स्वास्थ्यकर्मीलाई चाहिने अत्यावश्यकीय सामग्री अभाव हुन दिन्नौं : महानिर्देशक श्रेष्ठ

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगायत मेडिकल सामान खरिद गर्दा सामान्य मुल्यभन्दा बढी परे पनि अनियमितता नभएको जिकिर गरेका छन् ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक श्रेष्ठले चिन सरकार र अन्य नीजि तथा गैर सरकारी संस्थाले दिएको सामान पनि सामान्यभन्दा बढी मुल्यमा किनिकएको समेत बताए ।

उनले अहिले पिपिईजस्ता सामग्री अभाव भएमा त्यसले पर्ने प्रभाव ठूलो हुने भएर खरिदलाई प्राथमिकता दिएको बताए । ‘यस्ता मेडिकल सामग्रीहरुको संसारभर अभाव छ’ उनले भने, ‘स्वास्थ्य मन्त्रालय पारदर्शीता र मितव्यायीमा सचेत छ’ उनले सरकारले उपचारमा संलग्न हुने जनशक्तिका लागि अत्यवश्यकीय सामग्री अभाव हुन नदिने भन्दै त्यसको समुचित प्रयोगमा भने ध्यान दिन आग्रह गरे । विश्व स्वास्थ्य संगठनले नै र्यासन युज अफ पिपिई भनेर प्रोटोकल बनाएर जारी गरेको भन्दै त्यसमा ध्यान दिने समेत आग्रह गरे ।

उनले जनवरी २३ मा नेपालमा दक्षीण पूर्वी एसियामै कोभिड १९ को पहिलो केस देखिएपनि अत्यवश्यकीय सामग्री खरिद सुरु गर्ने निर्णय गरेको समेत जानकारी दिए । त्यतिबेलै देखि मास्कलगायतका सामग्रीको अभाव देखिन थालेपनि सरकारले सकेसम्म जोहो गरेर अस्पतालहरुलाई दिएको समेत बताए । ‘प्रयाप्त नहोला तर यस्ता अत्यवश्यकीय सामग्री हुँदै नभएको अवस्था होइन्‘ उनले भने ।
श्रेष्ठले नोलमा दोस्रो केस देखिएपछि भने २४घण्टाभित्र टेन्डर गरेर आएका कम्पनीसँगै छलफलपछि ३ घण्टामै कोटेसन मागेर द्रुत प्रक्रियाबाट किनेको र सकेसम्म मुल्यमा नेगोसिएसन गरिएको समेत दावी गरे ।

सातै प्रदेशमा प्रयोगशाला
महानिर्देशक श्रेष्ठले प्रदेश १ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना जाँच प्रयोगशाल सुरु भइसकेको भन्दै अब केही दिनमै जनकपुर, हेटौडा, पोखरा, बुटवल, नेपागञ्ज र धनगढीमा प्रयोगशाला स्थापनार्थ विज्ञ र प्राविधिक पठाइसकेको जानकारी दिए । यसअघि उपप्रधानमन्त्री इश्वार पोखरेल नेतृत्वको कार्यदल आइतबार नेपाल आएका ५ वटा पिसिआर मेशिनबाट उपत्यकाबाहिर प्रयोगशाला सेवा सुरु गर्ने निर्णय गरेको थियो ।

ज्वरोको बिरामी फर्काए कारवाही
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटालो कोभिड १९को कारण वा आशंकाका आधारमै अस्पतालहरुबाट ज्वरोका लक्षण भएका बिरामी फर्काइरहेको जानकारी आएको भन्दै यस्तो नगर्न अस्पतालहरुलाई सचेत गराएका छन् । महामारीको अवस्थामा निजी, सरकारी, सामुदाियक सबै अस्पतालहरुले समन्वयमा रहेर काम गर्नुपर्ने भन्दै डा. देवकोटाले संक्रमणकालीन समयमा सबैले ज्वरो क्लिनिक संचालन गरेर सेवा दिनुपर्ने र अन्य संस्थाले पनि अन्य नियमित सेवा रोक्न नपाइने बताए ।

One thought on “स्वास्थ्यकर्मीलाई चाहिने अत्यावश्यकीय सामग्री अभाव हुन दिन्नौं : महानिर्देशक श्रेष्ठ

  1. स्वास्थ्य मन्त्रालय पारदर्शीता र मितव्यायीमा सचेत छ भन्ने कुरा र मंत्रालयको योजना तथा समन्वय महाशाखामा रही बिभिन्न भुमिकामा रही उहाले कार्य सम्पादन गर्दा मैले उहाले भनेको जस्तो पायन। अहिले स्थान परिवर्तन भएको छ।भुमिका परिवर्तन भयको छ। समय बदलियको छ। उहा पनी बदलियेको हुन सक्छ। यो चै राम्रै कुरो हो।सधै हिजो रहदैन तर कसैले दिएको पीडा चै रहीरहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय