‘हामी युद्धमा होमिन तयार छौं, सरकारले कोरोनासँग लड्ने हतियार देओस्’

यतिवेला विश्व कोरोनाको कहरमा छ। विश्वका सबैजसो देश लकडाउन गरिएका छन्। नेपाल पनि भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश हो। यहाँ पाँचजना संक्रमित फेला परिसकेका छन्। चैत ११ मंगलबारबाट जारी लकडाउन सरकारले पुनः आठ दिनका लागि थप गरेको छ।

जनता घरभित्रै सजकताका साथ बसिरहेका छन् भने सरकारले पनि उच्च सतर्कता अपनाएको जनाइरहेको छ। सुरक्षा निकायले कडा सुरक्षा व्यवस्था अपनाएका छन्। स्वास्थ्यकर्मीहरू पनि उच्च सर्कताका साथ उपचारमा खटिन तम्तयार छन्।

स्वास्थ्यकर्मीको सुरक्षाको लागि सरकारको तयारी र व्यवस्थापन कस्तो भइरहेको छ? नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीसँग हेल्थपोस्ट नेपालका लागि यज्ञराज जोशीले गरेको कुराकानीः

अहिले विश्व कोरोनाको त्रासमा छ। यो चिकित्सकहरूले अग्रमोर्चामा उभिएर लड्नुपर्ने बेला हो। तपाइहरूको संस्था के गरिरहेको छ?

हामी चीनको उहान सहरमा कोरोनाको संक्रमण देखिएको समयदेखि नै अग्रमोर्चामा उभिएर काम गरिरहेका छौं। नेपालमा यसको जोखिम भित्रिन सक्छ भन्दै हामीले सुरुदेखिनै सचेतना मुलक विज्ञप्ति प्रकाशित गर्दै आएका थियौं। हामीले यसको जोखिम भित्रिन सक्छ भन्दै केन्द्र र सम्पूर्ण ब्रान्च मार्फत चिकित्सकहरूलाई तयार रहन आग्रह गरिरहेका थियौं।

कोरोना भित्रियो भने यसबाट उत्पन्न हुने भयावह स्थितिलाई रोक्न गाह्रो हुन्छ। त्यसैले यसलाई भित्रिन नदिनु नै बुद्धिमानी हुन्छ। ठूलो स्रोतसाधन भएका देशहरूलाई लड्न गाह्रो भइरहेको समयमा हामी जस्तो कम स्रोतसाधन भएको देशलाई त झनै गाह्रो हुन्छ। नागरिकहरूलाई यसको जोखिमबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा सुरुबाट नै फेसबुक, हाम्रो पेज मार्फत सामाजिक सञ्जालबाट सचेतना फैलाइरहेका छौं।

चिकित्सकहरूलाई पनि कारोनाका लक्षण र उपचारसम्बन्धि गाइडलाइन दिएका थियौं। जुन अहिले पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ। नेपाल मेडिकल एशोसियसनको वयवसाइड र पेजमा हेर्न सकिन्छ। हामीले हाम्रै मेडिकल एशोसियसनको भवनमा विभिन्न हस्पिटलका डाइरेक्टरहरू, हाम्रो मेडिकल एशोसियसन अन्र्तगतका विभिन्न समाजहरू, क्रिटिकल केयरको सोसाइटी, फिजिसियन केयरको सोसाइटी, इन्फेक्सन कन्ट्रोल गर्ने सोसाइटी, इन्फेक्सन प्रिभेन्सन (आइभिसी) कन्ट्रोल सोसाइटीदेखि लिएर विभिन्न सोसाइटीलाई लिएर चिन्ताका बारेमा छलफल गरेर राज्यलाई ११ वुदे सुझाव दियौं।

हस्पिटलमा विरामी आए भने आइसियु र इन्फेक्सनको म्यानेजमेन्ट कसरी गर्ने? हस्पिटल बाहिर पब्लिकहरूकाृ म्यानेजमेन्ट कसरी गर्ने? डाक्टरहरू आफै सुरक्षीत कसरी रहने भनेर तीन वटा पक्षमा हामीले अन्र्तक्रिया गरेर सारांश पनि निकाल्यौं। इन्फेक्सन प्रिभेन्सन सम्बन्धि डाक्टर नर्सहरूलाई ट्रेनिङ् दिने भनेका थियौं तर, लकडाउन भएपछि ट्रेनिङ दिन नसकेपछि भिडियो मार्फत ट्रेनिङ कार्यक्रम गर्‍यौं।

हामीले सरकारलाई यो नयाँ भाइरस भएकाले यसको जोखिम बढी हुन्छ भन्दै चाडोभन्दा चाडो लकडाउन गर्न भनेका थियौं। हामीले अनुभवका आधारमा सिक्ने हो। चिन, इटालिलगायतका देशले हामीले यो लकडाउन एक हप्ता अगाडि गर्न पाएको भए यति मान्छे मर्थेनन् भनिरहेका छन्। उनीहरूको अनुभवलाई सिकेर सक्रमण छिरिसकेपछि भन्दा पनि संक्रमण छिर्नुभन्दा अगाडि नै लकडाउन गर्नुपर्छ भनेर हामीले भनेका थियौं।

युएनले पनि भनेको छ कि, तपाई आफू सुरक्षित हुन चाहनुहुन्छ भने हरेक एउटा व्यक्ति सुरक्षित हुन जरुरी छ। किन भने एक जना मान्छे मात्रै संक्रमित हुने हो भने उसले धेरैलाई रोग सार्ने जोखिम हुन्छ। एक जनालाई मात्र संक्रमण भयो भने पनि उ बिभिन्न ठाउँमा पुग्छ। परिवारको सम्पर्कमा हुन्छ। जसले गर्दा एकले अर्कोलाई, अर्कोले अर्कोलाई सार्ने जोखिम हुन्छ र यसले महामारीको रुप लिन्छ। केही दिन पहिले नै लकडाउन गर्नुपर्नेमा नेपालमा अझै ढिला भएको हो।

हामीले अनुभवका आधारमा सिक्ने हो। चिन, इटालिलगायतका देशले हामीले यो लकडाउन एक हप्ता अगाडि गर्न पाएको भए यति मान्छे मर्थेनन् भनिरहेका छन्। उनीहरूको अनुभवलाई सिकेर सक्रमण छिरिसकेपछि भन्दा पनि संक्रमण छिर्नुभन्दा अगाडि नै लकडाउन गर्नुपर्छ भनेर हामीले भनेका थियौं।

विदेशबाट आएका मान्छेको पनि राम्रोसँग क्वारेन्टाइन हुनु पथ्र्यो। त्यो पनि हुनसकेन। भारतबाट जमिन मार्ग हु्ँदै थुप्रै मान्छेहरू भित्रिए। तिनिहरूको पनि राम्रो क्वारेन्टाइन हुन सकेन। कतिपय ठाउँमा क्वारेन्टाइनमा राखेका मान्छेहरू भागे। कतिपय स्थानमा चिकित्सकहरूमाथि नै कुटपिट् भयो भन्ने सुनिन्छ। जस्तो एउटै प्लेनका दुई जनामा संक्रमण देखिसकियो। त्यसरी राखेर भागेका मान्छेमा संक्रमण छ भने त तिनले सयौंमा सार्ने जोखिम हुन्छ।

सरकारले प्रत्येक अस्पतालमा आइसोलेसन वार्ड राख्ने कुरा गरेको थियो। हरेक हस्पिटलमा एउटा आइसोलेसनमा राख्दा हरेक हस्पिटलमा संक्रमणको जोखिम हुन्छ भन्यौं। एउटा हस्पिटलमा अर्कै रोग लागेको मान्छे अगाडि अगाडि र पछाडि कोरोना संक्रमित हिड्ने हो भने त्यसको सर्ने जोखिम बढ्छ। यसले हस्पिटलबाट बिरामी र डाक्टरको पनि भागाभाग हुन्छ भनेर सुझाव दियौं।

हरेक हस्पिटलमा आइसोलेसन राख्नुको सट्टा निश्चित रुपमा कोरोनाको लागि हस्पिटल छुट्याएरै जानुपर्छ। सरकारलाई यो निर्णय सच्याउनुस् भनेपछि सरकार पनि अहिले कोरोना संक्रमितका लागि अलग्गै अस्पताल भनेर छुट्याएको छ।

मान्छेमा खोकि लागे पनि कोरोनापो भयो की भनेर तनाव हुन्छ। त्यसैले हामीले फोन मार्फत परामर्श दिन शुरु ग¥यौं। अहिले सयौं डाक्टरले टेलिफोनमार्फत परामर्श गरिरहेका छन्। हाम्रो पात्रोले अनुरोध गरिसकेपछि त्यसको माध्यमबाट भिडियो कन्फिरेन्स गरिरहेका छौं। यस्तै ज्योतिग्रुपसँग मिलेर कल सेन्टर सुरु गरेका छौं। यसले देश विदेशका जनताले भिडियो टेलिफोन मार्फत परामर्श लिइरहेका छन्। घरमा बस्दा मान्छे आत्तिने र एन्जाइटि हुने भएकाले हामीले परामर्श दिइरहेका हौं।

कतिपय ठाउँमा पिपिई नदिएको भन्दै चिकित्सकहरूले उपचार पनि गर्न नमान्ने गरेको गुनासो आउँछ, के चिकित्सकले यस्तो गर्न मिल्छ?
जहिले पनि चिकित्सकलाई गालि गर्ने गरिन्छ। यसो गर्दा निकै दुःख लाग्छ। भूकम्प आउँदा होस् चाहे विगतका महामारीमा होस्। जहिले पनि चिकित्सकहरूले ज्यानलाई जोखिममा राखेर उपचार गरेका छन्। भूकम्पकै बेला परिवारलाई टेन्टमा राखेर घर हल्लाई रहेको समयमा समेत ज्यानको चिन्तै नगरी उपचार गरिरहेका थियौं। खाना पिना नखाई कन हामीले त्यो समयमा उपचार गरेका थियौं। अहिलेको यो युद्धको लडाकु भनेको पनि डाक्टरहरू नै हुन्। हामीले लड्दैनौं भनेर भनेकै छैनौं। तर, हामीलाई लडाई लड्नको लागि आवश्यक पर्ने हतियार सरकारले उपलब्ध गराउनुपर्‍यो। हामी लडाई लड्न तयार छौं।

इटाली जस्तो देशमा डाक्टरहरू नपुगेर पाँचौं सेमिस्ट्रमा भएका मेडिकल स्टुडेन्टहरूलाई अनुमति दिएर परीक्षण सुरु भएको छ। भोली पनि नेपालमा मेडिकल स्टुडेन्ट, नर्स, रिडायर्ड डाक्टरहरूलाई परिचालन गनुपर्ने अवस्था छ। यो बेला भनेको डाक्टरको मनोबल बढाउने बेला हो।

यस्तो आक्षेप लगाउनु भन्दा डाक्टरको गाह्रो साह्रो बुझेर उनीहरुलाई चाहिने इक्युपमेन्ट उपलब्ध गराउनु पर्छ। इक्युपमेन्टका कुरा भनेको डाक्टरका लागि बेसिक निड हुन्। बेसिक कुरा पनि राज्यले पुर्‍याएन भने हामी रोगसँग ड्न सक्दैनौं।

मानौं भोली १०\१२ जना चिकित्सकलाई कोरोना पुष्टि भयो भने अरु चिकित्सकहरूको मनोबल कति गिर्ला। फरन्टलाइनरहरू भाग्न पर्ने स्थिति आउँछ। अर्को कुरा इक्युपमेन्ट छैन। चिकित्सकलाई संक्रमण भयो। रोगको लक्षण देखिन त केही दिन लाग्छ। त्यो बेलामा मैले पाँच सय जना मिरामीको चेकजाँच गरे भने मबाट अरु पाँच सय जना संक्रमित थपिने सम्भावना हुन्छ। फर्किदा घरमा मेरो परिवारलाई पनि संक्रमित बनाउने भए।

अहिले सबै घरमा बसे पनि चिकित्सकहरू अस्पतालमा उपचार गरिरहेका छन्। तिनीहरूमै संक्रमण फैलियो भने त्यसले डढेलोको रुप लिन्छ। यो कुरा सरकारले बुझ्न जरुरी छ।

यस्तो बेला सरकारले सबै चिकित्सकलाई पिपिई चाहिदैन पनि भनिरहेको छ, यसमा के भन्नु हुन्छ तपाईहरू?

स्वास्थ्य मन्त्रालयमा उच्च स्तरीय सुरक्षा समन्वय समितिमा बेलाएको समयमा पनि मैले भनेको थिए, डब्लुएचवले विश्वको साँझा समस्या भएको बताएको छ। चाइना, अमेरिका, भारतलगायत विश्वका अधिकांश देश यससँग लडिरहेका छन्। उनीहरूलाई नै भेन्टिलेटर पुगिरहेको छैन। जस्तो भारतमा पाँच मिनेट थप्पडि बजाएर डाक्टर, प्रहरी लगायत फ्रन्ट लाइनरहरूको मनोबल बढाउने काम गरिएको छ। यहाँ त त्यस्तो केही गरिएको छैन। हामीले यस्तो बेला हामीलाई पैसा बढाइदिनुस् त भनेका छैनौं। यस्तो बेलामा हामी बेसिक प्रोटेक्सन किट दिन्छौं हामी। तिमीहरू तयार हौं भन्नु पर्ने हो। यस्तो बेलामा तिमीहरू बिरामी भयौं भने राज्यले जिम्मा लिन्छ, तिमिहरू विरामी भयौं भने राज्यले जिम्मा लिन्छ। परिवारको सरकारले जिम्मा लिन्छ। तिमीहरूको जिवन विमा हुन्छ भन्यो भने चिकित्सकहरूको आत्मविश्वास बढ्छ।

जहिले पनि चिकित्सकलाई गालि गर्ने गरिन्छ। यसो गर्दा निकै दुःख लाग्छ। भूकम्प आउँदा होस् चाहे विगतका महामारीमा होस्। जहिले पनि चिकित्सकहरूले ज्यानलाई जोखिममा राखेर उपचार गरेका छन्। भूकम्पकै बेला परिवारलाई टेन्टमा राखेर घर हल्लाई रहेको समयमा समेत ज्यानको चिन्तै नगरी उपचार गरिरहेका थियौं।

सरकारले आश्यक पुरा गर्न सकिरहेको छैन। सबैलाई पिपिई आवश्यक पर्दैन भनिरहेको छ नी?

हो, सबैलाई पिपिई आवश्यक पर्दैन। यसको पनि लेवल वान, लेवल टु, लेवल थ्री हुन्छ। संक्रमित जस्तो संका भएका विरामीलाई जाँच्न लेवल थ्री चाइएला, संक्रमित भएका विरामीलाई जाँच्न लेवल टु, वपिडीमा जाँच्नलाई लेवल वान चाइएला। पिपिई भनेको टोपी, माक्स, गगल्स, गाउन्स, ग्लप्स, जुत्तालगायत सबै चिज मिलेर पिपिई बन्ने हो। जुन चिज जहाँ जाहिन्छ त्यो चिज त्यहाँ त दिनु प¥यो नी। त्यसरी चेक गर्ने डाक्टरले घरमा पनि रोग सार्न सक्ने जोखिम हुन्छ। त्यसैले उनीहरूलाई पनि अलगै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ।

अहिलेसम्मको विश्वको डाटा हेर्दा १८ प्रतिशत डाक्टर सक्रमित भएका छन्। इटालिमा ८ प्रतिशत डाक्टरमा संक्रमण देखिएको छ। डाक्टहरू एक ठाउँमा बस्ने क्वारेन्टाइनको व्यस्था भएन भने उनीहरूले अरुलाई पनि सार्ने जोखिम हुन्छ। डकडाउनको बेला चिकित्सकहरूलाई ट्रेनिङ् दिने, अपर्याप्त सामानको पूर्ति गर्ने। संक्रमित राष्ट्रबाट आएका मान्छेहरूको पत्ता लगाउने लगायत काम गनुपर्छ। अहिले हामी उपचार भन्ने वित्तिकै आइसियु र बेडको मात्रै कुरा गरिरहेका छौं। यदि कोरोना भित्रियो र हामीसँग केही तयारी छैन भने यसले त पुग्दै पुग्दैन। यहाँ इटालिलाई नै पुगेको छैन। बाहिरबाट को–को आए तिनीहरूको पहिचान गरेर १४ दिन क्वारेन्टाइनमा राखेर कसैमा संक्रमण देखिए आइसोलेसनमा राखे मात्रै सम्भव छ।

विमाको सन्दर्भमा के भन्न चाहनुहुन्छ?

डाक्टर भनेको मानव सेवाका लागि आएको हो। हामी पैसा नै कमाउनु थियो भने त व्यापार व्यवसाय लगायत अन्य पेसामा जान्थ्यौं होला। यो बेला सरकारले मनोवल बढाउने बेला हो। घरबाट पनि दवाव हुन्छ। हामी पनि यही समाजका मान्छे हौं। हाम्रो परीवारको पनि हामीप्रति चिन्ता हुन्छ। हामीलाई पनि भोली म मरे भने कसले हेर्ला भन्ने डर हुन्छ। त्यसैले पनि सरकारले चिकित्सकको मनोवल बढाउनुपर्छ। राज्य अभिभावक हो। यो राज्यको दायित्व पनि हो।

कुनै दिन राज्यको कमजोर तयारीका बीच चिकित्सकहरूको भागाभाग हुने स्थिति आउनसक्नेतिर साेंच्न भएको छ?

हो, तपाईले भनेजस्तै राज्यको कमजोर तयारी भयो। चिकित्सकहरूले इक्युपमेन्ट विनै उपचार गनुपर्ने बेला आयो भने त्यो अवस्था नआउला पनि भन्न सकिन्न। त्यतिबेलाको अवस्था हाम्रो कन्ट्रोल भन्दा बाहिर जान्छ। मैले अघि भने जस्तै आवश्यक इक्युपमेन्ट र जीवन सुरक्षाका कुरा गर्दा त चिकित्सकहरू भाग्दैनन्। तर, आँखा अगाडि आगोले पोल्छ भन्ने थाहा पाउँदा पाउँदै त आगोमा कसैले हात हाल्दैन। त्यो हाल्नु पनि पागलपन हो। काम गर्दैन भन्न पाइदैन। तर, आफू सुरक्षित भएर काम गर्ने हो। भाग्दैन डाक्टर। हिजोका दिनमा पनि भागेको छैन। तर, सरकारले आवश्यक कुरा त दिनुप¥यो नी। केही पनि उपलब्ध गराएन भने त चिकित्सकले उपचार गर्न नै सक्दैन। त्यस्तो अवस्थामा भाग्यो भन्न मिल्दैन। रोगले सानो ठूलो मान्छे त भन्दैन। डाक्टर नर्स भनेर चिन्दैन। त्यसैले राज्यले मनोबल बढाई दिनुपर्छ।

‘मरता, क्या नही करता’ भनेजस्तै राज्यले नदिएपछि आफैले बनाएर लगाउनुलाई नराम्रो भन्न मिल्दैन। तर, त्यो स्ट्यान्डर बनेन भने पनि गाह्रो हुन्छ। साथै यस्तो बेला कालोबजारी भएको छ। अत्यावश्यक सामान लुकाइएको छ। अमानविय काम भएको छ। के बुझ्दैनन् भने जसले कालोबजारी गरिरहेको छ त्यसलाई पनि भोली कोरोना लाग्यो भने जोखिम हुन्छ।

कतिपय ठाउँमा आफैले पिपिई बनाएर पनि चिकित्सकहरू उपचार गरिरहेका छन्। त्यो प्रति तपाईहरूको भूमिका केछ?

‘मरता, क्या नही करता’ भनेजस्तै राज्यले नदिएपछि आफैले बनाएर लगाउनुलाई नराम्रो भन्न मिल्दैन। तर, त्यो स्ट्यान्डर बनेन भने पनि गाह्रो हुन्छ। साथै यस्तो बेला कालोबजारी भएको छ। अत्यावश्यक सामान लुकाइएको छ। अमानविय काम भएको छ। के बुझ्दैनन् भने जसले कालोबजारी गरिरहेको छ त्यसलाई पनि भोली कोरोना लाग्यो भने जोखिम हुन्छ। त्यो बेलामा सामान बिक्रि हुँदैन र पैसाको पनि केही काम छैन। त्यसैले कालोबजारी गर्नु हुँदैन। डब्लुएचओले पनि कतिपय ठाउँमा आफै बनाएको लगाउँदा स्ट्यान्डर मापदण्ड भएन बनिरहेको छ। र, त्यसबाट जोखिम पनि छ। राज्यका निकायले त्यसको मापदण्ड छकी छैन भनेर नाप्नु पर्यो। नाप्नलाई विदेश तिर एफडिए हुन्छ। हामीले एक वर्ष अघिदेखि एफडिए होइन। (डिडिए) ड्रक्सको एड्म्याड्रेसन डिपारमेन्ट मात्र भयो। तर, फुड एन्ड ड्रग्स भनेर फुड्सका कुराहरू, न्युड्रेसनका कुराहरू, सामान, उपकरणका कुराहरूको पनि नामतौल गुर्नप¥यो। अब त्यो ढीला भयो। अहिले एउटा कमिटी भन्दैछ। जसमा डिडिएको प्रतिनिधि, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि, गुणस्तर नापतौल डिपार्मेन्टको प्रतिनिधिलाई राखेर चार पाँच जनाको कमिटी बनाएर लोकल लेवलमा बनेका पिपिएहरू ठिक छन् की छैनन्। माक्स ठिक छन् की छैनन् भनेर त्यसको जाँच गरेर मात्रै प्रयोगमा ल्याउने भन्ने कुरा हाम्रो हो। किनकी त्यो लगाएर भोली म सुरक्षीत छु भनेर काम गर्ने माहोल बन्नु पर्छ। बनाइएका म्याट्रियलहरूको चेकजाँच राम्रोसँग हुनुप¥यो। ति सुरक्षीत छन् भन्ने ठम्याइदिनुपर्‍यो।

त्यसो भए डाक्टरहरू जनताको स्वास्थ्यप्रति गम्भीर छन् र आफै भए पनि उत्पादन गरेर उपचार गरिरहेका छन्?

एकदमै हो। डब्लुएचओको गाइडलाइन अनुसार युट्युवमा हेरर भए पनि उत्पादन गरेर उपचारमा सक्रिय छन्। यस्तो बेला डाक्टरहरूमाथि विभिन्न आरोप लगाउनु गलत हो। यो भनेको डाक्टरहरू आफ्नो कर्तव्यबाट भागेका होइनन्।

अन्त्यमा केही सुझाव दिन चाहनुहुन्छ?

सरकारले अहिले लकडाउन गरेको बेलाको सहि उपयोग गरोस्। जति सक्दो सरकारले बाहिरबाट आएकाहरूलाई घर–घरमा गएर खोजोस्। जतिसक्दो तिनिहरूलाई क्वारेन्टाइनमा राखोस्। दिनमा तीन हजारदेखि पाँच हजार जतिको टेस्ट हुने क्षेमता बढावस्। पोजेटिभ देखिए आइसोलेसनमा राखोस्। तिनिहरूको सम्पर्कका व्यक्ति पत्ता लगाउनप¥यो। संक्रमितलाई सातै प्रदेशमा विषेश अस्पताल तोकेर उपचार गर्नुपर्‍याे। त्यसको लागि जनशक्ति तयार पार्दै औषधीको व्यवस्था गर्नुपर्‍यो। अन्य आवश्यक पर्ने रेगुलर सप्लाई गर्नुपर्‍यो।

हाम्रोतर्फबाट भन्नु पर्दा हामी लड्न तयार छौं। हिजो पनि लडेका हौं। आज पनि लड्छौं। भोली पनि लड्छौं। हाम्रो मनोबल बढाइदिनुस्। त्यत्ति हो हाम्रो कुरा।

अर्को कुरा प्रत्यक एक जनाले सय जना फैलायो। सय जनाबाट हजार हजारबाट लाख हुँदै यो थुप्रैमा पुग्छ। त्यसैले अहिले आगो सानै हुँदा निभाउ भन्ने हो। सबैले दुरी कायम गर्नुपर्छ। जुन देशमा सामाजिक दुरी कायम भएको छ त्यो देशमा यसको फैलावट धेरै छैन। अहिले भाहिर हेर्न निस्किने। कतै जाड खाने। तास खेल्ने गरेको सुनिन्छ। यस्तो गर्नु हुँदैन। अरुले प्रयोग गरेका सामान प्रयोग नगर्ने।

यस्तै स्वास्थ्य सचिव र डिजी पनि डाक्टरनै हुनुपर्छ भनिरहका छौं। कता कता आज त्यो अभाव पनि खड्किएको महशुस भइरहेको छ। चिकित्सक संघको यो पुरानै माग पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय