ज्याक मा र अलिबाबा फाउन्डेसनद्वारा नेपाललाई चिकित्सा सामग्री सहयोग

हेल्थपोस्ट नेपाल

ज्याक मा फाउन्डेसन र अलिबाबा फाउन्डेसनद्वारा प्रदानगरिएको आवश्यक चिकित्सा सामाग्री नेपाल पुगेको छ।

पहिलो चरणमा प्रदान गरिएको सामग्री आज त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल काठमाडौंमा हुँदै नेपाल आइपुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सामग्रीको स्वामित्व लिएसकेको र आवश्यकता अनुसार देशभर वितरण गर्ने बाताइएको छ।

फाउन्डेसनले अनुदानमा २३ एसियाली देशहरूका लागि कुल ७४ लाख मास्क, १ लाख सुरक्षात्मक कपडाहरूका साथै अन्य थुप्रै अत्यावश्यक चिकित्साउपकरण र सामाग्रीहरू सहयोग गरेको छ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले दुई संस्थाहरूको प्रतिनिधित्व गर्दै मन्त्रालयलाई सामग्री प्रदान गरेका छन्। अनुदा सामग्री प्रदान कार्यक्रममा स्वास्थ्य जनसंख्या मन्त्री भनुभक्त ढकालका साथै चीनिया राजदुतको उपस्थिति रहेको थियो।

‘हामी आशागर्दछौं कि यो अनुदानले नेपाललाई कोविड १९ को फैलावट रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ। हामी विश्व समुदायलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेका छौं। आवश्यक परको ठाँउमा चिकित्सा सामाग्री पुर्‍याउन सजिलो छैन, तर हामी कडा परिश्रम गरिरहेका छौं,’ ज्याकमा फाउन्डेसनले भनेको छ।

अलिबाबा फाउण्डेशन र ज्याकमा फाउन्डेशनले कोविड-१९ बाट प्रभावित एसिया, उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप र अफ्रिकालगायत थुप्रै कोरोना प्रभावित देशहरूमा सहयोग प्रदान गरेको छ। फाउन्डेसनले अगामिदिनमा पनि आवश्यक चिकित्सा सामग्री उपलब्ध गराउने जानकारी दिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *