कोरोनाको महामारीबाट बच्न नि:शुल्क हेल्पलाइन सेवा
कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न नि:शुल्क हेल्पलाइन सेन्टरको स्थापना गरिएको छ।
कोरोना भाइरसबाट बच्न तथा रोकथामका लागि भन्दै महामारीको समयमा आवश्यक सहयोग एवम् जानकारी दिने उदेश्यले होन्डा नेपाल र नेपाल मेडिकल एशोसिएसनले निशुल्क हेल्पलाइन सेन्टरको स्थापना गरेको हो।
नेपालमा कोरोना भाइरस संक्रमणको सन्त्रास बढेका बेला हेल्पलाइन सेन्टर ०१-५९७००९ मा फोन गरेर डाक्टरको सल्लाह सुझाव लिन सकिने छ।
आफू तथा घरपरिवारको कुनै सदस्यलाई कोरोना भाइरसको लक्षण देखिएमा हट्लाइनमा फोन गर्न सेन्टरले आग्रह गरेको छ।
हट्लाइनमा सम्पर्क गर्दा डाक्टरले भाइरसका लक्षण तथा यसत बच्ने उपायका बारेमा जानकारी दिने छन।
‘सेन्टरले सचेत रहौं, सतर्क रहौं र संक्रमणबाट बचौं’ भन्ने उदेश्यले सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गर्दै निशुल्क हट्लाइन सेवा स्थापना गरेको हो।