लकडाउन चैत २५ गतेसम्म, कोरोना नियन्त्रणमा स्पेसल टास्कफोर्स गठन, यस्ता छन् मन्त्रिपरिषदका प्रमुख निर्णय

मन्त्रिपरिषद बैठकलले चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय अनुमोदन गरेको छ।

कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समितिले गरेको निर्णय आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो।

सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले चैत २५ गते १२ बजेसम्म सिमा नाका आवागमन कायम राख्ने बताए।

उनले कोरोनाको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय टास्कफोर्स गठन गरिएको बताए।

यो रक्षामन्त्रीको नेतृत्वमा रहेको छ। जसमा गृहमन्त्री, स्वास्थ्य मन्त्रीलगायत छन्।

सो समितले कोरोनाको कामलाई प्रभावकारी बनाउन चालिएका कदम, कार्यान्वयनको स्थिति, संयन्त्र र निर्णयहरूलाई कार्यान्वयन गर्ने छ।
यस्तै, अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उपाय अबलम्वन गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए। संगठित क्षेत्रका मजदुरलाई परिवार पहिचान गरेर स्थानीय निकायले लगत संकलन गरी लकडाउनको अवधिसम्म राहत उपलब्ध गराउने निर्णय मन्त्रिपरिषदको छ।

यस्तै, औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरलाई रोजगारदाता कम्पनीले नै भुक्तानी दिने निर्णय भएको छ।

यस्तै, खाद्य आपूर्ति थप सहज बनाउँदै साल्ट ट्रेडिङ र नेसनल ट्रेडिङमार्फत चामल, दाल, पीठो र चिनीमा हाल कायम मूल्यमा दस प्रतिशत छुटमा बिक्री गर्ने निर्णय भएको खतिवडाले बताए।

यस्तै, दूरसञ्चार प्राधिकरणले इन्टरनेटलगायत सेवाप्रदायमा २५ प्रतिशत छुट दिने निर्णय मन्त्रिपरिषदले गरेको छ। विद्युत प्राधिकरणले पनि बिलम्ब शुल्क नलिइकन आवश्यक छुट गर्ने खतिवडाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय