भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. अधिकारी नियुक्त

हेल्थपोस्ट नेपाल

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई नियुक्त गरिएको हो।

भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डाक्टरसमेत रहेका अधिकारीको कार्यकाल तीन वर्ष तोकिएको छ। २०७५ फागुन ३ गते भरतपुर अस्पताल केन्द्रीय सरकार माताहत गएपछि अस्पताल विकास समिति विघटन भएको थियो। डा. अधिकारी भरतपुर अस्पताल संघीय अस्पताल भैसकेपछिका पहिलो अध्यक्षसमेत भएका छन्।

भरतपुर अस्पताल १३ महिनादेखि विकास समिति विहीन भएको थियो। त्यस्तै मन्त्रालयले अस्पतालको सदस्यमा रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरेलाई सदस्यमा चयन गरेको छ।

अस्पताल विकास समिति गठन आदेश २०७६ अनुसार मन्त्रालयबाट विकास समितिको अध्यक्षसहित चार जना नियुक्त गर्ने व्यवस्था रहेको छ। यसअघि प्रदेश सरकार अन्तर्गत सञ्चालित रहेको भरतपुर अस्पतालको अध्यक्षमा खिमलाल भण्डारी रहेका थिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *