आपूर्ति मन्त्रालयले थाल्यो चीनबाट ल्याइएका स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण

वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीनबाट आयातित स्वास्थ्य सामग्रीको गुणस्तर परीक्षण गर्ने भएको छ। नेपालभित्रै उत्पादन र आयात भइरहेका कोरोना संक्रमणसँग जुध्ने व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको गुणस्तर परीक्षणका लागि मन्त्री लेखराज भट्टले उपसमिति गठन गरेका हुन्।

देशभित्रै उपलब्ध सामग्री र आयातित स्वास्थ्य सुरक्षा सामग्रीको गुणस्तरबारेमा जिज्ञासा र प्रश्न उठेपछि मन्त्रालयले उपसमिति गठन गरेको हो। आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

समितिलाई नेपालभित्र उत्पादन हुने र आयात भएका व्यक्तिगत सुरक्षा सामाग्री ग्लोभ्स, मास्क, टोपी, गाउन, स्यानिटाइजर लगायतको न्यूनतम् गुणस्तर तोक्ने र सोको परीक्षण सम्बन्धी सम्भाव्यता अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका अनुसार अहिले आयातित र नेपालभित्रै उत्पादित स्वास्थ्य सामग्रीको गुणस्तरबारे प्रश्न उठ्ने गरेकाले सो जिज्ञासा सामाधानका लागि उपसमिति गठन गरिएको हो। सरकारले आइतबारमात्रै चीनबाट साढे १२ टन स्वास्थ्य सामग्री आयात गरेको थियो। चीनबाट आयातित सामग्रीको गुणस्तरबारेमा रसायन तथा मेडिकल आपूर्ति संघले गुणस्तरको प्रश्न उठाइसकेको छ।

संघले बजारमूल्यभन्दा अधिक मूल्यमा सामग्री खरिद गरेको बताएको थियो। समितिमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्णप्रसाद अधिकारी, औषधि व्यवस्था विभागका निर्देशक शैलेशकुमार झा, स्वास्थ्य सेवा विभागका डा. कुमार थापालाई सदस्य र गुणस्तर तथा नापतौल विभागका उपमहानिर्देशक प्रभातकुमार सिंहलाई सदस्यसचिव तोकिएको छ।

यसरी पोस्यो सरकारले पिपिई खरिदमा ओम्नी समूहलाई, चस्माको मूल्य बजारभन्दा १८ गुणा महँगो

विश्वव्यापी रूपमा कोरोना भाइरस नियन्त्रणका लागि चाहिने सामग्रीको अभाव भएको भन्दै सरकारले व्यक्तिगत सुरक्षा सामग्रीको आयात र खरिद गरिरहेको छ। यसैबीच, गठित उप-समितिको बैठक सोमबार बिहान नेपाल गुणस्तर तथा नापतौल विभागको कार्यालय बालाजुमा बसेको छ।

बैठकले आयातित सामग्रीको गुणस्तर मापनका लागि कार्यनीति बनाइरहेको मेडिकल काउन्सिलका रजिष्ट्रार अधिकारीले हेल्थपोस्ट नेपाललाई बताए। ‘नेपालमा उपलब्ध र आयातित सामग्रीको गुणस्तर परीक्षणका लागि कार्यनीति बनाइरहेका छौं,’ अधिकारीले भने, ‘हामी आफ्नो काम गरिरहन्छौं, सोही कारणले सामानको आयात भने रोकिँदैन।’ उनका अनुसार बैठकले कार्यनीति तयार पारेपछि हाल बजारमा प्राप्त र आयात भएका सामग्रीको गुणस्तर परीक्षण थालिने छ।

सामान आयात गर्ने पाटन मंगलबजार कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल हो। यो समूह ओली सरकारनिकट मानिन्छ। कोरोना महामारीको मौकामा सरकारले निजी कम्पनीमार्फत रातारात चीनबाट सामग्री ल्याउँदा वाइडबडी विमान चार्टर्ड गरेको छ।

सरकारले स्वास्थ्यकर्मीका लागि चीनबाट खरिद गरेको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) लगायत सामग्री बजारमूल्यभन्दा उच्च दरमा खरिद गरेको थियो। स्वास्थ्य मन्त्री भानुभक्त ढकालको विशेष पहलमा कोरोनाको सामग्री आयात गर्दा आयातकर्ता र सरकारबीच राम्रै ‘चलखेल’को अनुमान गरिएको छ। यसरी महंगो मूल्यदरमा सहमति भएर ल्याउने जिम्मा पाएको कम्पनी दुई तिहाइ सरकारसँग नजिक रहेको व्यापारिक समूह हो। सरकारले चीनबाट कोरोनाका लागि एक करोड तीन लाख ३८ हजार चार सय ४४ अमेरिकी डलर बराबर सामान आयात गरेको छ।

उक्त सामान आयात गर्ने पाटन मंगलबजार कृष्णगल्लीमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल हो। यो समूह ओली सरकारनिकट मानिन्छ। कोरोना महामारीको मौकामा सरकारले निजी कम्पनीमार्फत रातारात चीनबाट सामग्री ल्याउँदा वाइडबडी विमान चार्टर्ड गरेको छ।

वाइडबडी चार्टर्ड भाडाको जमानी सरकार आफैं बसेको छ। चार्टर्ड मूल्य कटाएर हेर्दा पनि चीनबाट आयातित सामग्रीको मूल्य अचाक्ली देखिने आयातकर्ताहरू बताउँछन्। सरकारले चार्टर्ड गरेको वाइडबडी जहाज चीनबाट आइतबार सामान काठमाडौं झरेको छ। पहिलो चरणमा वाइडबडीले साढे १२ टन सामान नेपाल झारेको छ। वाइडबडी अझै दुई पटक उड्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय