कोरोना विश्वमहामारी : पछ्याउन लायक राष्ट्र सिंगापुर

असहयोगी एवं असमझदार बिरामी तथा कुरुवा, अधिक कार्य समय र सुरक्षात्मक यन्त्र तथा उपकरण अभावमा कोरोना भाइरस संक्रमितलाई सेवा दिनका लागि अग्रपंक्तिमा खटिएका विश्वभरका स्वास्थ्यकर्मी अधिकमारमा परिरहेका छन्। यतिमात्र नभएर कोभिड–१९ प्रभावितलाई निको पार्न खटेका उनीहरू आफैं संक्रमणको शिकार बन्न पुगेका ेतथ्य बाहिरिरहेको छ।

शिशु जन्माइसकेपछि उक्त शिशुको बुबा भाइरस परीक्षणमा पोजेटिभ देखिएको जानकारी लुकाएकी एक मलेसियाली महिलाका कारण सरसफाइका लागि सम्पूर्ण अस्पताल नै बन्द गर्नुपरेको थियो।

उता, फिलिपिन्समा नौजना डाक्टरको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ। तीमध्ये दुईजना आफ्नो हालैको विदेश यात्राको विवरण लुकाउने बिरामीको सेवामा आबद्ध भएका थिए।

यसैगरी स्पेनमा ५४ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसले त्यहाँको १४ प्रतिशत बिरामीलाई सेवा प्रदान गर्न सक्थे। सोही कारण स्पेनमा स्वास्थ्यकर्मीको चर्को अभाव खड्कन थालिसकेको छ भने ७० हजार संक्रमित भएको इटालीमा मेडिकल ग्लोब्स् (पन्जा) बिना बिरामीको उपचार गर्न बाध्य एकजना डाक्टरले कोरोना भाइरसकै कारण ज्यान गुमाइसकेका छन्।

संसारकै सबैभन्दा बढी कोरोना भाइरस संक्रिमत नागरिक रहेको राष्ट्र अमेरिका (जहाँ १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ) को अस्पतालहरूमा क्षमताभन्दा बढी बिरामी भर्ना भइसकेका छन्।

आसाको किरण

यस्तो विषम र निराशाजनक अवस्था हुँदाहुँदै सिंगापुरको अनुभवलाई भने आसाको किरणका रूपमा लिइएको छ। हालसम्म यस ‘लायन सिटी’ का रूपमा परिचित राष्ट्रमा करिब ६ सय ३० जना संक्रमित भेटिएका छन्। जसमध्ये सबै अस्पतालमा उपचाररत छन्। तथापि, सिंगापुरमा अहिलेसम्म निकै थोरै स्वास्थ स्याहारकर्ता यस रोगको संक्रमणमा परेका छन्।

अझ सकारात्मक कुरा के हो भने त्यहाँको स्वास्थ्य मन्त्रालयअन्तर्गत सरुवा रोग विभाग निर्देशक भेर्नन लिकाअनुसार कोरोना भाइरस संक्रमित स्वास्थ्यकर्मीमध्ये अधिकांश अस्पतालको स्वास्थ्य स्याहार वातावरणभन्दा बाहिरको परिवेशमा संक्रमित भएका थिए।

सिंगापुरको अस्पतालमा कोरोना भाइरस बिरामीको प्रत्यक्ष सेवामा सहभागी ४१ स्वास्थ्यकर्मीहरूले यस रोगको संक्रमणबाट जोगिनुलाई ‘भाग्य’ मात्र भन्न नमिल्ने त्यहाँका विज्ञहरूले टिप्पणी गरेका छन्।

साउथ चाइना मर्निङ पोस्टको एक रिपोर्टअनुसार यी सबै स्वास्थ्यकर्मी एक अधवैंशे बिरामीको दुई मिटरभन्दा नजिक रहेर उनलाई श्वासनलीमा पाइप राखेर गरिने ‘इन्ट्युबेट’ नामक उपचारको विधि सञ्चालन गरिरहेका थिए। त्यसो त यस्तो विधि सञ्चालन गर्दा उसको शरीरबाट तरल पदार्थको छिट्टा निस्कने र बिरामीले खोक्ने हुँदा स्वास्थ्यकर्मीका लागि यो विधि हानिकारक मानिन्छ।

उक्त प्रक्रिया सञ्चालन गर्दा उक्त बिरामीमा भाइरस संक्रमणको अवस्थाबारे अनभिज्ञ ती स्वास्थ्यकर्मीलाई बिरामीमा संक्रमण ‘पोजिटिभ’ देखिएपछि दुई साताका लागि क्वारेन्टाइनमा राखिए तापनि अन्त्यमा कसैमा भाइरस संक्रमण देखिएन।

दिएनाल्स अफ इन्टर्नल मेडिसिन नामक एक स्वास्थ्यसम्बन्धी जर्नलले त्यसबारे निष्कर्ष खुलाउँदै भनेको छ– ‘त्यस्तो अवस्थामा एकजना पनि स्वास्थ्यकर्मीमा भाइरस संक्रमण नदेखिनुले सर्जिकल मास्क, हातसम्बन्धी सफाइ एवं स्वच्छता र अन्य गुणस्तरीय विधिले उनीहरूलाई संक्रमण हुनबाट जोगाएको तर्फ इशारा गर्छ।’

शल्यचिकित्सक तथा लेखक अतुल गवान्डेले यस घटनालाई द न्यूयोर्करको एक लेखमा स्वास्थ्यकर्मीहरू कसरी आफैं अन्ततः बिरामी नभइ आफ्ना बिरामीको सेवामा लागिपरेका छन् भन्ने विषयमा प्रकाश पारेका छन्।

उनले एसियाबाट अधिक सिकाइ हासिल गर्न सकिने र तीमध्ये केही सिकाइ स्ट्यान्डर्ड पब्लिक हेल्थप्लेबुकमा समावेश भएको समेत जनाए। अर्को शव्दमा उनले सामाजिक दुरी, आधारभूत हातको सफाइ र स्वच्छता तथा सरसफाइको पाठ्य प्रणालीबारे अझ धेरै चर्चा आवश्यक रहेको दाबी गरे।

संयुक्त पहल

कोरोना भाइरस प्रभावित विभिन्न देशमा अत्यावश्यक स्वास्थ्य सामग्री संकट देखापरेसँगै विज्ञहरूले राष्ट्र–राष्ट्रबीच ज्ञान तथा स्रोतको आदान–प्रदान हुनुपर्नेमा जोड दिएका छन्।

यसतर्फ चीनले फिलिपिन्स, पाकिस्तान र युरोपलाई व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) प्रदान गर्न थालिसकेको छ। चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माले एसियाका १० देशलाई १८ लाख थान मास्क, २ लाख १० हजारथान कोभिड–१९ परीक्षण किट, ३६ हजारथान व्यक्तिगत सुरक्षा कवच वा रक्षात्मक कपडा दान गरिरहेका छन्।

यसैबेला चिकित्सकहरूले पश्चिमा राष्ट्रलाई एसियाबाट सिक्न पनि घच्घच्याइरहेका छन्। संक्रमणजन्य रोग विशेषज्ञ लियो होई नामले सन् २००३ को सार्स (सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम) को मार सहेको एसिया कोभिड–१९ लाई नियन्त्रणमा लिन चाँडै नै तयार हुन सफल भएको जसमा पश्चिम तयार हुन नसकेको भन्दै यसका कारण यथेष्ठ सुरक्षा उपकरणको कमी रहेको बताएका छन्।

चीनमा प्रकोप देखापरेको सुरुवाती अवस्थामा सुरक्षा सामाग्री अभावका कारण त्यहाँका करिब २ हजार स्वास्थ्यकर्मी संक्रमित भए तापनि पछिल्लो समय सुरक्षा सामग्रीको बढ्दो उपलब्धतासँगै त्यस्तो अवस्थाको अन्त्य भएको तर्फ उनले औंल्याए।

‘सुरक्षा सामग्रीको तयारी वा उपलब्धतापछि निकै कम स्वास्थ्यकर्मीमात्र कार्यथलोमा संक्रमित भएका छन्। बरू धेरैजसो त अस्पताल बाहिर कोभिड–१९ बिरामीसँगको सम्पर्कमा आएका कारण संक्रमित भएका हुन्,’ उनी भन्छन्।

यससम्बन्धमा मलेसिया उपयुक्त उदाहरण हो। करिब ८० स्वास्थ्यकार्यकर्ता कोरोना संक्रमित भएको यस देशमा अधिकांशमा संक्रमणको सञ्चार सामुदायिक तहमा भएको थियो।

गत साता बिहीबार राति इन्टरनेटमार्फत् भएको एक सम्मेलनका क्रममा उहान विश्वविद्यालयको झोङनान अस्पतालका इन्टेन्सिभ केयर विशेषज्ञ पेङ जियोङले चीनमा कोरोना भाइरस प्रकोप देखापरेको सुरुका दिनमा एक स्वास्थ्यकर्मीलाई प्रतिकार्य समय (ड्युटी सिफ्ट) दुईथान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) दिएर उक्त उपकरणको संकटलाई सम्बोधन गरेको जानकारी दिए।

यसैबीच फिलिपिन्समा मनिलाको चाइनिज जनरल हस्पिटलका चिकित्सकहरूले भिडियो कन्फरेन्स आयोजना गरी चीनको झेजियाङका चिकित्सकहरूसँग कोभिड –१९ का बिरामीको उपचार अनुभव लिने काम गरेका थिए।

त्यसो त अनुभव तथा जानकारी आदान–प्रदानका लागि क्राउडसोर्सिङ मञ्चहरूको पनि व्यवस्था गरिएको छ। जसअन्तर्गत् बोस्टनको द ब्रिङ्हाम एन्ड उमन्स हस्पिटलले अत्यन्त नाजुक अवस्थाका बिरामीको उपचार कसरी गर्ने भन्ने विषयमा निर्देशिका सार्वजनिक गरेको छ भने उसको वेबसाइटमा चिनियाँ डाक्टरहरूको सुझाव तथा जानकारी समावेश गरिएको छ।

यसैगरी ज्याक मा फाउन्डेसनले संसारभरिका डाक्टर तथा नर्सलाई कोरोना भाइरसविरुद्ध लड्न आवश्यक जानकारी तथा ज्ञान समावेश गरी अनलाइन प्लेटफर्म सञ्चालन गरेको छ। ‘एउटै विश्व, एउटै लडाइँ’ उसले ट्विटरमा लेखेको छ।

सस सि हक स्कुल अफ पब्लिक हेल्थका सहायक प्राध्यापक जेरेमी लिमले हालको समयमा सबै राष्ट्र मिलेर संगठित कदम चाल्न अत्यावश्यक रहेको बताएका छन्। ‘भाइरसले राष्ट्रको सिमानालाई मान्दैन। हामी सबै मिलेमात्रै बलियो हुन सक्ने हुनाले राष्ट्रहरूले एकअर्कासँग आफ्नो सूचना र सहयोग आदान–प्रदान गर्न आवश्यक छ,’ उनी भन्छन्।

‘राम्रो सरसफाइ र स्वच्छता कायम राख्नुस् र नियमित हात धुनुस्,’ सिंगापुरको स्वास्थ्य मन्त्रालयमा उनले सुझाव दिएका थिए।

सिंगापुर : एक घटना अध्ययन

आज सिंगापुरलाई विश्वले नै नक्कल गर्न (पछ्याउन) मिल्ने राष्ट्रका रूपमा लिइएको छ। अधिकांश विदेशबाट हालसालै फर्केका नागरिकमा सहित बढिरहेको कोभिड १९ प्रभावित जनताको संख्यामा आएको वृद्धि (जसमध्ये अधिकांश हालसालै विदेशबाट फर्केका) का कारण समस्या भोगिरहे तापनि सिंगापुरले हालसम्म आफ्नो स्वास्थ्यसेवा सहज र सुचारू तरिकाले अगाडि बढाइरहेको छ।

यदि चिकित्सकहरूको कुरालाई मान्ने हो भने सार्सको प्रकोपपछि भविष्यमा आउन सक्ने जस्तोसुकै महामारीका लागि आफूलाई तयारी अवस्थामा राखेका कारण नै सिंगापुरले उसका भाइरस प्रभावित नागरिकको सहज व्यवस्थापन गर्न सफल भएको छ ।

यसका साथै कोरोना भाइरस प्रकोप देखिनासाथ उसले आकस्मिक योजनाको तयारी गरिसकेको थियो भने पहिलो बिरामीको पहिचान हुने बित्तिकै स्वास्थ्यकर्मचारीलाई छुट्टी तथा यात्राको योजना पछाडि सार्न आग्रह गरेको थियो।

यसैबीच बिरामीको हेरचाहका लागि पर्याप्त स्वास्थ्यकर्मीको उपलब्धता होस् र उनीहरूले आवश्यक आराम पाउन् भनेर सुनिश्चित गर्न उसले अस्पतालका मानव संशाधन तुरुन्तै विभिन्न समूहमा विभाजित गरेको थियो। सिंगापुरमा डाक्टरको संख्या १३ हजार ७ सय ६६ छ, जसको अर्थ प्रति १ हजार बिरामी बराबर २.४ जना चिकित्सक पर्छन्।

‘अत्यधिकमात्राको सुरक्षासहित अत्यावश्यक सेवाको सहज सञ्चालन नै यसको उद्देश्य थियो,’ अर्थोपेडिक सर्जन सियाचिलो भन्छन्, ‘उपयुक्त डाक्टर–बिरामीको मात्रा र अत्यावश्यक स्वास्थ्य सेवाका लागि पर्याप्त विशेषज्ञको उपस्थिति सुनिश्चित गर्नु सबैभन्दा महत्वपूर्ण थियो।’

एजेन्सीहरुकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय