पाटन अस्पतालमा ज्वरोका बिरामीको मृत्यु

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत १७ गते १२:२५

पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएका एकजना बिरामीको मृत्यु भएको छ। अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार अत्यधिक ज्वरो देखिएपछि उनलाई आइतबार दिउँसो आइसोलेसनमा भर्ना गरिएको थियो।

उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रायोगशालामा पठाइएको छ। दुई दिनदेखि अत्यधिक ज्वरो आएपछि उनी आइतबार अस्पताल पुगेका थिए। भारतीय सेनामा कार्यरत उनी धादिङ खनियावासका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय