सरकारको कोरोना उपचार कोषमा विशाल ग्रुपको एक करोड सहयोग

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत १७ गते १९:११

कोरना भाइरस संक्रमणको (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि विशाल ग्रुपले सरकारी कोषमा एक करोड सहयोग गरेको छ।

‘हामी सबैलाई धन्याबाद दिन चाहान्छौं जस्ले यो महामारी तथा संकटको घडीमा साथ दिएर सहयोग गरिरहेका छन्। मेडिकल स्टाफका साथै सर्वसाधारणले गरेको सहयोगले पक्कै पनि महामरी तथा संकटबाट मुक्ती मिल्नेछ’ सहयोग घोषणा गर्दै विशाल ग्रुपले भनेको छ।

विशाल ग्रुपले नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विदेशबाट एन ९५ मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्सन इक्युपमेन्ट(पिपिइ), इन्फ्रारेड थर्मोमिटर लगायत अन्य मेडिकल स्वास्थ्य सामग्रीको आयात गरिरहेको छ।

ग्रुपले यसअघि थापाथली अस्पताल (प्रसुती गृह) तथा वीर अस्पताललाई स्यानिटाइजर र सर्जिकल मास्क उपलब्ध गराएको थियो। ग्रुपले आफुले प्रदान गरेको सहयोगले सर्वसाधारण नागरिक स्वास्थ्यमा सहयोग पुग्ने आशा व्यक्त्त गरेको छ। ग्रुपले लकडाउनको पालना गर्दै भाइरसविरुद्धको लडाइमा साथ दिन पनि आम नागरिकलाई अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय