कोरोनाविरुद्ध लड्न ट्रम्प प्रशासनको टालटुले नीति

किशोर सापकोटा

आफन्त र साथीहरूले आजकल धेरै सम्झिन थालेका छन्। सम्झिने कतिपय आफन्त त जीवनमा एकपटक कुराकानीसमेत नभएका पनि हुन्छन्। सबैको एउटै प्रश्न छ– ‘अमेरिकामा त कति धेरै मानिस मरे भन्छन् नि, तिमीहररूलाई त केही भएको छैन नि?’

मेरो उत्तरले कोहीकोही सन्तुष्ट हुँदैनन् होला या उनीहरूको मनमा मैले उत्तर दिँदा कसैलाई बिर्सिएँकी भन्ने पर्दो हो। परिवारका सवबै सदस्यको नामै लिएर सोध्छन्– फलानोलाई ठिक छ नि? फलानोलाई ठिक छ नि?

आजकल मेरो काखमा ल्यापटप र कानमा फोन छुट्दैन। ल्यापटपबाट लिएको जानकारी टेलिफोनबाट बाँड्छु। अलिअलि लेख्छु। (दुई दिन लेखिनँ, अमेरिकामा २ सयजना मानिस मरेको दिनलाई नै त्रासदीपूर्ण भनेर लेखेको थिएँ। पछिल्ला दुई दिनमा त ५–५ सय मानिस मरे, के भनेर लेख्नु?)

आफन्तहरूको चिन्ता र चासो स्वाभाविक पनि हो। पछिल्लो हप्ता, हरेक दुई दिनमा मर्नेहररूको संख्या दुगुना भएर गएको छ।

जनवरी ११, २०२० मा कोरोना भाइरस संक्रमणबाट पहिलो व्यक्तिको निधन भएको थियो। आज ७९ दिन बित्दा विश्वभरमा ३५ हजार १९ जनाको निधन भइसकेको छ। सरदरमा आंकडा निकाल्दा विश्वमा हरेक दिन ४ सय ४३ जना कोरोना संक्रमणका कारण मरिरहेका रहेछन्।

कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या सुरुवाती दिनमा न्यून हुने गरे पनि पछिल्ला दिनमा गुणात्मक रूपले बढिरहेको छ। पछिल्ला तीन दिनमा अमेरिकामा दैनिक ५ सयहाराहारी मानिस मरिरहेका छन्। यो क्रम विकराल बन्दै जाने देखिएको छ।

अहिले महामारी यसरी बढेको छ कि अमेरिकाका वरिष्ठ संक्रमण रोग विशेषज्ञ डा. एन्थोनी फौसीले प्रभावकारी नियन्त्रण हुन नसके १ लाख अमेरिकीको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने चेतावनी दिएका छन्। मृत्यु हुनेहको संख्या ३ हजार नपुग्दै यो अवस्था सिर्जना भएको छ भने १ लाखको मृत्यु हुने अवस्था कति भयावह हुने होला?

राष्ट्रपति ट्रम्प न्यूयोर्कलाई ४० हजार भेन्टिलेटर नचाहिने तर्क गरिरहेका हुन्छन्। जहाँ १ हजार भन्दा बढी नागरिकले जीवन गुमाइसकेका छन् र ६० हजारभन्दा बढी प्रभावित भएका छन्। न्युयोर्कको आपतकालीन सेवा दिने ९११ ले अहिले फोन धान्न नसक्ने अवस्था बढ्दै गएको छ।

यस्तो महामारीमा आफन्त र साथीहररू ले नसम्झिए कहिले सम्झिनु त?

बाहिरी दुनियाँमा बस्दा धेरैलाई लाग्दो हो, यो कोरोनाको फूर्ति केही दिनका लागि त होला नि, कहाँ सक्छ र अमेरिकालाई?

तर, अमेरिकाभित्र बसेर हेर्दा भने तस्बिर फरक छ।

अब के गर्ने? कसरी यो समस्या सम्बोधन गर्ने? कुनै ठोस नीति, कार्यक्रम र तत्परता सरकारसँग छैन। ट्रम्प प्रशासन जे गरिरहेको छ, टालटुलमात्रै गरिरहेको छ। सानातिना राहत प्याकेजमा अल्झिएको छ। अहिले पनि कुन–कुन राज्यमा डेमोक्रेट पार्टीका गभर्नरू छन् र तिनीहरूलाई कसरी साइजमा ल्याउँ भनेर गृहकार्यमा अल्झिएको छ। गभर्नरहरूलाई सहयोग गर्ने भन्दा पनि इवी साँध्न उद्यत छ।

न्युयोर्क अहिले कोरोना भाइरसको केन्द्रविन्दु बन्दै गएको छ। अमेरिकाको आर्थिक नगरी ठप्प छ। न्युयोर्क कहिल्यै सुत्दैन भन्ने आहान बदलिएर न्युयोर्क अब उठ्दैन भन्नुपर्ने अवस्थामा पुगिसकेको छ। तर, राष्ट्रपति ट्रम्पले न्युयोर्कका लागि आवश्यक भेन्टिलेटरसमेत किनिदिएका छैनन्।

राष्ट्रपति ट्रम्प न्यूयोर्कलाई ४० हजार भेन्टिलेटर नचाहिने तर्क गरिरहेका हुन्छन्। जहाँ १ हजार भन्दा बढी नागरिकले जीवन गुमाइसकेका छन् र ६० हजारभन्दा बढी प्रभावित भएका छन्। न्युयोर्कको आपतकालीन सेवा दिने ९११ ले अहिले फोन धान्न नसक्ने अवस्था बढ्दै गएको छ।

गत बिहीबारमात्रै ७ हजार कल आपतकालीन सेवा ९११ मा आएका थिए। जुन संख्या सेप्टेम्बर ११ को आतंककारी आक्रमणपछि सबैभन्दा बढी हो। न्युयोर्कका अस्पतालमा दुईजना बिरामीका लागि अहिले एउटा भेन्टिलेटर चलाउनुपरेको छ। स्वास्थकर्मीलाई यथेष्ठ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सेट छैनन्। एउटा मास्कले पुरै सिफ्ट वा केही दिन चलाउनुपर्ने अवस्था आएको छ। यस्तो अवस्थामा काममा जानुपर्दा स्वास्थकर्मी त्रासले डिप्रेसनमा जान थालेका छन्।

स्वास्थकर्मीहरू जागिर छाडिरहेका छन्। राष्ट्रपति ट्रम्प भने कहिले मिचिगनका गभर्नरसँग सिँगौरी खेल्न त कहिले बेलायतबाट राजगद्दी त्यागेर क्यानडा हुँदै अमेरिका आइपुगेका ह्यारी र मेगनलाई चेतावनी दिन व्यस्त हुन्छन्।

राष्ट्रपति ट्रम्पले अमेरिकामा बसोबास गर्न आउन लागेका बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेगनको सुरक्षा खर्च अमेरिकाले नबेहोर्ने ट्विटमार्फत् जानकारी गराएका थिए, जुन कुरा आवश्यक थिएन र राष्ट्रपतीय गरिमाभित्र पर्दैनथ्यो भनेर धेरै मानिसले आलोचना गरिरहेका छन्।

इस्टरसम्ममा अमेरिकालाई खोल्ने अभिव्यक्ति दिए पनि राष्ट्रपति ट्रम्प अहिले पछि हट्नुपरेको छ। उनले अप्रिल ३० सम्मका लागि सामाजिक दुरी कायम राख्ने आदेश लम्ब्याएका छन्, जसले इस्टर अगाडि नै अमेरिका खुला गर्ने चाहनालाई समाप्त गरिदिएको छ।

यतिबेला अमेरिकामा सबैभन्दा प्रेसरमा भएका मानिस भनेका स्वास्थ्यकर्मी हुन्। कोरोनाबाट आफन्त गुमाएका परिवारजन हुन् र उनीहरूको भन्दा एक तह कम प्रेसरमा भएका व्यक्तिहरू भनेका राज्यका गभर्नरहररू र सिटीका मेयरहरू हुन्। प्रकोप बढ्दै जाँदा र पिपिइई अभाव हुँदै जाँदा रोग रोकथाम तथा नियन्त्रण केन्द्र (सीडीसी) ले पनि शायद सरकारी दबाबमा परेर चिकित्सकहरूले अपनाउनुपर्ने सावधानीको मापदण्डलाई पनि फेरिदिँदा स्वास्थ्यकर्मीहरू झन् जोखिममा परेका छन्।

धेरै स्वास्थकर्मीले आफ्ना पीडा सामाजिक सञ्जालमार्फत् रुँदै व्यक्त गरेका छन्। काम गरिरहँदा कतिपय नर्स र डाक्टर आफूलाई सम्हाल्न सक्दैनन् र बाथरुममा पसेर रुन्छन्। केहीबेरमा सुन्निएका आँखा लिएर फेरि बिरामीको सेवामा जुट्छन्। कोरोना संक्रमणका कारण मृत्युवरण गरेका व्यक्तिका आफन्तहरू परिवारको सदस्यको अन्त्येष्टिमा सहभागी हुन पाएका छैनन्।

सुन्दा कहाली लाग्दो लागे पनि अहिले पनि सर्सर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो छैन। आज दिउँसो म बस्ने सहर लुइभेलको एउटा वालमार्टमा छिरेँ। वालमार्टमा यो भयावह अवस्थाको छाया कतै पनि देखिएन। अनुहारमा मास्क लगाएका मानिस सयमा एक पनि थिएनन्। जति आह्वान गरे पनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन। न त रजिस्टरमा बस्नेले मास्क लगाएका छन् न सामान्य पन्जा नै।

कोरोना संक्रमण भएर मृत्युवरण गरेका व्यक्तिको शव तीन दिनसम्म अस्पतालमै राख्नुपर्ने नियम छ र त्यसपछि अन्त्येष्टिमा एकदम कम मानिस सहभागी हुने गरी र संक्रमण नफैलाउने गरी परिवारलाई शव दिने नियम छ। तर, परिवारको सदस्य नै कोरोना संक्रमणले मृत्यु भएका कारण अधिकांश सदस्य सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियमले गर्दा अन्त्येष्टिमा सहभागी हुन सक्दैनन्। परिवारको सदस्य बिरामी हुँदा न अस्पतालमा कुरुवा बस्न पाइन्छ, न दाहसंस्कारमा सहभागी हुन सकिन्छ। मृत्यु कति भयानक भइरहेको छ अचेल।

सुन्दा कहाली लाग्दो लागे पनि अहिले पनि सर्सर्ती हेर्दा अमेरिका त्यति डरलाग्दो छैन। आज दिउँसो म बस्ने सहर लुइभेलको एउटा वालमार्टमा छिरेँ। वालमार्टमा यो भयावह अवस्थाको छाया कतै पनि देखिएन। अनुहारमा मास्क लगाएका मानिस सयमा एक पनि थिएनन्। जति आह्वान गरे पनि सोसियल डिस्टेन्स पटक्कै कायम छैन। न त रजिस्टरमा बस्नेले मास्क लगाएका छन् न सामान्य पन्जा नै।

धेरैले छुने भएकाले सामान हाल्ने कार्टको हेन्डिल पुस्न प्रत्येक वालमार्टका प्रवेशद्वारमा वाइप्स राख्ने गरिएको हुन्छ तर आज वाइप्स पनि थिएन। मानिसले वास्तै नगरी कार्ट ठेलिरहेका थिए। कोरोना प्रभाव केवल केही आयल्सहरूमा परेको छ। अझै पनि ट्वाइलेट पेपर र हेन्ड सेनेटाइजर भने अभाव छ। अरू बजार सामान्य भइसकेका छन्।

म फर्कंदै गर्दा मेरो सब डिभिजनभित्र धेरै घरमा बार्बिक्यु पार्टी चल्दै थियो। न कसैलाई कोरोना संक्रमणबाट मर्नेको परिवारमा के बितिरहेको छ भन्ने चिन्ता छ न यो विपत्तिमा स्वास्थ्यकर्मीहररूले कसरी काम गरिरहेका छन् भन्ने चासो छ। न अन्य देशमा झैं स्वास्थ्यकर्मीहररूको प्रशंसामा बेलुका ताली बजाउनै कोही जुटेका छन्।

साँझ फेसवबुक हेरेँ– धेरै साथीले आफूले खाना तयार गरेका मिष्ठान्न भोजनका तस्बिर सेयर गरिरहेका थिए। टेलिभिजन स्क्रिनमा अझै पनि मानिसलाई समुद्री तटमा जान नदिन सुरक्षाकर्मीले गर्नुपरेका संघर्षका फुटेज आइरहेका थिए। यस्तो लाग्यो– जताततै मृत्यु, मृत्यु हुँदा पनि मानिसको मनमा अझै भय छैन। नत्र सरकारले भनेको किन मान्दैनन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय