कोरोना कहर : स्पेनकी राजकुमारी मारियाको निधन
कोरोना भाइरसकाे संक्रमणबाट स्पेनकी एक राजकीय सदस्यको निधन भएको छ। स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको कोरोना भाइरसकै कारण निधन भएको हो।
स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य टेरेसाकाे निधन भएकाे पुष्टि शनिबार युवराज सिक्टस हेनरीले गरेका हुन्।
समाचार एजेन्सीहरुका अनुसार युवराज्ञीका कुनै सन्तान छैनन्। भतिजाभतिजीको आश्रयमा रहँदै आएकी टेरेसा गत सातादेखि गम्भीर रहेकी थिइन्।
बेलायती राजकुमार चार्ल्ससहित उच्च पदस्थ अधिकारीहरुलाई पनि काेराेनाकाे संक्रमण भएकाे छ। स्पेनमा ७३ हजार २ सय ३५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।
स्पेनमा काेभिड १९ कै कारण आइतबार बिहानसम्ममा ५ हजार ९ सय ८२ जनाले ज्यान गुमाएका छन्।