मेची अञ्चल अस्पतालमा २५ शैय्याको आइसोलेसन वार्ड

हेल्थपाेस्ट/झापा
प्रकाशित
२०७६ चैत १८ गते १२:३५

मेची अञ्चल अस्पताल भद्रपुरमा सोमबारदेखि २५ शैय्याको आइसोलेसन वार्ड सञ्चालनमा आएको छ। लक डाउनको सातौं दिनबाट सो सेवा सुरु भएको मेची अञ्चल अस्पतालले जनाएको छ।

कोरोनाका शंकास्पद संक्रमितको सुरक्षित उपचारका लागि यस्तो प्रबन्ध मिलाइएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले बताए।

मेची अञ्चल अस्पतालमा केही दिन अघि नै पिपिई लगायतका अत्यावश्यक सामग्री उपलब्ध भएपछि सेवा सुरु गर्ने निर्णय भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरले बताए। ती सामग्री नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माको पहलमा उपलब्ध भएको जनाइएको छ। शर्माले चौधरी ग्रुपलाई आग्रह गरेपछि ती सामग्री उपलब्ध गराइएको हो।

श्री नयाँ श्री नाथ गण चारआलीमा एक सय बेडको नयाँ क्वारेन्टाइन मंगलबारबाट सञ्चालनमा ल्याउने गरी काम भइरहेको गणले जनाएको छ। यसअघि ७० बेडको क्वारेन्टाइन कलवलगुडिको हाता भित्र सञ्चालित छ।

जिल्ला स्तरीय क्वारेन्टाइन नेपाली सेनाको सुपरिवेक्षणमा संचालन हुने कोरोना संक्रमण तथा अनुगमन समितिका सदस्य लोकराज ढकालले बताए। क्वारेन्टाइनको सुरक्षा, खाना आवास र सरसफाइको जिम्मा नेपाली सेना लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय