बाँकेका थप १० जनाको रिपोर्ट नेगेटिभ, नरैनापुरमा ७० जना क्वारेन्टाइनमा

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत १७ गते १९:२८

बाँकेमा कोरोना परीक्षणका लागि काठमाडौं पठाइएका थप १० जनाको रिपोर्ट नेगेटिभ आएको छ। नेपालगन्ज क्वारेन्टाइनमा रहेका मध्य १० जनाको परिक्षणका लागि थ्रोट स्वाव शुक्रवार काठमाडौं पठाइएको थियो।

उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठले बताए।

नरैनापुर गाउँपालिका क्वारेन्टाइनमा ७० जना

यसैबीच बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ। पछिल्लो समय भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न गाउँपालिकाले सक्रियता देखाएको छ। भारतका विभिन्न सहरहरुमा मजदुरी गर्न गएका स्थानीयहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेको छ।

बाहिरबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न थालिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। भारतमा अलपत्र परेका नेपाली चोर बाटो भएर आउने क्रम नरोकिएकाले नाका क्षेत्रमा निगरानी बढाएर उनीहरुको स्वास्थ्य चेकजाँच गरी अनिवार्य क्वारेन्टाइनमा बसाउन थालिएको शाहले जानकारी दिए।

आइतबार मात्रै भारतबाट आएका वडा नम्बर ५ र ६ का ७० जनालाई वडा नम्बर ६ स्थित जयकिसान माविमा राखिएको वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले बताए। उनीहरु सबैको अवस्था सामान्य रहेको पाइएको छ ।

नेपालगञ्जस्थित एक होटलको क्वारेन्टाइनमा अहिले नरैनापुरका ३० जना छन् । गाउँपालिकाले कारोना आशंकित व्यक्तिहरुलाई राख्न वडा नम्बर ४ को खोदवाँस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा १० शैयाको क्वारेन्टाइन केन्द्र बनाएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए।

उनले बाहिरबाट आएकालाई स्वास्थ्य जाँच गरी आवश्यकता अनुसार गाउँपालिकाले बनाएको क्वारेन्टाइन वा घरमै पनि एक्लै बस्ने गरी व्यवस्थापन गरिएको बताए। त्यस्तै उनले भारत वा अन्य मुलुकबाट ३रमा आएका सबैलाई क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय