तीन महिनामा १ हजार ५५ जनाको नमुना परिक्षण, आज मात्रै ८७ जना आइसोलेसनमा भर्ना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन महिनाको अवधिमा कारोनाको आशंकमा १ हजार ६० जनाको नमुना परिक्षण गरेको छ।

स्वास्थ्य मन्त्रालयले मगंलबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आजसम्म कोरोनाको आशंकामा १ हजार ६० जनाको नमुना संकलन गरेर परीक्षण गरिएको बताए।

‘१ हजार ६० नमुना परीक्षणमा १ हजार ५५ कोरोना नेगेटिभ र ५ जनामा पोजेटिभ देखिएको छ, ‘उनले भने, ‘आज कोरोनाको आशंकामा विभिन्न अस्पतालको आइसोलेसनमा ८७ जना भर्ना भएका छन्।’

उनका अनुसार उपत्यका बाहिर ७७ जना र उपत्यकामा १० जना आइसोलेसनमा भर्ना भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय