‘लकडाउन’ ले छुन नसकेको देहात

रामपुर जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १५ मा पर्छ। उपमहानगरकै वडा भए पनि अझै सहरीकरण हुन सकेको छैन, रामपुरको। रामपुर चोकमै पिपलको बोटमुनी शनिबार अपरान्ह १५/२० जनाको समूह सँगै बसेर कुराकानीमा व्यस्त थिए।

कोरोना संक्रमण फैलिन नदिन सरकारले देशभर ‘लकडाउन’ गरेको छ। भीडभाड हुन नदिन बजार, पसल, यातायात पूर्ण रुपले ठप्प छ। तर, यी सब कुराको बेवास्ता गर्दै उनीहरु समूह बनाएरै कुरामा लठ्ठिएका थिए।

सरकारले अहिले ‘लडकाउन’ गरेको छ, घरभित्रै बस्न भनेको छ किन तपाईंहरु किन बाहिर बस्नु भएको सोधेपछि उनीहरु ‘सरकारले लकडाउन त गर्‍यो तर हामी मजदुर मानिस कसरी गुजारा टार्ने’ उनीहरुको जबाफ थियो। घरभित्रै बस्ने भनेपछि सरकारले गरीब विपन्नलाई दुई छाक टार्ने उपायसमेत गरिदिनु पर्ने उनीहरुको मनसाय थियो।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाभित्रै ‘लकडाउन’ बारे सर्वसाधारण बुझेका छैनन्। ग्रामीण भेगका वासिन्दा त झनै यसबारे बेखबर छन्।

भारतीय सीमा नजिकै रहेको धनुषाको दक्षिणवर्ती गाउँपालिका हो मुखियापट्टी मुसहरनिया। मुखियापट्टी मुसहरनियाबाट भारतीय नाका पुग्न मुस्किलले १०/१५ मिनेट हिँड्नु पर्दछ। भारतको विहार राज्यसम्म कोरोना संक्रमित बिरामी बढिरहेपनि मुखियपट्टी मुसहरनिया गाउँपालिकाका वासिन्दाहरु ‘लकडाउन’ बारे निस्फिक्री छन्।

कोही गाउँकै चियापसलमा गफ गरेर बसेका छन् भने कतिपय समूहमै खेतमा काम गरिरहेका छन्। खेतबाट मसुरोलगायतका कृषिजन्य सामग्री भित्र्याउने चटारोले कृषकहरुलाई ‘लकडाउन’ ले छोएको छैन्।

सहरी क्षेत्रमा ‘लकडाउन’ केहिहदसम्म पालना भइरहेपनि ग्रामीण भेगमा अझै हाटबजार लागि रहेको छ भने पसलहरु सञ्चालन भइरहेको छ। ‘लकडाउन’ कार्यान्वयन गराउन सम्पूर्ण सुरक्षा सयन्त्रपनि सहर केन्द्रित भएको देखिन्छ।

धनुषाको नगराईन नगरपालिकाको नगराईन बस्ने संजय कर्ण भन्छन,‘ग्रामीण भेगमा ‘लकडाउन’ को पूर्ण कार्यान्वयन हुनसकेको छैन्। अपरान्ह ४ बजेपछि हाटबजार सुरु हुन्छ। मानिसहरुको भीडभाड बढ्छ। कोरोना संक्रमणको जोखिम बढ्दो छ।’

पढेलेखेकाहरु कोरोना संक्रमण रोकथामका लागि ‘लकडाउन’ गरिएको बुझेपनि निरक्षरहरुले अझै बुझ्न नसकेको कर्ण बताउँछन्। कोरोना संक्रमण भयावह रुप लिइरहेको अवस्थामा सर्वसाधारणलाई यसबारे जागरुक गराउन स्थानीय तहले पहल गर्नुपर्ने उनको भनाइ छ।

‘कोरोना संक्रमणको हल्ला चलेपछि वैदेशिक रोजगारमा रहेका अधिकांश मानिसहरु घर फर्केका छन्,’ कर्ण भन्छन्,‘उनीहरु पनि बजारहाट चियापसलहरुमा पुगिरहेका छन्। त्यस्ता मानिसहरुको पहिचान गरी स्थानीय तहहरुले क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नु पर्‍यो।’

हुन त नगरपालिकाहरुले कोरोना संक्रमणबाट जोगिन विभिन्न खाले जानकारीमूलक सन्देशहरु माइकिङ नै गराइरहेका छन्। ट्र्याक्टरमा ठूलो लाउडस्पिकर लगाएर कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने सन्देशहरु स्थानीय तहले प्रचारप्रसार गरिरहेको छ। तर, यसको खासै प्रभाव भने देखिएको छैन, ग्रामीण क्षेत्रमा।

हुनेखानेलाई ‘लकडाउन’ होस या बन्द हड्ताल केही फरक पर्दैैन तर दैनिक ज्यालादारी र मजदुरी गर्नेलाई परिवार पाल्न कठिनाइ रहेको बताउँछन् मुखियापट्टी मुसहरनिया गाउँपालिकाका गणेश राम भन्छन्। ‘परिवार पाल्न समस्या भएको छ, रोजीरोटी ठप्प छ, कामपनि बन्द भएको छ,’

नगराईन नगरपालिकाका मेयर परमेश्वर यादवले कोरोना संक्रमणबाट जोगिन ‘लकडाउन’ को पूर्णपालना गरेर भित्रै बस्न आफूहरुले माइकिङ गराइरहेको बताउँछन्। नगरपालिकाको हरेक वडामा माइकिङमार्फत कोरोनाको रोकथाम तथा संक्रमणबाट जोगिने उपायहरुबारे जानकारी गराउने काम भइरहेको उनले बताए।

हुनेखानेलाई ‘लकडाउन’ होस या बन्द हड्ताल केही फरक पर्दैैन तर दैनिक ज्यालादारी र मजदुरी गर्नेलाई परिवार पाल्न कठिनाइ रहेको बताउँछन् मुखियापट्टी मुसहरनिया गाउँपालिकाका गणेश राम भन्छन्। ‘परिवार पाल्न समस्या भएको छ, रोजीरोटी ठप्प छ, कामपनि बन्द भएको छ,’ उनले थपे,‘गरीब तथा विपन्न वर्ग यस शंकटको घडीमा कसरी जोगिने कमसेकम स्थानीय तहले ध्यान दिए हुन्थ्यो।’

धनुषाकै विदेह नगरपालिकाले ‘लकडाउन’ कै कारण समस्यामा परेका गरिब तथा विपन्न परिवारको तथ्यांक संकलन कार्य सुरु गरिसकेको छ। एक दुईदिनभित्रै त्यस्ता व्यक्तिहरुको तथ्यांक संकलन गरेर नगरपालिकाले खाद्यान्न लगायतको सामग्री वितरण तयारी गरेको मेयर बेचन दासले बताए।

यसैगरी विदेह नगरपालिकाले आफ्नै क्वारेन्टाइन स्थापना गर्नुको साथै केहिदिनयता भारत तथा विदेशबाट आएकाहरुको पहिचान गरी क्वारेन्टाइनमा राखिएको दासले जानकारी दिए। हाल क्वारेन्टाइनमा चारजना रहेको र अन्यको खोजी भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय