दस दिनकी सुत्केरी तीन दिनदेखि सीमामा, कसले गर्ला उद्धार?

कोरोना भाइरस सतर्कताका लागि लडकाउन भएको अवस्थामा बेलहिया नाकामा आइपुगेकी १० दिनकी सुत्केरी तीन दिनदेखि अड्किएर बसेकी छिन्। लकडाउनको समयमा नेपाल आएकी ती महिला दुई दिनअघि सीमामा आएकी हुन्।

उनको साथमा दुई वर्ष र तीन वर्षका दुई बच्चासमेत छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुर घर बताउने लक्ष्मी परियार र उनका श्रीमान मनोज परियार सुत्केरी भएको सात दिनका दिन भारतको दिल्लीबाट हिडेका थिए। सुनौलीदेखि उनको घर रहेको मंगलापुरको दुरी करिब १५ किलोमिटर मात्रै रहेको छ।

लकडाउन भएपछि उनिहरूसहित सुनौली सीमामा तीन सय बढी नेपाली रहेका छन्। उनिहरूले दुई रात उतै बिताएको बताए। उक्त समूहमा १५ जना जति महिला छन्। उनिहरूलाई बेलहिया समाजले खानपिनको व्यवस्था गरिरहेको छ। समाजका संयोजक रमेश पोखरेलले उनिहरूको दुःख देखेर समाजले खानपिनको व्यवस्था गरेको बताए।

तीन दिनपछि उनिहरूलाई दुई हप्ताका लागि डण्डाखोला नजिक बनेको टेक्निकल कलेजको तीन तले भवनमा सिद्धार्थनगरपालिकाको व्यवस्थापनमा राख्न लागिएको समाजका संयोजक पोखरेलको भनाई छ। अहिले उनिहरूको ज्वरो नाप्ने काम र विवरण संकलनको काम भइरहेको पोखरेलले बताए।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खड्गबहादुर खत्रीले भने उनिहरूको बिषयमा निर्णय भइनसकेको बताए। निर्णय नभए पनि यस बिषयमा निर्णय गर्नका लागि जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको उनले जानकारी दिए।

त्यस्तो सुत्केरीको अवस्थामा भएको भए तिलोत्तमा नगरपालिले नगरभित्रको क्वारेनटाइनमा व्यवस्थापन गर्न सक्ने नरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए। ‘उहाँहरूलाई सिडियो सापले त्यहाँबाट यहाँसम्म आउनका लागि अनुमति दिएको अवस्थामा हामीले उहाँको उद्दार गछौं’, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय