स्वास्थ्य मन्‍त्रालयले भन्यो- कल सेन्टरमा हजारौंको जवाफ दिन सकेका छैनौं

कोरोना भाइरसको बारेमा जानकारी लिन स्थापना गरिएको कल सेन्टरबाट सबैको गुनासो लिन नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। ३० फागुनबाट स्थापना भएको कल सेन्टरबाट २४सैं घन्टा कोरोनाबारे जानकारी दिँदै आइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आएको सबै कलको जवाफ दिन नसकेको बताए।

‘गुनासो २ वटा नम्बरबाट लिने गरेका छौ। २४ घन्टामा १८ सय ६ वटा कलको जवाफ दिएका छौं’, डा. देवकोटाले भने, ‘हजारौं संख्यामा आएको कलको जवाफ दिन सकिएको छैन।’

कोरोना बारे जानकारी लिनको लागि सरकार १११५, ११३३ नम्बर छुट्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय