कोरोना भाइरस जितेका १ सय १ वर्षीय इटालियन, जो स्पेनिस फ्लुको महामारीका बेला जन्मिएका थिए

हेल्थपोस्ट नेपाल

कोरोना भाइरसबाट संक्रमित भएका इटालीका १ सय १ वर्षीय एकजना मानिस निको भएका छन्। अस्पतालले उनलाई घर पठाइसकेको छ। यो भाइरसको भाइरसको संक्रमणबाट विश्वभर नै अधिकांश वृद्धहरुको मृत्यु दर बढी भइरहेको बेला यो समाचार अहिले विश्वभरि चर्चित भएको छ।

योसँगै अर्काे रोचक कुरा त के छ भने उनी जन्मिदा स्पेनिश फ्लूको महामारी चलिरहेको थियो। सन् १९१८ देखि जनवरीदेखिे यो महामारी १९२० डिसेम्बरसम्म फैलिएको थियो। यो महामारीका कारण विश्वभरि करिब ५० करोड मानिस संक्रमित भएका थिए भने करिब १ करोड ७०लाखदेखि ५ करोडसम्म मानिसको मृत्यु भएको अनुमान गरिन्छ।

ति व्यक्ति भने सन १९१९मा जन्मिएका थिए। इटालीको रिमिनी सहरकी उपमेयर ग्लोरिया लिसीका अनुसार निको भएपछि १०१ वर्षीय उनलाई अस्पतालले डिस्चार्ज गरेर घर पठाइसकेको छ।
उनको नाम भने खुलाइएको छैन। उपमेयर लिसीले भने उनलाई ‘मिस्टर पी’ मात्रै भनेर सम्बोधन गरेकी छिन्।

‘मिस्टर पीले यो भाइरसलाई जितेर हामी सबैको आशा फेरि एकपटक जगाइदिएका छन्’ उनले भनेकी छिन् ‘हरेक दिन दुःख र पीडापूर्ण समाचारहरु सुन्दै आएका हामीलाई मिस्टर पीले एउटा नयाँ आशा दिएका छन्, यो भाइरसलाई जितेका छन्।’

‘उनी निको भए। मिस्टर पी ठीक भइसके’ उनले भनेकी छिन् ‘उनले सबै कुरा देखे र भोगे पनि। मिस्टर पीले युद्ध भोगे, भोक, दर्द, प्रगती, दुर्गती अनि अहिलेको यो महमारीको अवस्था पनि।’

उपमेयर लिसीले महामारीसँग जुधिरहेका इटालियनका लागि यो एउटा नयाँ आशा भएको बताइन्।

‘मिस्टर पीले यो भाइरसलाई जितेर हामी सबैको आशा फेरि एकपटक जगाइदिएका छन्’ उनले भनेकी छिन् ‘हरेक दिन दुःख र पीडापूर्ण समाचारहरु सुन्दै आएका हामीलाई मिस्टर पीले एउटा नयाँ आशा दिएका छन्, यो भाइरसलाई जितेका छन्।’

काेराेना भाइरसकाे महामारीबाट सबैभन्दा धेरै मानिसकाे मृत्यु इटालीमा भइरहेकाे छ। यहाँ ९ हजार १ सय ३४ जनाकाे मृत्यु भइसकेकाे छ भने ८६ हजार ४ सय ९८ मानिस संक्रमित भएका छन्।

एजेन्सीहरुकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *