कोरोना महामारीकाे सामना : चीनबाट सिकौं, इटालीको गल्ती नदाेहाेर्‍याऔं

चीन त्यहाँको सरकार, राजनीतिक प्रणाली, मानव अधिकार, त्यहाँका व्यक्तिहरुले खाने खानेकुरा जे भए पनि; पी. एल. ए, चिनियाँ वैज्ञानिकहरू, डाक्टरहरू लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरु, राजनैतिककर्मीहरु, त्यहाँका नागरिकले कोरोना भाइरस उपचार र रोकथामको लागि खेलेको भुमिका अहिले विश्वको बाँकी देशहरुको लागि मूल्यवान पाठ भएका छन्।

चीनको उपचार तरिकाबाट यी कुरा सिकौं र गल्ती नदाेहाेर्‍याऔं

१. संक्रमण फैलन नदिनको लागि लकडाउन नै पहिलो र सबभन्दा राम्रो उपाय हो।

२. दोश्रो भनेको सबै जनता अथवा व्यक्तिलाई क्वारन्टाइनमा राख्ने । त्यस समयमा आफ्ना तथा आफन्तहरुको कसरी हेरचाह गर्ने भन्ने राम्रोसँग सल्लाह र निर्देशन दिने।

३. चीनमा प्रयोग गरिएको मोडललाई सबै ठाउँमा प्रयोग गर्न सम्भव नहुनसक्छ, तर सिंगापुर, कोरिया र जापानबाट पाठ सिक्न सकिन्छ जहाँ केसहरू बढेको देखिए पनि तुरुन्तै नियन्त्रणमा ल्याइएको थियो र ल्याइँदैछ।

४. यो भाइरसको संक्रमण, यसका लक्षणहरू र यो सजिलै अरुलाई सर्छ भन्ने पूर्ण जानकारीको अभाब हुन दिनु हुँदैन।

५. सुरुका दिनहरूमा अस्पतालहरूसँग सबैलाई सहयोग गर्ने ठाउँ र स्रोतसाधनको अभाव थियो। जुन कुरा अन्य देशहरूले पाठ सिक्न सक्दछन्।

६. भाइरस बोकेको व्यक्तिले कुनै लक्षणहरू नदेखाउन पनि सक्छ, र कसैलाई कोरोना भाइरस संक्रमित हुनको लागि ज्वरो नै आवश्यक पर्छ भन्ने छैन।

७. तसर्थ, केवल लक्षणहरू देखाइरहेकाहरूका लागि क्वारेन्टाइन वा स्वयं-एक्लोसेसनले मात्र कोविड -१९ को संक्रमण रोक्ने प्रयास प्रयाप्त हुदैन। त्यसैले ति मान्छे को सम्पर्क मा आयका सम्पूर्ण ब्यक्तिहरु खोज्नु नै प्रमुख कुञ्जी हो ।

८. संक्रमित भेटिएको ठाउँलाई पूर्ण रुपमा बन्द गरी सम्पूर्ण जनतालाई भाइरसको संक्रमण पत्ता लगाउन तुरुन्त जाचँ गराउनु (प्रयोगशाला मा जँचाउनु) नै उपयुक्त उपाए हो।

९. त्यस्तै संक्रमित ब्यक्तिले प्रयोग गरेका चिजहरु तथा छोएका ठाउँमा पनि किटाणुशोधन (disinfectant) गर्नु अत्यन्त जरुरी छ।

जस्तै: संक्रमित व्यक्तिले चढेको टयाक्सीमा बसेका जति सबैलाई संक्रमण भएको कुरा वुहान चीनको उदाहरणबाट सिक्न र बुझ्न जरुरी छ।

१०. चीनमा डाक्टरहरूले बिरामीलाई हल्का लक्षणहरु लिईआएका लाई सामान्य देखेका थिए तर उनीहरूको अक्सिजन लेबल परीक्षण गरिएको भए उनीहरूलाई गम्भीर हुन्बाट र मृत्युको जोखिमबाट बचाउन सकिन्थ्यो भन्ने अध्यनले देखाएको छ।

११. चीनले वुहानमा एक दिन अघिदेखि मात्र लकडाउन गरेको भए पनि हजारौं मानिस मा रोग सर्ने थिएन र हजारौंको ज्यान जोगाउन सकिने थियो भन्ने अध्यन ले देखाएको छ।

जस्तै: सोही कुरा अरु देशले अबलम्बन नगर्दा अहिले अमेरिका, इटली, स्पेन जस्ता देशहरु मा फैलिएको महामारी तथा त्यहाँका जनताहरु को दिन दिनै भैरहेको मृतु प्रमुख कारण भयको सबै ले स्विकार गरिसकेका छन्।

दुर्भाग्यवस, युरोप र संयुक्त राज्य अमेरिकाको धेरैजसो भागमा, कोविड -१९ को संक्रमण लाई शैशवकालमा राख्न ढिला भइसकेको छ र नीति निर्माताहरू फैलिएको महामारीको सामना गर्न संघर्ष गरिरहेका छन्।

इटालीबाट सिकौं र गल्तीहरू नदाेहाेर्‍याऔं

विश्वभरका नीति निर्माताहरूले तीव्र रूपमा बढेको कोविड-१९ महामारीको विरूद्ध लड्न संघर्ष गरिरहेका छन्।

चीन, दक्षिण कोरिया, जापान, सिंगापुर, र ताइवान जस्ता देशहरूमा महामारी फैलाउन प्रयोग गर्ने अभ्यास र नीतिहरूको बारेमा धेरै छलफल भैसकेको छ। दुर्भाग्यवस, युरोप र संयुक्त राज्य अमेरिकाको धेरैजसो भागमा, कोविड -१९ को संक्रमण लाई शैशवकालमा राख्न ढिला भइसकेको छ र नीति निर्माताहरू फैलिएको महामारीको सामना गर्न संघर्ष गरिरहेका छन्।

त्यसो गर्दा, तथापि, तिनीहरू इटालीमा प्रारम्भमा भएका धेरै त्रुटिहरू दोहोर्याइरहेका छन्, जहाँ महामारी एक प्रकोपमा परिणत भैसकेको छ। त्यसैले मेरो यस लेखको उद्देश्य सबै देशका नीति निर्माताहरूलाई सबै तहका इटालीका गल्तीहरू बाट सिक्न बुझ्न मद्दत पुर्याउनु हो ताकि ती द्रुत गतिमा विस्तार भइरहेको संक्रमण को चुनौती लाई रोक्न सकियोस।

पर्यटकहरुले भरिभराऊ हुने इटाली अहिले गम्भीर महामारीको सामना गरिरहेको छ। दैनिक रुपमा सयौं मानिस ज्यान गुमाइरहेका छन् जुन दृश्य कारुणिक बनिरहेका छन्। यस संकटको केहि पक्षहरू यसको समयसँगै शुरू हुन्छ। अन्य पक्षहरू ले भन्ने गरेका छन् कि इटलीका नेताहरूले कोविड १९ ले ल्याएको खतराको परिमाण बुझ्न, यसका लागि व्यवस्थित नीति निर्माण गर्न, र प्रारम्भिक कार्यान्वयन गर्न ढिला गरेको हो। जुन कुरा अरु देश को लागि महत्वपुर्ण पाठ बन्दछ।

केही हप्तामा (फेब्रुअरी २१ देखि मार्च २२ सम्म), इटाली ले दोस्रो विश्वयुद्ध पछि सबैभन्दा ठूलो संकट ब्योहोर्यो। इटालीले पहिलो आधिकारिक कोविड १९ संक्रमण पत्ता लगाएदेखि सरकारी आदेशमा पहिलो पटक क्वारन्टाइन मा राख्यो।

१. यहाँ कोरोनाको संक्रमण फैलनुको मुख्य कारण भने लकडाउनमा पनि मानिसहरु घरमा नबस्नु नै हो ।

२. मानिस बाहिर हिँड्दा मास्क नलगाउनु तथा भिडभाडमा धेरै घुलमिल हुनु ।

३. लापरवाही गर्नु, छाडा हुनु ,सरकार तथा विशेषज्ञहरूको भनाइ नमान्नु।

४. परीक्षण पनि बिरामी नहुँदासम्म गरिएन। मलाई खोकी लाग्यो, ज्वरो आयो भनेर बोलाएपछि मात्र जाँच गरियो र आइसोलेसनमा राखियो।

५. यो फैलिएको जनवरीतिर हो, जतिबेला कन्ट्रोल नै गरिएन । संक्रमणपछि पनि फुटबल खेलहरु, सामाजिक, धार्मिक तथा आर्थिक गतिबिधिहरू भइरहे, कसैले वास्ता गरेनन् ।

६. भाइरसको नियन्त्रणका लागि केही वैकल्पिक मोडेलहरू (चीन र अन्य ठाउँमा) पहिले नै सफलतापूर्वक कार्यान्वयन गरिसकेका थिए तर पनि त्यसलाई बुझने कुराको पूर्ण अभाव र प्रभावकारी रूपमा अवस्थित सूचनाहरू समाहित गर्न र कार्य व्यवस्थित गर्न विफल भयो।

७. सुरुवाती चरणमा इटालीमा कोभिड १९को संक्रमण संकट जस्तो देखिएन। प्रारम्भिक अवस्थाको आपतकालिन घोषणाहरू सार्वजनिक जनताहरु र नीति निर्माण को सर्कलमा बस्ने दुबैले राम्रो संग पालना गरेनन धेरै ले संखा को रुपमा हेरे (धेरै वैज्ञानिकहरूले प्रकोपको सम्भावनाको चेताउनी दिए पनि)।

८. वास्तवमा, फेब्रुअरीको अन्ततिर केही इटालियन राजनीतिज्ञहरू मिलानमा सार्वजनिक हातेमालोमा संलग्न भए ताकि भाइरसको कारण अर्थव्यवस्था मा केहि फरक पर्दैन, आत्तिनु हुँदैन र रोक्नु हुँदैन भनेर कार्यक्रम गरे । (एक हप्ता पछि, यी मध्ये एक जना राजनीतिज्ञलाई कोभिड १९ भेटियो।)

९. यस्तै प्रतिक्रिया इटाली बाहेक अरू धेरै देशहरूमा दोहोर्याइयो जसलाई वैज्ञानिकहरूले पुष्टिकरण पूर्वाग्रह (Confirmation Bias) भन्ने कुराको उदाहरण दिए – जुन जानकारीले हाम्रो प्राथमिकता स्थिति वा प्रारम्भिक परिकल्पनालाई पुष्टि गर्ने वा जानकारी लिने प्रवृत्ति हो।

१०. यो रोग सानो हो हामी ले सजिलै जित्न सक्छौ भन्ने छोटो बुझाई।

११. तर रोगको संक्रमण यसरि फैलियो कि चिन मा भन्दा धेरै (१३ औ) गुना छिटो जसलाई रोक्न धेरै गारो स्तिथि को सामना गर्नु परि रहेको छ। यो हुनु को प्रमुख कारण भनेको – जुन वास्तविक समयमा बिग्रदै गैरहेको समस्या लाई कम गर्न को लागि निर्णय लिन ढिला गर्नु

१२. विशेषज्ञहरूको कुरा सुन्न र समय मा नै बुझ्ने अक्षमताले नेताहरू तथा जनता हरु ले खतरनाक तथा अत्यधिक जटिल परिस्थिति को सामना गर्नु परिरहेको छ।

१३. सानो तिनो समस्या वा आंशिक समाधानहरू वेवास्ता गर्नु । यो व्यवस्थित दृष्टिकोणको महत्त्व र आंशिक समाधानहरूको जोखिम हो।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोन भाइरस (प्राणघातक) रोगसँग लड्न सरकारी, स्थानिय सरकार, गैरसरकारी संघ- संस्था, नागरिक समाज, राजनैतिक व्यक्ति, पत्रकार, शिक्षक, कर्मचारी, विधार्थी लगायत सम्पूर्ण नागरिकको सहयोग अति आवश्यक हुन्छ।

अन्ततः इटालियन सरकारले कोविड १९ महामारीको सामना गर्यो र क्रमशः लकडाउन क्षेत्र (“रातो क्षेत्र”) भित्रै प्रतिबन्ध बढाउने क्रम जारी गर्यो, जुन पछि पूरै देशमा लागू नगरेसम्म विस्तार गरिरह्यो। यो सामान्य समयमा, यो दृष्टिकोण सायद विवेकी मानिन्छ र सायद बुद्धिमानी पनि।

भाइरस संक्रमणलाई ब्यबस्थित गर्नका लागि राम्रो तथा प्रभावकारी नीति तथा कार्यक्रम अगाडी बढाउनु पर्दछ। चीन, जापान र दक्षिण कोरियामा लिइएको नीति, कार्यक्रम र दृष्टिकोण लाई हेरिनु पर्दछ।

यी देशहरूमा पछ्याइएको नीतिहरूको सार्वजनिक छलफल ले उनीहरूको मोडेलहरूको राम्रो र नराम्रो तत्त्वहरूलाई केलाउन मद्धत गर्दछ। (जस्तै विस्तृत परीक्षण), त्यहाँ केहि कार्यहरू छन् जुन उनीहरूको प्रभावकारितालाई चित्रित गर्दछ जसलाई एकैचोटिमा लिइएको थियो। त्यस्तै त्यहाँ को प्रभावकारी संचार प्रणाली पनि एक प्रमुख तत्व हो जसले गर्दा संक्रमित व्यक्तिको आवागमनको बारेमा सूचना संकलन गर्न तथा संक्रमित व्यक्ति को ट्रेस गर्ने काम मा सहयोग गरेको देखिन्छ।

त्यसैले हाम्रो देश नेपाल ले पनि यी दुई देश लगायत अन्य देशहरुले संक्रमण रोकथाम को लागि प्रयोग गरेका मोडेल हरु साथ – साथै गल्ति हरु बाट पाठ सिक्दै अगाडी बढ्नु पर्दछ। सम्भावित संक्रमित व्यक्तिको खोजि कार्य लाई तिब्र गति मा अगाडी बढाउनु , एक-अर्का संग को सम्पर्क लाई बन्द गर्नु र प्रयोगशाला जाच लाई प्रभाबकारी बनाउनु नै कोरोन रोकथाम को प्रमुख तरिका हो। त्यस्तै बाहिर निस्कदा मास्क को प्रयोग गर्नु, पटक पटक साबुन पनि ले हात धुनु सेनिटाइजर (Sanitizer) ले हात सफा गर्नु र सरकार ले लागु गरेको नीति नियम लाई पूर्ण रुपमा पालना गर्नु,हामी सबै नागरिक को कर्तब्य हो।

विश्वब्यापी रुपमा फैलिरहेको कोरोन भाइरस (प्राणघातक) रोगसँग लड्न सरकारी, स्थानिय सरकार, गैरसरकारी संघ- संस्था, नागरिक समाज, राजनैतिक व्यक्ति, पत्रकार, शिक्षक, कर्मचारी, विधार्थी लगायत सम्पूर्ण नागरिकको सहयोग अति आवश्यक हुन्छ।
आफू पनि यस संक्रमणबाट बच्ने र अरुलाई पनि बचाउने प्रयास गरौं!

विश्व स्वास्थ्य संगठनले जारी गरेको कोरोन भाइरसबाट जोगिने उपायको पूर्ण रुपमा पालना गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय