‘चिकित्सक र स्वास्थ्यकर्मीले कोरोनासम्बन्धी व्यक्तिगत अनुभव र धारणा राखे पनि कारबाही’

स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई वैज्ञानिक तथ्यबाहिर गरेर व्यक्तिगत अनुभव र धारणा राखेर त्रास वा भ्रम फैलाएर कारवाही गर्ने चेतावनी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड १९ बारे जथाभावी व्यक्तिगत धरणा राख्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कारवाही गर्ने चेतावनी दिए ।

कार्कीले संक्रामक ऐन २०२० को अनुसार कारवाही गर्ने चेतावनी दिए । उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र स्वास्थ्यमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक, मापदण्ड, तथ्य सूचना प्रयोग गरेर सचेतना जगाउँने बाहेक अन्य धारणा, अनुभव र भ्रम नफैलाउँन सजक गराए ।

डा. कार्कीले अस्पतालमा भएका सबै मृत्युलाई कोरोनाका कारण भएको भनेर प्रचार नगर्न समेत आग्रह गरे । उनले भने, ‘लकडाउनमा भएको अवस्थामा कोरोनाको त्रास हुन स्वाभाविक भएपनि अस्पतालमा हुने हरेक मृत्युलाई कोरोनासँग जोड्दा त्यसले समाजमा राम्रो सन्देश जाँदैन् ।’

कोरोना डा. कार्कीले कोरोनाको विश्वव्यापी रुपमा फैलावट दरमा तिब्रता भएपनि ८० प्रतिशत पोजेटिभ केश सामान्य, १५ प्रतिशत सामान्य भन्दा केही बढी र बाँकी ५ प्रतिशतलाई मात्रै भर्ना गरी उपचार गर्नुपर्ने विश्वव्यापी तथ्यांक रहेको भन्दै यसमा नआत्तिन र सतर्कता अपनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय