लकडाउन चैत २५ सम्म लम्बिन सक्ने, मन्त्रिपरिषदबाट निर्णय हुँदै

हेल्थपाेस्ट
प्रकाशित
२०७६ चैत १६ गते १७:२४

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन अवधि एक साता थप्नुपर्ने निष्कर्ष निकालेको छ। आइतबार दिउँसो सिंहदरबारमा बसेको बैठकले लकडाउन अवधि चैत २५ गतेसम्म बढाउन मन्त्रिपरिषदलाई सिफारिस गरेको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले गरेको सिफारिसमा अहिले बसिरहेको मन्त्रिपरिषद बैठकबाट निर्णय हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले बताए। बिडारीका अनुसार बैठकले लकडाउनमा प्रभावित भएका जनतालाई राहत दिनेलगायत विषयमा छलफल भएको छ। ‘म बैठकको निर्णयहरू ड्राफ्ट गरिरहेको छु, केही समयपछि सबै थाहा पाउनुहुनेछ,’ उनले हेल्थपोस्ट नेपालसँग भने।

हालसम्म कोरोनाका पाँच जना बिरामी नेपालमा भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय