डाक्टर एन्थनी फसी : कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकी ‘सेनापति’

कोरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाको एउटा प्रमुख अनुहार हुन् डाक्टर एन्थनी फसी। कोरोना भाइरसविरुद्धको उपचारको आविष्कारमा तल्लिन उनी यस रोगबारे फैलाइएको (कहिलेकाहीँ अमेरिकी सरकारद्धारा पनि) झुठा हल्ला तथा अफवाहरुविरुद्ध पनि उनी नै लडिरहेका छन्।

स्वास्थ्य अनुसन्धानकर्ताको रुपमा पछिल्लो पाँच दशकमा एन्थनी फसीले कयौंपटक आफ्नै पुत्ला जलाएको देखेका छन्। प्रदर्शनकारीहरुले आफ्नो नाम अगाडी हत्याराको संज्ञा जोडेको सुनेका छन् र कति पटक उनको कार्यालयअघि आन्दोलनकारीले फालेको बमको धुँवामा निसास्सिएका छन्।

तर यी सबैभन्दा माथि उनी सम्पूर्ण अमेरिका तथा विश्वभरि नै चर्चित अनि सम्माननीय चिकित्सक पनि हुन्। जसको सहानुभूती र शान्त स्वभावका कारण अमेरिकाले आजसम्म जनस्वास्थ्यको क्षेत्रमा आएका विभिन्न संकटहरुको सामना गर्न ‘असम्भव कदमहरु’ चाल्न सफल भएको छ ।

सन् १९८० को दशकमा एचआइभी/एड्सको महामारीको समयमा अमेरिकाको नेशनल इन्स्टिट्युट्सको इम्युनोलोजी (मानिसमा प्रतिरोधात्मक प्रणालीसम्बन्धी स्वास्थ्य अध्ययनको शाखा) प्रमुख भएका ७९ वर्षे डाक्टर फसीले त्यसअघि अघि विवाद र द्वन्द्व झेल्न थालिसकेका थिए ।

अहिले आएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ को प्रकोपबिरुद्ध युद्धस्तरमा लागेको घोषणा गरिरहँदा उनै डाक्टर फसी फेरि एक पटक अग्रपंक्तिमा देखिएका छन् ।

औषधी पसलेका छोरा

सन् १९४० को क्रिसमस इभमा न्यूयोर्क ब्रुकलीनस्थित एक इटाली आप्रवासी परिवारमा फसीकोे जन्म भएको थियो । उनको बुबाले औषधीको स्टोर सञ्चालन गरेका थिए जसमार्फत उनले कलिलै उमेरदेखि मानिसहरुको घर–घरमा औषधी पु-याउने काम गर्दथे ।
कलेज अफ द होली क्रसबाट सन् १९६२ मा बिएस्सी सकेका फसीले त्यसको चार वर्षपछि कर्नेल यूनिभर्सीटी मेडिकल कलेजबाट एमडीको डिग्री हासिल गरेका थिए।

रोचक कुरा त के भने अध्ययनको लागि खर्च जुटाउनका लागि उनले अन्डरग्रेजुयटको रुपमा आफू अध्ययनरत मेडिकल कलेजको पुस्तकालय भवन निर्माणको लागि गृष्मकाकालिन बिदाको समयमा मजदूरीसमेत गरेका थिए ।

न्यूयोर्क हस्पिटल – कर्नेल मेडिकल सेन्टरबाट आफ्नो परिक्षणकाल (इन्टर्नशिप) सम्पन्न गरी सन् १९६८ मा नेशनल इन्स्टिट्युट अफ हेल्थमा क्लिनीकल एसोसियटको रुपमा ब्यवसायिक करियर सुरु गरेका फसीले त्यसको केहि दशकपछि आफ्नै करियरमा अनौठो एवं कठिन मोडको सामना गर्नपर्‍याे।

जुन ५, १९८१ मा फसीको टेबलमा एउटा उजुरीपत्र आइपुग्यो जसमा एक जना हठ्ठाकठ््ठा बिरामीको अनौठो तरिकाले मृत्यु भएको (जुन क्यान्सर लागेको बिरामीको लागि सामान्य कुरा हो) मा उनलाई दोष लगाइएको थियो । त्यस लगत्तै २६ जना समलिगींहरुको मृत्युको घटनामा पनि उनको नाम मुछिएको थियो।

‘ति पत्रहरु पढेको म राम्रोसँग सम्झन्छु’,उनले पछि प्रतिक्रिया दिएका थिए, ‘मेरो मेडिकल करियरमै पहिलो पटक जिउमा काँडा उम्रिएको त्यो पहिलो पटक थियो । उत्सुकताको कारण मैले सो आरोपलाई तत्कालै अस्विकार गरिनँ । तर त्यहाँ केहि ठूलै चिज थियो । कुनै किसिमको शूक्ष्म जिवाणु जसले यौनद्धारा संक्रमित रोगजस्तो काम गरेको थियो।’

चिकित्सक अनि ‘हत्यारा’

एक चिकित्सकको रुपमा एचआइभी भाइरसले मानिसको शरीरको प्रतिरोधी क्षमतालाई कसरी ध्वस्त गर्छ भन्नेसम्बन्धी अनुसन्धानको श्रेय डाक्टर फसीको मानिसको प्रतिरोधी प्रणालीको नियमनसम्बन्धी कार्यलाई जान्छ । उनले एड्सको उपचारको लागि तयार गरिएको एण्टिरेक्ट्रोभाइरल औषधी जिडवडिनको क्लिनीकल ट्रायल (स्वास्थ्यजन्य परिक्षण) को नेतृत्व समेत गरेका थिए ।

तर सन् १९८० को दशकमा एड्सको महामारीले अमेरिकालाई अक्रान्त गरेसँगै उनी तत्कालिन अमेरिकी राष्ट्रपती रोनाल्ड रेगन प्रशासनको मौन प्रतिकृया र नयाँ औषधीमाथिको मानिसको पहुँचको कमीको उत्पन्न जनआक्रोशको शिकार हुनपुगे ।

यसैको परिणामस्वरुप प्रदर्शनकारीहरुले विभिन्न सरकारी कार्यालय भवनहरु बाहिर ‘डाक्टर फसी तिमीले हामीलाई मारिरहेका छौ’ लेखिएको साइनबोर्ड टाँस्नुका साथै अधिकारकर्मीहरुले टिभी कार्यक्रमहरुमा उनको खुलेर आलोचनासमेत गरे ।

नाट्य लेखक तथा समलिगीं अधिकारको वकालत गर्ने अधिकारर्मी ल्यारी क्रामरले त आफ्नो नाटकमा डाक्टर फासीको चरित्रलाई खलनायको रुपमा नै प्रस्तुत गरिन् ।

‘नेशनल इन्स्टिच्यूट अफ हेल्थ’को झ्यालबाट बाहिर हेर्दा तल चौरमा मानिसहरुले मतिर बम फालेको अझंै सम्झन्छु’ सन् २०११ को एउटा अन्तर्वार्तामा उनले आफ्नो बिगत खोलेका छन्, ‘प्रदर्शनकारीहरुलाई प्रहरीले गिरफ्तार गर्न खोज्दा मैले उनीहरुलाई मेरो कार्यालयमा ल्याउनुस् ताकि म उनीहरुसँग कुरा गर्न सकुँ भनेको थिएँ।’

एड्स प्रभावित व्यक्तिप्रति देखाएको सहानुभूती एवं सदासयताप्रति डाक्टर फसीको उच्च मूल्यांकन हुने गरेको छ। नयाँ औषधीको मानवमाथि हुने परिक्षणसम्बन्धी नीतिलाई फुकुवा गराएको विशेष श्रेय उनैलाई जान्छ।

द न्यूयोर्क टाइम्सले ‘सरकारको प्रमुख एड्स सेलिब्रेटी’ भनेर सम्बोधन गरेको डाक्टर फसीलाई अमेरिकी सरकारले सन् २००८ मा नागरिकलाई दिइने सबैभन्दा सर्वोच्च सम्मान ‘द प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’बाट विभूषित गरेको थियो ।

सन् १९८४ मा नेशनल इन्स्टिट्युट अफ हेल्थको एलर्जी एण्ड इन्फेक्सस् डिजिज डिभिजनको निर्देशकको जिम्मेवारी सम्भालेका उनी हालसम्म सोही पदमा रहेर कार्यरत छन् ।

नयाँ महामारी

डाक्टर फसीले नेतृत्व गरेको अनुसन्धान विभागले हालसम्म एड्सदेखि इबोला र दमसम्मको अध्ययनअनुसन्धान सञ्चालन गरिरहेको छ । अहिलेसम्म अमेरिकाको छ जना राष्ट्रपतिसँग काम गरिसकेका उनले जर्ज बब्लु बुसको यूएस गभर्नमेण्ट एड्स इनिसियटिभ इन अफ्रिकाको स्थापना गर्न सहयोग गरेका थिए भने हाल उनै फसी ट्रम्प प्रशासनअन्तर्गत अमेरिकी सरकारको कोभिड–१९ सम्बन्धी एक्स्प्लेनर इन चिफको भूमिका निर्वाह गरिरहेका छन्।

यसको अर्थ उनी नै ह्वाइट हाउसले कोभिड–१९ सम्बन्धी आयोजना गर्ने अन्तरक्रिया तथा पत्रकार सम्मेलनको सबैभन्दा बढी देखिने, सुनिने र विश्वसनीय पात्र हुन् भन्ने हो ।

यसै तप्कामा रहेर उनले कोभिड–१९ सम्बन्धी जानकारी संप्रेषण गर्ने, यस भाइरससम्बन्धी विज्ञानको ब्याख्या गर्ने र कहिले त राष्ट्रपति ट्रम्पको स्वास्थ्यसम्बन्धी घोषणालाई सच्याउनेसम्मको कार्य गरिरहेका हुन्छन् ।

‘कोरोना भाइरसबिरुद्धको भ्याक्सिन तयार हुन अझै डेढ वर्षजति लाग्नसक्छ’ राष्ट्रपति ट्रम्पको ‘छिट्टै नै औषधी पत्ता लाग्ने’ दाबीसहितको घोषणालाई गलत तुल्याउने खालको तीतो यथार्थ उनले हालसालै सार्वजनिक गरेका छन्।

आफूलाई चुनौती गर्ने मानिसलाई खासै नरुचाउने ट्रम्पले पनि डाक्टर फसीको उच्च मूल्यंकन गरेका छन् । उनका अनुसार डाक्टर फसी ‘प्रमुख टेलिभिजन स्टार’ हुन् ।

त्यसो त राष्ट्रपति ट्रम्पको दाबीको बिपरीत आएको फसीको भनाइलाई कतिपयले उनको ह्वाइट हाउससँगको असमझदारीको रुपमा ब्याख्या गरेका छन्।

तर, पनि यी प्रसिद्ध चिकित्सकले भने साइन्स म्यागजिनसँगको एक अन्तर्वार्तामा आम जनतालाई सही सूचना दिने सवालमा आफूले सक्दो गरिरहेको टिप्पणी गरेका छन् । ‘म असम्भव कुरालाई सम्भव भनेर ढाँट्दिन’, उनले भनेका छन्।

अनुवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय