कोरोनाबारे सम्पूर्ण जानकारी पाइने मन्त्रालयको वेबसाइट र मोबाइल एप्स सुरू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट covid19.mohp.gov.np र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा ल्याएको छ।

आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गरेका छन्। मन्त्रालयले एपसँगै कोभिड-१९ को सूचना प्राप्त गर्न सहजहोस भनेर सबैको पहुँचका लागि भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ।

मन्त्री ढकालले कोरोना भाइरसबिरुद्ध लड्नका लागि उपलब्ध स्वास्थ्य सेवाहरुको अवस्था र बिवरणका साथै कोरोनाबारे एकीकृत रूपमा सही जानकारी तथा सूचना उपलब्ध गराउन यस्तो व्यस्था मिलाइएको जानकारी दिए।

उनले सरकारले कोरोनाविरूद्ध उच्च सतर्कताका साथै काम गरिरहेकोले नआत्तिन अनुरोध पनि गरे। मन्त्रालयले प्रोगेशिभ इन्जिनियरिङ एशोसियसन नेपाल, नक्सा, सोच नेपाल, कोड फर कोर इनोभेसन, आइटी म्याप्ससँग समन्वय गरेर वेब एम्लिकेशन तयार पारेको हो ।

तत्कालका लागि covid19.mohp.gov.np बाट मोबाइलमा एप्स डाउनलोड गरी हेर्न सिकनेछ। एमओएचपी नेपाल कोभिड (MoHP NEPAL COVID-19) मा गएर भाइबर कम्युनिटीमा जोडिन सकिन्छ।

वेवसाइटमा हव अस्पताल, कोभिड-१९ लक्षित अस्पताल र क्वारेन्टाइनको लोकेशन र अवस्थासहितको जानकारी पाइने छ। त्यस्तै आइसोलेसन बेडहरूको जानकारी समेत सबैले जहाँसुकैबाट हेर्न सक्नेछन। यसबाट कोरोनाको लक्षणहरू आफैँले मूल्यांकन गर्न समेत सकिने छ भने मूल्यांकनको नतिजा तत्कालै हेर्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय