बुटवलमा आइसोलेसनका एक बिरामीको मृत्यु, परीक्षण रिपोर्ट आउन बाँकी

बुटवलको धागो कारखानामा बनाइएको अस्थायी अस्पतालमा उपचारत एक बिरामीको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ सिसौडाँडाँका ३७ वर्षीय एक बिरामीको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको मृत्यु के कारणले भएको भन्ने कारण अझै खुल्न सकेको छैन् । उनको स्वाब परीक्षणको रिर्पोट आइनसकेको हुँदा कारण खुल्न नसकेको हो। स्वाब परीक्षणका लागि आज बिहान मात्र काठमाडौं पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

उनका अनुसार ति व्यक्ति ६ गते दुबईबाट नेपाल आएका थिए भने घरमा ७ गतेमात्र आएका थिए। उतैबाट ज्वरो आएको अवस्थामा घर आएका उनले नजिकको क्लिनिकमा १२ गतेसम्म उपचार गरारहेका थिए । उनी १३ गतेमात्र लुम्बिनी प्रादेशिक अस्पतालमा आएका थिए । ज्वरो देखिएपछि र उनी आउदा प्रयोग भएको रुटको अध्ययपछि उनलाई बुटवल धागो कारखानामा रहेको कोरोना (बिशेष) अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

धागो कारखानाको कोरोना बिशेष अस्पतालमा अहिले ६ जना भर्ना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय