सरकारको कोरोना उपचार कोषमा हिमालयन बैंकको १ करोड २५ लाख

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हिमालयन बैंकले १ करोड २५ लाख रुपैयाँ दिने घोषणा गरेको छ।

‘जनता प्रतिको आफ्नो दायित्वलाई मनन गर्दै हिमालयन बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारबाट स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु‍. १ करोड २५ लाख प्रदान गर्ने निर्णय गरेको छ’ बैंकका तर्फबाट प्रेस तथा पब्लिक रिलेशन अफिसर सितल कोइरालाले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय