सवारी दुर्घटनामा एक स्वास्थ्यकर्मीको निधन

बाँकेको कोहलपुरमा सवारी दुर्घटनामा परी एकजना स्वास्थ्यकर्मीको ज्यान गएको छ। बाँकेको कोहलपुर नगरपालिका-११ न्यूरोडमा मंगलबार बिहान नेपालगन्ज मेडिकल कलेज कोहलपुरबाट बिरामी लिएर नेपालगन्ज आउँदै गरेको भे१च ८२४ नम्बरको एम्बुलेन्स र से५प ४८४ नम्बरको मोटरसाइकल ठोक्किँदा अनमी शोभा केसी बटालाको मृत्यु भएको हो।

दुर्घटना लगत्तै उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याएकी बटालाको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो। मृतक बटाला बैजनाथ गाँउपालिकास्थित बनकटुवा प्राथमिक स्वास्थ्य केन्द्रमा अनमीको रुपमा कार्यरत रहेको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख घननाथ योगीले जानकारी दिएका छन्।

नरहरिनाथ गाउँपालिका- १ कालिकोट स्थायी ठेगाना भएकी उनी हाल कोहलपुरमा बसोबास गर्दै आएकी थिइन्। मृतक बटाला मोटरसाइकलको पछाडी सवार थिइन्। मोटरसाइकल चालक डण्डबिक्रम बिष्ट भने गम्भीर घाइते भएका छन्।

एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय