बिरामीको ‘स्वाब’ लिन गएको निगमको चिनियाँ जहाज नेपालगन्जमा दुर्घटना

हेल्थपाेस्ट/काठमाडाैं
प्रकाशित
२०७६ चैत १५ गते १२:४५

कारोना भाइरस संक्रमण परीक्षण गर्नका लागि बिरामीको ‘स्वाब’ लिन काठमाडौंबाट नेपालगन्ज गएको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको छ।

आज शनिबार बिहान ११ः४५ बजे नेपालगन्जको राँझा विमानस्थलमा निगमको १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको जहाज दुर्घटनामा परेको हो। जहाजमा चालकदलसहित पाँचजना सवार थिए।

‘नेपालगन्ज विमानस्थल धावनमार्गमा अवतरण गर्नुपर्ने जहाज थ्रेसहोल्ड (अवतरण गर्दा सुरुमा जहाजले टेक्ने ठाउँ) बाट ४० मिटर दक्षिणपट्टि पुगेर अवतरण गर्दा दुर्घटनामा परेको छ,’

‘नेपालगन्ज विमानस्थल धावनमार्गमा अवतरण गर्नुपर्ने जहाज थ्रेसहोल्ड (अवतरण गर्दा सुरुमा जहाजले टेक्ने ठाउँ) बाट ४० मिटर दक्षिणपट्टि पुगेर अवतरण गर्दा दुर्घटनामा परेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलेलले शनिबार हेल्थपोस्ट नेपालसँग भने, ‘जहाजमा सामान्य क्षति पुगेको छ भने चालकदलसहित सबै पाँचजना सकुशल छन्।’

प्राधिकरणका अनुसार दर्ता नम्बर ‘९एन–एकेयु’ भएको उक्त चिनियाँ जहाजलाई वरिष्ठ क्याप्टेन कुलबहादर (केबी) लिम्बुले उडाएका थिए। उनी निगमका पूर्वमहाप्रबन्धक समेत हुन्। उनले विगतमा १ सय ९० सिट क्षमतायुक्त ‘बोइङ७५७–२००’ सिरिजको जहाज दुई दशकभन्दा बढी उडाइसकेका छन्।
दुर्घटनापछि जहाज ‘ग्राउन्डेड’ गरिएको छ। अब निगमको अर्को जहाज गएर बिरामीको स्वाब लिएर आउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय