सुदूरपश्चिम सरकारले ४० करोडको कोष स्थापना गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथामका लागि ४० करोडको कोष स्थापना गर्ने निर्णय गरेको छ।

शनिबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले प्रदेश सरकारको ४० करोड बजेट रहने गरी कोरोना भाइरस जोखिम नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले कोरोना भाइरसको सम्भावित विरामीको नमूना परिक्षणका लागि प्रदेशका ३ ठाउँमा ल्याब स्थापना गर्ने निर्णण गरेको छ। बैठकको निर्णय अनुसार सेती प्रादेशिक अस्पतालमा ल्याव स्थापना गरिने र बैतडी र डोटीमा ल्याब स्थापनाको प्रक्रिया अगाडी बढाइने छ।

यस्ता छन् सुदुरपश्चिम प्रदेश सरकार निर्णय :

१. कोरोना भाइरसको जोखिम नियन्त्रण , उपचार तथा ब्यबस्थापन कोषमा ४० करोड राख्ने।

२. अति गरिब तथा मजदुर वर्गलाई संघीय सरकारसँग समन्वय गरी राहत प्याकेजको घोषणा गर्ने।

३. सेति प्रादेशिक अस्पताललाई कोरोना उपचार अस्पतालको रुपमा प्रयोग गर्ने।

४. प्रदेशको आपुर्ती ब्यवस्था, शान्ती सुरक्षा अति आवश्यक बन्दोबस्तको लागि बिसयगत मन्त्रालयको नेतृत्वमा कार्य अगाडि बढाउने।

५. सेति प्रादेशिक अस्पताल धनगढी, डोटी अस्पताल र बैतडी अस्पतालमा कोरोना परीक्षणसहितको ल्याबको ब्यवस्था गर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय