अफिनअन्तर्गतका निजी अस्पतालमा २० प्रतिशत छुट

कोरोना महामारी र लकडाउनको समयमा नागरिको सहज उपचारमा सहयोगका लागि निजी अस्पतालहरुको साझा संस्था एशोसियसन अफ प्राइभेट हेल्थ इन्टिच्युसन अफ नेपाल (अफिन) ले सेवामा २० प्रतिशत छुटको घोषणा गरेको छ ।

अफिनले आफ्ना सदस्य अस्पतालले प्रदान गर्ने चैतभर सम्पूर्ण सेवामा छुट दिने निर्णय गरेको अध्यक्ष वसन्त चौधरीले बताए । देशभर १५ बेडमाथिका ३६५ वटा नीजि अस्पताल अफिनका सदस्य छन् ।

यस्तो छुट अस्पताले पनि खरिद गर्नुपर्ने मेडिकल इम्प्लान्ट र सामग्री र औषधिको सन्दर्भमा भने लागु नहुने अफिनले जनाएको छ । अध्यक्ष चौधरीले नीजि अस्पतालहरुले विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार सुविधासम्पन्न विशेष आइसोलेसन वार्डहरु बनाइरहेको जानकारी दिए । चौधरी नर्भिक अस्पतालका संचालक हुन् ।

यस्तो छुट अस्पताले पनि खरिद गर्नुपर्ने मेडिकल इम्प्लान्ट र सामग्री र औषधिको सन्दर्भमा भने लागु नहुने अफिनले जनाएको छ ।

कोरोना त्रास बढेसँगै निजी अस्पतालले ज्वरोका बिरामीलाई समेत भर्ना लिन नमानेर गेटबाटै फर्कादिने गरेको आरोप लाग्दै आएको छ ।

यो सन्दर्भमा अफिनले १३ गते विज्ञाप्ति जारी गरेर महामारीको सन्दर्भमा राज्यले अवलम्बन गर्ने नीति नियम र निर्देशन अनुरुप सुझबुझ एवं धैर्यतापूर्वक सेवा प्रदान गर्ने जनाएको थियो ।

महामारीको सन्दर्भमा आफ्ना सदस्य अस्पातालहरु तयारी राख्न अफिनले ठूला अस्पतालहरुलाई पिपिई सेट वितरणसमेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय