श्रीमती ‘पर सरेकी’ छिन् !

हेल्थपोस्ट नेपाल

चन्दा र मेरो विवाह भएको अर्को महिना १७ वर्ष पुग्छ। (विवाहको वर्षगाँठ मनाउने माहोल भने छैन।)

यो १७ वर्षको अवधिमा पहिलोपल्ट उनी ‘पर सरिन्’ । हाम्रो परिवारमा महिनावारी हुँदा कोही पनि महिलाले ‘पर सर्नु’ पर्दैन।

महिनावारी हुनु भनेको सामान्य प्रक्रिया हो, यसलाई हाम्रो परिवारमा कसैले पनि असामान्य बनाउन खोज्दैन। छोरीछोरी पनि त्यही मान्यताका साथ हुर्किदैंछन्।

छोरीलाई यही वर्ष स्कूलमा पहिलोपटक महिनावारी भएछ। स्कुलवाट फोन गरिन्। मसँग छोरी सकेसम्म नेपालीमा बोल्ने प्रयास गर्छिन्, भनिन्, ुबाबा खुन आयो।ु म झोलामा उनका कपडा र सेनेटरी सप्लाइज बोकेर स्कूल दौडिए।

आजकल पनि कहिलेकांही सेनेटरी लैजान बिर्सिन्छिन् र स्कुल दौडिरहनुपर्छ। छोरीको स्कूल चलिरहेको बेला मैले स्कूलको घण्टी वजाए भने फ्रन्ट डेस्कका कर्मचारीले बुझिहाल्छन् या त छोरीको कुनै अप्वाइन्मेट छ या त सेनेटरी सप्लाइज बोकेर म पुगेको छु।

छोरी कसरी बलेको भनेपछि उनले उल्टो सम्झाउँछिन्( ‘सरी बाबा तपाइलाई थाहा छ त, हामी महिलाको मुड महिनामा ३ (४ दिन अलि ठीक हुँदैन भनेर’। हो, छोरीको कुरामा सत्यता छ, धेरैले परिवारमा यो महसुस गर्नुभएको होला।

मैले श्रीमतीको कुरा गर्दागर्दै छोरीको प्रसंग किन निकालेको हो भने, छोरीहरुले घरघरमा महिनावारीको विषयमा खुलेर कुरा गर्ने वातावरण बनोस् । कहिलेकाहीँ छोरी अनायसै झर्किदिन्छिन्। छोरी कसरी बलेको भनेपछि उनले उल्टो सम्झाउँछिन्( ‘सरी बाबा तपाइलाई थाहा छ त, हामी महिलाको मुड महिनामा ३ (४ दिन अलि ठीक हुँदैन भनेर’। हो, छोरीको कुरामा सत्यता छ, धेरैले परिवारमा यो महसुस गर्नुभएको होला।

म अव प्रसंगमा नै फर्कन चाहन्छु । एक हप्ता अगाडि मलाई मध्यरातमा चन्दाको फोन आयो। उनले भनिन्( भोलि बिहान म घर आइपुग्दा सम्ममा वेसमेन्टको कोठा मिलाइदिनु। भोलिदेखि म छुट्टै बस्छु। मैले परिस्थिति बुझिसकेको थिएँ। किन कोरोना भाइरस संक्रमित धेरै विरामी आएका छन् रु मैले निद्रामा नै सोधे। हो, उनले संक्षिप्तमा भनिन्( ‘मेरो युनिटमा सबै कोरोना संक्रमित विरामीहरु छन्’ ।

भोलिपल्ट बिहान घर आउँदा उनी सधैंझै आफ्नो ड्रेस लगाएर आइनन्। कपडा खोलेर डिक्कीमा हालेकी रहिछिन्। जुत्ता घर बहिर नै खोलिन् । कुकुर लुटपुटिन नजाओस् भनेर मैले पहिला नै समाइसकेको थिए। छोराछोरीलाई आमासँग अंकमाल गर्न नजान पहिला नै सचेत गराइसकेको थिएँ। उनीसँग घरका हरेक सदस्यको ६ फिटको दुरी कायम भयो।

सोझै वाथरुममा गएर नुहाएर आइन्। मध्य रातसम्म मेरा हातखुट्टा काँपिरहेका थिए, ढाडबाट पसिना बगिरहेको थियो, उनले कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्दाको अनुभूति ६ फिट टाढैबाट सुनाइन्, मैल मेरो कर्तव्य भुल्नु हुँदैनथ्यो, त्यसैले काँपेका हातखुट्टा र डराएको मनलाई नियन्त्रण गरेँ।

यो उनको नर्सं भएर काम गर्दाको पहिलो त्रासदीपूर्ण रात थियो।

उनलाई काम गर्नका लागि त्यो दिन कुनै सहयोगी समेत दिइएको थिएन।
कोरोना भाइरसको उपचारमा सम्भव नभएसम्म नर्सहरुलाई सहयोगी नदिने धेरै अस्पतालहरुले नीति लिएका छन् किनकी एक त व्यक्तिगत सुरक्षा सामग्री ९पिपिए० थोरै प्रयोग होस र अर्को संक्रमित व्यक्तिहरुसँग सकेसम्म दक्ष नर्सहरुले मात्रै सम्पर्क गरुन् र संक्रमण बाहिर नआओस्।

‘यतिवेला सबैले सकेसम्म संयमता अपनाइदिनुहोस् ताकि तपाइहरुलाई संक्रमण भएर वा अन्य रोग लागेर अस्पताल पुग्नु नपरोस्, विरामी भएमा अस्पताल गइ हालिन्छ नि भन्ने मान्यता नराख्नुहोस्, अस्पतालहरु फुल (भरिइसकेका)भइसकेका छन्।

कोरोना संक्रमितहरुको उपचारमा खटिएको भोलिपल्ट उनी फेसबुक लाइभ आइन्। लाइभमा उनले नर्सहरुले उपचारमा अपनाउनुपर्ने सजगता र घरमा बसिरहेका मानिसहरुले गर्नुपर्ने सहयोगको बारेमा चर्चा गरेकी थिइन्।

उनले भनेकी थिइन् – ‘यतिवेला सबैले सकेसम्म संयमता अपनाइदिनुहोस् ताकि तपाइहरुलाई संक्रमण भएर वा अन्य रोग लागेर अस्पताल पुग्नु नपरोस्, विरामी भएमा अस्पताल गइ हालिन्छ नि भन्ने मान्यता नराख्नुहोस्, अस्पतालहरु फुल (भरिइसकेका)भइसकेका छन्।

उनले अन्य रोग लागेर अस्पताल जाँदा अस्पतालबाट पनि कोरोना संक्रमण सर्ने हुँदा सामान्य विराममा अस्पताल नजान र सकेसम्म घरेलु उपचार खोज्न सुझाव दिएकी थिइन्। लाइभमा जाँदा समेत उनको अनुहारमा त्रास थियो, बोली कामेकै थियो। डर हुनु पनि स्वभाविक थियो किनकी कोरोना भाइरसका रोगीलाई स्वास्थ सेवा दिइरहेका चिकित्सक र नर्सहरु लगातार आफै संक्रमित भएर मरिरहेका छन्।

अर्को दिनदेखि उनी अलि कम डराइन्। सायद मृत्युको डरलाई कर्तव्यवोधले जितिसकेको थियो।

हप्तामा तीन दिन काम गर्नुपर्ने स्क्याजुल पुरा भएपछि उनी तीन दिनदेखि घरमा बसेकी छिन् तर ‘पर सरेकी’ छिन्।

उनी वेसमेन्टको कोठामा छिन्, म तेस्रो तल्लामा छु। बेलाबेलामा उनी लवीमा आउँछिन्, आउनु भन्दा पहिला नै फोन गर्छिन्, छोराछोरीलाई माथिल्लो तल्लामा जान अह्राउँछिन्। कुकुरलाई समाइदिन वा गराजमा थुनिदिन भन्छिन्। घरभित्र कि त टाढावाट बोल्नुपर्ने अवस्था छ, सकेसम्म त फोन वा म्यासेन्जरमा कुरा हुन्छ।

अमेरिका दिनदिनै त्रासदीपूर्ण बाटोमा अगाडि बढिरहेको छ। कोरोना भाइरसवाट संक्रमित हुनेहरुको सवैभन्दा अग्रसुचिमा अहिले अमिरिका छ। धेरै अस्पताल अगाडि आजकल शववाहनको लस्कर देख्न सकिन्छ। संक्रमणको आशंका भएकाहरु त १४ दिने क्वारेन्टाइन सकेर नियमित जिन्दगीमा फर्कन्छन्। तर बिरामीको सेवामा भएका स्वास्थ्यकर्मीहरुको यो ‘सेल्फ आइसोलेसन’ कहिले सकिएलारु चिकित्सकहरुलाई मेरो कार्यक्षेत्र सुरक्षित भन्ने कहिले महसुस होलारु मेरी पत्नी ‘पर’ बाट कहिले ‘वर’ आउन पाउलिन्?



Leave a Reply

Your email address will not be published. Required fields are marked *