बिरामी लिँदैनन् झापाका अस्पताल

कोरोनाको बढ्दो त्रासदी र बन्दाबन्दीबीच झापाका केही अस्पतालले बिरामीलाई अस्पताल नै छिर्न दिएका छैनन्। अस्पताल पुगेका बिरामीलाई अस्पतालले आफ्ना गार्डहरु लगाएर बाहिर निकाल्ने गरेका छन्।

शुक्रबार बिर्तामोडको बिएण्डसी, मनमोहन, अञ्जली अस्पतालले बिरमीलाई अस्पताल भित्र छिर्न नदिएको बिर्तामोडका युवा पोषराज कटुवालले बताए। बिर्तामोड (११ का डेढ वर्षीय बालक अस्मिन भाररतीलाई लिएर परिवारसहित कटुवाल दिउँसो बिएण्डसी अस्पताल पुगेका थिए।

त्यसबेला सो अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं अस्पताल सरकारलाई दिन तयार रहेको बताइरहेका थिए। तर, गेटमा बाहिरका मानिस राखेर बिरामी फर्काइदै थियो।

‘अस्मिनलाई निरन्तर पखाला लागिरहेको थियो। वान्ता भइरहेको छ’ बालकका बुबा अजित भारतीले भने ‘हाम्रो कुरै सुनेनन्। गेटमा मान्छे लगाएर बाहिर निकालिदिए।’

अञ्जली अस्पतालमा सुरक्षागार्डले गेट अस्पतालमा कोही छैन भने तर भित्र भने नर्सहरु बसिरहेका थिए। त्यसपछि उनले अञ्जलीमा नभएपछि मनमोहन लगे। त्यहाँ

पुर्‍याउँदा बालकको डाक्टर नभएको भन्दै गार्डले बाहिरबाटै फर्काइदिए। मनमोहन पुग्दा पनि गार्डले भित्र छिर्नै दिएनन्। ‘अनि के गर्नु अहिले घरमै ल्याएर आएँ’ उनले भने।

केही दिन अघि लडेर इन्तुन चिन्तु भएका कनकाइ १ दुर्गापुरका चित्रबहादुर दर्जी उपचार अभावमा मृत्युसँग संघर्ष गरिरहेका छन्। लडेर टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि एम्बुलेन्समा शुक्रबार मेची अञ्चल अस्पताल पुर्या इएको थियो।

उनलाई त्यहाँ हेर्नै नमानी फर्काइएको चित्रबहादुरका छिमेकी कैलाश नेपालीले बताए। कैलाशले नै एम्बुलेन्सको छ सय रुपैयाँ भाडा तिरेर भद्रपुर लिएर गएका थिए।

मेची अञ्चल अस्पतालले फर्काएपछि चित्रबहादुरलाई नजिकैको ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। त्यहाँ पनि भित्र छिर्न नदिएपछि बिर्तामोडको बिएण्डसी लगिएको थियो ।

स्वास्थ्य बीमासमेत गरेका चित्रबहादुरलाई बिएण्डसीमा भित्र पस्न नदिइ सामान्य कागजमा केही लेखेर फर्काइ दिएको कैलाशले बताए । उनले भने- केही सुन्नै मानेनन्, बीमा गरेको बिरामीलाई हर्ने डाक्टर कोही छैन,लानुस् भन्दै फर्काए।

श्रीमानलाई अस्पताल लिएर गएकी देवी दर्जीले आफूलाई गरीब र पैसा नभएको भनेर हेपेको बताइन् । उनले भनिन् कहीँ लिन मानेनन्, मेरो बिजोग छ, दुस्ख भयो, गाउँलेले कति गरुन्, अस्पतालले जबर्जस्त निकालिदियो। उनले श्रीमानलाई घरमा ल्याएर राखेको बताइन् । चित्रबहादुर अहिले पनि अर्धबेहोस छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय