कोरोना आशंका गरिएको अर्का एकको वीरमा मृत्यु

कोरोना आशंकामा वीर अस्पतालमा उपचाररत कालीमार्टी क्षेत्रबाट आएका एक ५० वर्षे पुरुषको मृत्यु भएको छ ।

ज्वरो र खोकीको लक्षण देखिएका ती व्यक्ति परिवारले विहानमात्रै अस्पताल पुर्याएका थिए । ‘अस्पताल ल्याइपुर्याउँदा करिव बेहोस भइसकेका थिए’ अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भने, ‘आकस्मिक कक्षमै मध्यन्ह १ बजे उनको मृत्यु भयो’ ।

कोरोनाको लक्षण देखिएको र उनी भर्खरै भारतबाट फर्किएको देखिएकोले परीक्षण पछि मात्रै थप भन्न सकिने उनले बताए । यसअघि चितवन, वुटवल र पाटन अस्पतालमा पनि कोरोनाको लक्षण देखिएका मानिसको मृत्यु भएपनि अधिकांशको रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय