स्वास्थ्यकर्मीलाई ‘आतंकित’ नबनाऔं

संसारभरि महामारीको रुपमा फैलिएको कोभिड(१९ को त्रास सर्वसाधारणदेखि लिएर आम स्वास्थ्यकर्मीहरु पनि त्रासकै वातावरणमा छन्।
स्वस्थाकर्मीहरुको मुख्य डरचाहीँ व्यक्तिगत स्वास्थ्य सुरक्षा कवच उपलब्ध नहुनु हो।

यस्तो अवस्थामा स्वास्थ्यकर्मी (बिशेषगरी अग्रपंतिमा काम गर्नेहरु)लाई आधिकारिक व्यक्तिहरुको परामर्शको खाँचो टड्कारो देखिन्छ। सुरक्षा कवच के होरु यसका कति तह हुन्छनरु कतिबेला कुन कवच प्रयोग गर्नेरु आदि बिषयमा तालिम र कवच उपलब्धताको को खाँचो छ।

साथै संक्रमित बिरमीसँग काम गर्दा हुने दुर्घटनाका बारेमा सोचेर राज्यका तर्फबाट हुने सहयोग र स्वास्थ्यकर्मीको उपचारको व्यवस्थाका बारेमा आश्वासनको पनि उत्तिकै खाँचो छ, अन्यथा राज्यले धेरै क्षति बेहोर्नुपर्ने स्थिति देखिन्छ।

जस्तो कि, स्वास्थ्यकर्मीहरुको मनोबल गिर्ने, उनीहरुलाई सुरक्षित महसुस नहुने, आत्तिने रोग, चिन्ता वा उदासीपन आदि मानसिक समस्याको शिकार बन्ने। विभिन्न बाहाना गरेर कामबाट छुट्टी लिने। यी सबै कारणले गर्दा महामारीको बेलामा बिरामीको उपचार गर्ने स्वास्थ्यकर्मीको अभाव हुनसक्छ।

सुरक्षाकचव नहुँदा एक त स्वास्थ्यकर्मीकै ज्यानके जोखिम हुन्छ भने अर्कोतिर उनीहरुबाट अरु बिरामी, कुरुवा अनि आफन्त र समाजमा पनि रोग सर्नसक्छ। अनि महामारी झन् भयावह हुनसक्छ।

यसका लागि राज्यले नागरिकलाघ ‘नजरबन्द’ (लकडाउन) र महामारीसँग लड्नका लागि अस्पतालका सैय्या छुट्टाएरमात्रै हुँदैन। राज्यको प्राथमिकतामा स्वास्थ्यकर्मीको सुरक्षा अग्रपंतिमा हुनुपर्छ।

स्वास्थ्यकर्मीलाई उचित सेवा सुबिधा आफ्नो ठाउँमा होला, त्योभन्दा अगाडी सुरक्षा कवच र उचित तालिमको जरुरत छ।

अफवाहहरुमा विश्वास नगर्ने, विश्व स्वास्थ्य संगठनजस्ता संस्थाज्ता आधिकारिक निकायका सूचनामात्रै विश्वास गर्ने, सामाजिक सञ्जाल साथै अन्य ठाउँमा देखिने अबैधानिक समाचारहरुलाई वास्ता नगर्ने, सामाजिक संजालका माध्यमबाट साथीहरु तथा आफन्तसँग जोडिइरहने, आफूलाई कसरी मानसिक रुपमा बलियो पार्न सकिन्छ भन्नेबारेमा ध्यान दिने।

आतंकित स्वास्थ्यकर्मीले दिएको सेवाको गुणस्तर कस्तो हुन्छरु यसबारेमा राज्यले सोंच्ने बेला आइसकेको छ। अहिलेको परिवेशमा

स्वास्थ्यकर्मी भनेका देश कसैलाई कसैको उपनिवेश हुन नदिनका लागि लड्ने सिपाहीजस्तै हुन्। त्यसैले स्वास्थ्यकर्मीका लागि सबैभन्दा धेरै सोंच्न जरुरी छ।

स्वस्थाकर्मीहरु आफैं पनि राज्यको जिम्मेवार नागरिक बन्नुपर्ने बेला आएको छ। यस्तो बेलामा राज्यको मात्रै भर परेर हुँदैन। आफू कसरी सुरक्षित हुने भन्नेबारेमा पनि आफैले सोच्नुपर्छ।

अफवाहहरुमा विश्वास नगर्ने, विश्व स्वास्थ्य संगठनजस्ता संस्थाज्ता आधिकारिक निकायका सूचनामात्रै विश्वास गर्ने, सामाजिक सञ्जाल साथै अन्य ठाउँमा देखिने अबैधानिक समाचारहरुलाई वास्ता नगर्ने, सामाजिक संजालका माध्यमबाट साथीहरु तथा आफन्तसँग जोडिइरहने, आफूलाई कसरी मानसिक रुपमा बलियो पार्न सकिन्छ भन्नेबारेमा ध्यान दिने।

यसरी आफूले जाने बुझेका कुराहरु आफ्ना सहकर्मीलाई पनि सिकाउँदै राष्ट्रलाइ परेको यो आपतमा हातेमालो गर्न जरुरी छ। हाम्रो आफ्नो स्वास्थ्य राम्रो भयो मात्रै हामी देशलाई योगदान गर्न सक्छौं। सावधान रहेर काम गरौं, कोरोनाभन्दा पनि मानसिक समस्याले हामीमा जरा गाड्यो भने आम नागरिक र राज्यलाई अर्को भार पर्नसक्छ।

(लेखक, बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानका मानसिक स्वास्थ्य विभागमा असिस्टेन्ट प्रोफेसर हुन्।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय