चर्चित अमेरिकी गायक जो डिफीको कोरोना भाइरसका कारण निधन

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७६ चैत १७ गते १०:४१

ग्र्यामी र सिएमए अवार्डबाट सम्मानित चर्चित अमेरिकी गायक जो डिफीको कोरोना भाइरसका कारण निधन भएको छ। ६१ वर्षिय डिफीको कोरोना संक्रमणबाट निधन भएको हो।

डिफीमा गत शुक्रबार कोरोना भाइरस पुष्टि भएको थियो। त्यसपछि उनको उपचार गरिएको भए पनि स्वास्थ्यवस्था थप नाजुक बन्न पुगेको थियो।

डिफीले पछिल्लो हप्ता आफ्नो बयानमा महामारी फैलिँदै गएको बताउँदै सबैलाई सतर्क रहन आग्रह गरेका थिए।

मार्चको सुरुआतमा उनले कोरोना भाइरसको जोखिम हुने भन्दै जर्जियामा आयोजना गरिने भनिएको एक कार्यक्रम स्थगित गरेका थिए।

१९९० सालमा उनले आफ्नो स‌गीतबाट तहलका मच्चाएका थिए। उनका हिट एल्बममा ‘होम’, ‘इफ द डेबिल डान्स’, ‘थर्ड रक फ्रम द सन’ र ‘पिकअप म्यान’ लगायत छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय