्ता गर्दै समाजमा समावेश हुँदा कहाँ-कहाँ फैलियो भनेर रोगी पत्ता लाउन नसकि पूरै सहर वा देश नै बन्द गरी सबै जनतालाई घरभित्रै थुन्न पर्ने अवस्था आउने।

माथिका सबै अवस्थामा भाइरसको लक्षण देखिन कम्तीमा १० दिन लाग्ने भएकाले त्यसपश्चात् लक्षण देखिएका व्यक्तिहरूलाई जाँचपछि सकारात्मक देखिएपछि मात्र रोगी पत्ता लाग्छ।

यी सबै झन्झटहरूबाट आफू बच्नका लागि अति आवश्यक नपरी बाहिर ननिस्कनु नै हो। खाद्यान्नका लागि बाहिर निस्कनै पर्योअ भने पनि सकेसम्म आवश्यकताको १/२ दिनअगावै र १/२ हप्ताका लागि खरिद गर्ने। ता कि बारम्बार बाहिर जान नपरोस्। यसरी जाँदा परिवारको एक जना सदस्य पूर्ण सावधानीपूर्वक बाटोमा खोल्न नपर्ने गरी मुखौटा लगाउने, आवश्यक दुरीलाई मनमा राख्दै सामान किन्ने, पैसा तिर्ने र घर फर्केपछि सकेसम्म त्यो सामान तीन दिनसम्म छुट्टै राख्ने, सबै कपडा बाहिरै फुकाल्ने र साबुनले धुने, आफू नुहाउने र मात्र भित्र छिरियो भने सुरक्षित हुन सकिन्छ। यसो गर्दा सामानहरूमा फर्माइडको रुपमा टाँसिएर आउने उक्त भाइरसको नियन्त्रणमा सहयोग पुग्छ।

आशा छ, यो विश्वयुद्ध पनि संसारका जुनसुकै कुनामा बसेका नेपालीले बिना क्षति जित्नेछन् र अरूलाई पनि जिताउन सहयोग गर्नेछन्।

लेखकद्वय क्रमश: आन्ध्र विश्वविद्यालय, भारत र आलेरगन फर्मासेयुटिकलस्, क्यालिफोर्निया, अमेरिकामा पदार्थीय विज्ञानका अनुसन्धाताका रुपमा कार्यरत् छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय