कोरोना विश्वमहामारी : इटालीमा मृत्यु बढ्दै, अमेरिकामा संक्रमित हुने एक लाख बढी

कोरोना भाइरस महामारी ९कोभिड १९० का कारण बितेको २४ घन्टामा अमेरिका स्पेन र इटालीमा २ हजारबढीको मृत्यु भएको छ।

कोरोना भाइरसको कारण शुक्रवार इटालीमा ९ सय १९, स्पेनमा ७ सय ६९ र अमेरिकामा ४ सय जनाले ज्यान गुमाएका छन्।

शुक्रबार मात्रै यी तिन देशमा मात्रै एकैदिनमा २ हजार ८८ जनाले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका छ्न।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान हो। तर अहिले चीनमा भने संक्रमण लगभग शून्यप्राय छ।

चीनपछि अहिले इटाली स्पेन र अमेरिकामा भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। भाइरसका कारण अहिलेसम्म इटालीमा ९ हजार १ सय ३४, स्पेनमा ५ हजार १ सय ३८, र अमेरिकामा १६ सय ९६ जनाको ज्यान गएको छ।

इटाली स्पेन र अमेरिकामा भाईरसका कारण मृत्यु हुनेको संख्या बढीमात्रै नभए संक्रमितको संख्या समेत उल्लेख्य मात्रामा बढेको छ। अमेरिकामा संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ भने इटालीमा ८६ हजार र स्पेनमा ६५ हजार ७ सय १९ जनामा संक्रमण देखिएको छ।

यसरी हेर्दा चीनको वुहानलाई इपिसेन्टर बनाएको कोरोना भाइरसले एक साता अघि इटालीलाई इपिसेन्टर बनाएको थियो भने स्पेनमा समेत तीव्ररुपमा फैलिइरहेको छ। भाइरसको महामारी हाल अमेरिकामा तीव्र रुपमा फैलिरहेको छ। कोरोना भाइरस संक्रमणको केन्द्रविन्दु अमेरिका बन्ने अधिकारीहरुले विश्लेषण गरिरहेका छन।

कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् भने मृत्यु इटालीमा भएको छ। शुक्रबारसम्म अमेरिकामा १ लाख ३ हजार ७ सय ९८ जनामा कोरोनाको संक्रमण देखिएको थियो, जसमध्ये १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ।

इटाली स्पेन लगायतका संसारका अधिकांश देश लकडाउन भएका छन्। कोरोना भाइरसको महामरीबाट मृत्यु हुने तथा संक्रमितको संख्या बढ्दै गएपछि स्पेन सरकारले स्वास्थ्य आपतकालको समय अप्रिल १२ सम्म बढाएको छ। विश्वभर कोरोना भाइरस ९कोभिड(१९०को संक्रमितको संख्या ६ लाख पुग्न लागेको छ। पछिल्लो तथ्याङ्कअनुसार विश्वका ५ लाख ९६ हजार २१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ।

यीमध्ये २७ हजार ३ सय ४१ जनाको मृत्यु भइसकेको छ। संक्रमित मध्ये १ लाख ३३ हजार ५७ जना बिरामी उपचार पश्चात निको भइ अस्पतालबाट घर फर्केका छन्। पछिल्लो तथ्याङ्कअनुसार अहिले ४ लाख ३५ हजार ६ सय २३ बिरामीहरु विश्वका विभिन्न देशका अस्पतालहरुमा उपचारत छन्। यीमध्ये ४ लाख १२ हजार १ सय ४ जनाको अवस्था सामान्य छ भने २३ हजार ५ सय १९ जनाको अवस्था गम्भीर रहेको छ।

कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् भने मृत्यु इटालीमा भएको छ। शुक्रबारसम्म अमेरिकामा १ लाख ३ हजार ७ सय ९८ जनामा कोरोनाको संक्रमण देखिएको थियो, जसमध्ये १ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ।

जर्मनीमा हालसम्म ५० हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पाइएको छ भने यीमध्ये ३ सय ५१ जनाको मृत्यु भइसकेको छ। फ्रान्साम कोरोना संक्रमितको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ, जसमध्ये १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ।

इटालीमा ८६ हजार ४ सय ९८ जनामा कोरोनाको संक्रमण देखिएकोमा ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ। चीनमा ८१ हजार ३ सय ९४ जनामा कोरोनाका संक्रमण भएको पाइएको छ। यीमध्ये ३ हजार २ सय ९५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा रहेका ६५ हजार ७ सय १९ कोरोना संक्रमित मध्ये ५ हजार १ सय ३८ जनाको मृत्यु भएको छ।

जर्मनीमा हालसम्म ५० हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पाइएको छ भने यीमध्ये ३ सय ५१ जनाको मृत्यु भइसकेको छ। फ्रान्साम कोरोना संक्रमितको संख्या ३२ हजार ९ सय ६४ पुगेको छ, जसमध्ये १ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ।

इरानमा रहेका ३२ हजार ३ सय ३२ कोरोना संक्रमित मध्ये २ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन्। बेलायतमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय ४३ पुगेको छ। यीमध्ये ७ सय ५९ जनाको मृत्यु भइसकेको छ। स्वीट्जरल्याण्डमा कोरोना संक्रमितको संख्या १२ हजार ९ सय २८ रहेको छ भने २ सय ३१ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय