चीनसँग सामान खरिदमा भएको अनियमितता छानबिन गर्न माग
सरकारले चीनबाट मेडिकल सामग्रीहरु खरिद गर्दा व्यापक अनियमितता भएको भन्दै हाम्रो नेपाल सुशासन अभियानले छानबिनको माग गरेको छ।
यसरी पोस्यो सरकारले पिपिई खरिदमा ओम्नी समूहलाई, चस्माको मूल्य बजारभन्दा १८ गुणा महँगो
‘सत्ताधारी समुहसंग निकट मानिएको ब्यापारिक समूहसँग ुसाँठगाँठ गरी कैयौ गुणा बढी मूल्यमा १८ प्रकारका सामाग्रीहरु ल्याउँदा ठूलो रकम घोटाला भएको आशंकासहित समाचारहरु आईरहेका र यसबारे चीनमा रहेका सप्लाएर्सबाट पनि सस्तोमा सामान उपलब्ध हुन सक्नेमा महँगोमा सामाग्री खरिद गरिएको भनाइहरु आइरहेकोले छ’ अभियानले विज्ञप्ती निकालेर भनेको छ ‘यस संग्कटको घडीमा पारदर्शिता , इमान्दारिता , जवाफदेहिता र शीघ्रतालाई समेत ख्याल गर्नुपर्ने दायित्व बोकेका जिम्मेवार निकाय र पदाधिकारीहरुले आफ्नो कर्तब्य निर्बाहमा सत्य निष्ठताका साथ ध्यानदिनुपर्ने कुरा स्मरण गराउन चाहन्छौ।’
अभियानले यसबारेमा तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई आग्रह पनि गरेको छ।
कोरोना उपचार सामग्री खरिदमा अनियमितताको गन्ध, विवादित ओम्नी समूहबाट रातारात सवा अर्बको खरिद