अत्यावश्यक सामग्री आपूर्तिका लागि उद्योग वाणिज्य महासंघको अपिल

हेल्थपोस्ट नेपाल

नेपाल उद्योग वाणिज्य महासंघले कोरोना भाइरस महामरीको समयमा अतिआवश्यक सामग्रीको आपूर्तिमा सबै उद्योगी व्यवसायीलाई सहयोग गर्न आह्वान गरेको छ।

महासंघले देशमा कोरोना भाइरस महामरीको सन्त्रास फैलिइरहका बेला सर्वसाधारणलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गरी आआफ्नो क्षेत्रबाट सबैले लाग्नुपर्ने अपिल गरेको छ।

‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सहित विश्वनै यतिखेर त्रासदीको अवस्थामा छ । यो अवस्थामा संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखिनै लकडाउन गरिएको छ’ महासंघले भनेको छ ‘लकडाउनको अवस्थामा सबैले आफ्नो जिम्मेवारी निभाउनु पर्छ। संकटको घडीमा खाद्यान्न, औषधि लगायतका वस्तुहरु उत्पागरी सर्वसाधारनसम्म पुर्याउनु सबैको जिम्मेवारी हो यसमा सबै उद्योग व्यावसायीले लाग्नुपर्छ।’

महासङले सवै तहका सरकारहरू, निजी क्षेत्र र आम सर्वसाधारण जनता कोरोना भाइरस नियन्त्रणका लागि आ–आफ्ना तहबाट सवै तागतका साथ लागिरहेको बताउँदै विपतको यो घडीमा सवैले आ–आफ्ना जिम्मेवारी निर्वाह गर्न अपिल गरेको छ।

‘यतिखेर मुलुकभित्र आर्थिक गतिविधि ठप्प छ । तथापी हामीले अत्यावश्यक वस्तुहरूको आपूर्तिमा विशेष ध्यान दिनैपर्छ’ महासंघले भनेको छ ‘छ संकटको यस घडीमा अत्यावश्यक वस्तुहरू जस्तो खाद्यान्न, औषधि लगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत छैन।’

उद्योग व्यवसाय संचालन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुरयाउने काममा श्रमिक कामदारहरूको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुलाई खुलेर लाग्न आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *