३० हजार किलो स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी साढे १२ बजे ग्वान्झाओ उड्दै

कोरोना भाइरस महामारीबाट बच्ने आवश्यक सामग्री लिन नेपाल वायुसेवा निगमको वाइड बडी जहाज अहिले मध्याह्न साढे १२ बजे चीनको ग्वान्झाओ जाँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजनमा ३० टन (३० हजार किलो) स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक निगमको २ सय ७८ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको एकथान वाइड बडी जहाज मध्याह्न साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने छ।

‘स्वास्थ्य सामग्री लिन चालकदलका आठ सदस्यसहित हाम्रो वाइड बडी जहाज १२ः३० बजे काठमाडौंबाट ग्वान्झाओ उड्ने छ,’ निगमका अपरेसन डाइरेक्टर क्याप्टेन दीपु जुहार्चनले शनिबार हेल्थपोस्ट नेपालसँग भने, ‘हाम्रो जहाज आज राति साढे १० बजे काठमाडौं फर्किने तालिका छ।’

‘स्वास्थ्य सामग्री लिन चालकदलका आठ सदस्यसहित हाम्रो वाइड बडी जहाज १२ः३० बजे काठमाडौंबाट ग्वान्झाओ उड्ने छ,’ निगमका अपरेसन डाइरेक्टर क्याप्टेन दीपु जुहार्चनले शनिबार हेल्थपोस्ट नेपालसँग भने, ‘हाम्रो जहाज आज राति साढे १० बजे काठमाडौं फर्किने तालिका छ।’

उनका अनुसार स्वास्थ्य सामग्री लिन जाने वाइड बडी जहाजलाई विदेशी क्याप्टेनहरूले कमान्ड गर्नेछन् भने नेपाली कोपाइलट साथमा हुनेछन्। यताबाट जाँदा चारजना र उताबाट फर्किंदा बाँकी चारजनाले जहाज उडाएर ल्याउनेछन्।

त्रिभुवन विमानस्थलबाट १२ः३० बजे उड्ने जहाज ग्वान्झाओको स्थानीय समयअनुसार साँझ ६ः५५ बजे उता अवतरण गर्ने जुहार्चनले जानकारी दिए।

‘३० टन स्वास्थ्य सामग्री जहाजमा लोड गर्न दुई घन्टा लाग्छ र उताको स्थानीय समयअनुसार राति ८ः५५ बजे जहाज उड्छ,’ अपरेसन डाइरेक्टर जुहार्चनले भने, ‘उताबाट उडेको जहाज त्रिभुवन विमानस्थलमा राति १०ः३० बजे अवतरण गर्ने छ।’

स्वास्थ्य मन्त्रालयले निगमको जहाजमार्फत चीनबाट ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ (पिपिई), टेस्ट किट, मास्कलगायत स्वास्थ्य सामग्री ३० टनबराबर ल्याउन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय